निर्वाचन आयोगले 'हेड काउन्ट' गर्ने भएपछी जसपाको महन्थ-राजेन्द्र पक्ष संकटमा

काठमाडौं - निर्वाचन आयोगले 'हेड काउन्ट' गर्ने भएपछी जसपाको महन्थ-राजेन्द्र पक्ष संकटमा पर्ने देखिएको छ। आयोगले जनता समाजवादी पार्टी (जसपा) को पार्टी आधिकारिकता विषयमा फैसला गर्नुअघि ११ साउन ११ बजे यादव पक्ष र महन्थ ठाकुर पक्षका सबै कार्यकारीलाई नागरिकतासहित सशरिर उपस्थित हुन निर्देशन दिएको छ। कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको बहुमत छ। जसपा विधानले कार्यकारिणी समितिलाई सर्वाधिकार बनाएको छ। ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये रेशम चौधरी जेलमा छन्। बाँकीमध्ये यादव पक्षमा ३२ जना कार्यकरिणी सदस्य छन्। यादव पक्षमा कार्यकारिणी समितिका ६४ प्रतिशत सदस्य रहेकाले ठाकुर पक्षले आधिकारिकता ...


पार्टी नेताहरुलाई गरिएको कारबाही निष्प्रभावी : प्रवक्ता ज्ञवाली

काठमाडौं - नेकपा एमालेको केपी शर्मा ओली पक्षले माधवकुमार नेपाल पक्षलाई गरेको कारबाही निष्प्रभावी भएको छ। बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले आफूलाई पुनः केन्द्रीय कमिटीमा रुपान्तरित गरेपछि त्यो कारबाही निष्प्रभावी भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए। ‘२०७८ वैशाख १२ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठक र जेठ १० गते बसेको स्थायी कमिटीको सातौं बैठकले पार्टीका कतिपय नेता तथा कार्यकर्तामाथि कारबाही गरिएको अवस्था थियो। महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरित गर्ने यो फैसलासँगै त्यो कारबाही निष्प्रभावी भएको छ। अब त्यो कारबाहीको कुनै ...


एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, दशौं महाधिवेशन आयोजक कमिटी खारेज

काठमाडौं- नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले स्थायी कमिटीलाई ब्युँत्याएको छ। सर्वोच्च अदालतको जेठ २७ गतेको आदेशले महाधिवेशन आयोजक कमिटीमाथि प्रश्न उठेपछि बुधबार बालुवाटारमा बसेको सो कमिटीको अन्तिम बैठकले आफूलाई पुनः केन्द्रीय कमिटीमा रुपान्तरित गरेको हो। बैठकले तत्कालीन एमालेमा नरहेका तर नेकपा गठन गर्दा थपिएका स्थायी कमिटी सदस्यलाई अहिले पनि स्थायी कमिटीमै राखिएको छ। जुन जेठ ३ गतेको अवस्था हो। यसरी थपिनेमा रामबहादुर थापा बादल, वेदुराम भुसाल, रघुवीर महासेठ लगायत छन्। तत्कालीन एमालेको स्थायी कमिटीमा नभएता पनि रघुजी पन्त, वेदुराम भुसाल, विष्णु रिमाल र रघुवीर महासेठलाई ...


महाधिवेशन भदौमै हुन्छ, म पूर्ण प्रतिवद्ध छु : देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन भदाैमै हुने आश्वस्त पारेका छन्। बुधबार एक वक्तव्य जारी गर्दै उनले यसमा आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन्। देउवाले पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने उल्लेख समेत गरेका छन्। क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुपर्ने भएकाले यसका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम भइरहेको स्मरण गरेका छन्। महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने देउवाको भनाइ छ। बरु ...


आफ्नै भूमिका बारे समिक्षा गदै राजनीतिक दल
स्थानीय सरकार अस्पताल संचालन गर्न असफल भएको निष्कर्ष

दिवाकर पोख्रेल देउखुरी, जेठ । दाङ देउखुरीमा राजनीतिक दलहरुले महामारीको समयमा पनि आफुहरुको भूमिका सन्तोष जनक नरहेको भन्दै आत्म समिक्षा गर्न थालेका छन् । कोभिड १९ ले थलाथला पारेको समयमा आपसमा आरोप प्रत्यारोपमा लागेर आफ्ना मतदाता जनता बचाउने प्रयासमा लाग्न नसकेको निष्कर्ष निकाल्दै दलहरुले विपक्तीको समयमा एक साझा उदेश्यका साथ सबैसंग समन्वय गर्दै अघि बढ्ने निर्णय गरेका छन् । विपतको लामो समय सम्म रानीतिक दलहरुले आफ्नो भूमिका प्रभवकारी रुप्मा देखाउन नसकेको भन्दै सर्बसाधरणबाट आलोचना हुन थालेपछि राजनीतिक दलहरुले आफ्नो भूमिका बढाउन पहल थालेका छन् । नेपाली ...


जनमत पार्टीको अध्यक्षमा सिके राउत

काठमाडौं - जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्वाचित भएका छन्। जनकपुरमा गत शनिबार सुरु भएको प्रथम महाधिवेशनले राउतलाई अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्षमा राउतको मात्रै उम्मेदवारी परेको थियो। तैपनि मतदान गरिएको थियो। ४ हजार ५ सय प्रतिनिधिहरुले मत खसालेकोमा राउतले २३०२ मत पाएका थिए। उनी यसअघि पनि सो पार्टीका अध्यक्ष थिए। त्यस्तै, बढीमा सात जना निर्वाचित हुनसक्ने उपाध्यक्ष पदमा चार जनाले मात्रै उम्मेदवारी दिएका थिए। जसमा, मो. अब्दुल खान, बसन्त कुमार कुशवाहा, दीपककुमार साह र नरेन्द्र प्रसाद चौधरी निर्वाचित भएका छन्। महासचिवमा चन्दनकुमार सिंह निर्वाचित भएका छन्। सो ...


माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ। सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइसकेपछि मंगलबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकतापूर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले बताए। त्यसैगरी राष्ट्रिय सभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको उनले जानकारी दिए। बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामाको माग समेत गरेको उनको भनाइ छ। ‘प्रतिनिधि सभा विघटनको ...


नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ देखि

काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ देखि बस्ने भएको छ। नामको विवादसम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले माओवादी केन्द्रसँगको एकता तोडिदिए पछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो। बैठकमा यसअघिका विवाददेखि आगामी राणनीतिबारे केन्द्रीय नेताले आफ्नो धारणा प्रस्तुत गर्नेछन्। बैठकले पार्टीको आगामी रणनीतिसँगै अन्य विविध विषयमा एकीकृत धारणा बनाउने बताइएको छ। साथै, बैठकले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गर्ने तयारी गरेका नेताको विषयमा समेत निर्णय गर्ने एक नेताले बताए। पार्टीमा उठेका पछिल्ला गुनासा तथा सरकारको कामकारबाहीबारे समेत बैठकले साझा धारणा बनाउनेछ। ...


नेकपा औपचारिक रुपमा खारेज, एमाले र माओवादी पुरानै अवस्थामा

काठमाडौं - निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज गरेको छ। मंगलबार बसेको आयोगको पदाधिकारी बैठकले नेकपा खारेज गर्दै ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काएको हो। सर्वाेच्चको फैसला अनुसार आयोगले नेकपालाई खारेज गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। https://drive.google.com/file/d/1rjpgAQYOJxsyARoE6eMjYUMfo9fIds02/view ...


सिके राउत नेतृत्वको जनमत पार्टीले चैत २८ र २९ मा महाधिवेशन गर्ने

काठमाडाैं - सिके राउत नेतृत्वको जनमत पार्टीले चैत २८ र २९ गते प्रथम महाधिवेशन गर्ने भएकाे छ। पार्टीका अध्यक्ष सीके राउतले एक विज्ञप्ती जारी गर्दै जनकपुरको बाह्विघा मैदानमा प्रथम महाधिवशन गर्न लागेको जानकारी दिएका हुन्। महाधिवेशनलाई भव्यताका साथ सफल पार्न आवश्यक सहयोगका लागि पार्टीका सम्पूर्ण सदस्य तथा आम जनसमुदायसँग अपिल गरेका छन्। राउतले आर्थिक सहयोगका लागि पार्टीका नाममा रहेको आधिकारिक बैंक खाता समेत सार्वजनिक गरेका छन्। महाधिवेशनमा देशका विभिन्न भागबाट करिब ५ सय प्रतिनिधि, २५ हजार स्वयंसेवक तथा विदेशबाट अतिथिको समेत सहभागिता रहने जनाइएको छ।





ट्रेन्डिङ


अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। सामाजिक सञ्जालमा मंगलबार बिहान एक विज्ञप्ति सार्वजनिक गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट

उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याइयो

काठमाडौं - कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा बढिरहँदा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्ला प्रशासनका प्रमुखहरुको बैठकले साउन २७ गते

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री पम्फा भुसाललाई

साढे ७ करोड राजस्व छली गरेको अभियोगमा मोबाइल व्यवसायी विरुद्ध मुद्दा

काठमाडौं - मोबाइलजन्य वस्तुको अवैध कारोबार गरी राजस्व छली गर्ने एक जना व्यवसायीविरुद्ध मुद्दा दर्ता भएको छ। राजस्व अनुसन्धान विभागले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ स्थायीवासी एभरेष्ट

लुम्बिनीका मुख्यमन्त्री पोखरेल विरूद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। मंगलबार प्रदेश सभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी

निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दल खारेज (सूचीसहित)

काठमाडौं - निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ। मंगलबार एक सूचना जारी गर्दै आयोगले ४१ वटा राजनीतिक दलहरुको दर्ता खारेज भएको