पोखरा - आहा रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई टाइब्रेकरमा ४–० गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । यसअघि निर्धारित र थपिएको ३० मिनेटको खेल बराबरीमा टुंगिएको थियो । ...
काठमाडौं - थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपाल र बंगलादेशबीच खेल सुरु भएको छ। दशरथ रंगशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको हो। नेपालले ४-५-१ को फर्मेसनमा खेल्न लागेको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कीर्गिस्तानको यु-२३ टिमसँग खेलेको सुरुवाती एघार नै बंगलादेशविरुद्धको खेलमा पनि मैदानमा उतारेका छन्। कप्तान किरण चेम्जोङसँगै रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, रविशंकर पासवान, अन्जन विष्ट र अभिषेक रिजाल छन्। नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्जोक राई र त्रिदेव गुरुङले डेब्यु गरेका छन्। ...
काठमाडौं - म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रुमलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको हो। सिटीको जितमा इल्के गुन्डगनले दुई गोल गर्दा जोआओ क्यानसेलो, रियाद महरेज र रहिम स्टर्लिङले गोल गरे। खेलको पहिलो हाफसम्म चार गोल गरेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको छैटौं मिनेटमा नै गुन्डगनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता बनाएका थिए। २० औं मिनेटमा क्यानसेलोले गोल गर्दै सिटीलाई २–० गोलको अग्रता ...
काठमाडौं - जारी सिजनमा निकै खराब प्रदर्शन गरिरहेको आर्सनलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। आर्सनलको जितमा निकोलस पेपे, बुकायो साका र एलेक्सन्ड्रे लेकाजेटले गोल गरे। साउह्याम्पटनका स्टुआर्ट अर्मस्ट्रङले गोल गरे। खेलको तेस्रो मिनेटमा नै स्टुआर्टले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए। साउथह्याम्पटनको यो अग्रता धेरै बेर टिक्न सकेन। खेलको आठौं मिनेटमा नै पेपेले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरी दिलाए। खेलको ३९ औं मिनेटमा साकाले गोल गर्दा आर्सनलले पहिलो हाफसम्म २–१ गोलको अग्रता लियो। ७२ औं ...
काठमाडौं - इंग्लिस चेल्सीको मुख्य प्रशिक्षकमा थोमस टुचेल नियुक्त भएका छन्। चेल्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्वप्रशिक्षक टुचेललाई नियुक्त गरेको हो। चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको एक दिनपछि टुचेललाई १८ महिनाको लागि नियुक्त गरेको हो। तर चेल्सीले सम्झौता बढाउन सक्ने समेत उल्लेख गरेको छ। लाम्पार्डलाई पनि चेल्सीले नियुक्त गरेको १८ महिनामा हटाएको थियो। टुचेललाई नियुक्ती गरेसँगै चेल्सीले २००३ पछि ११ औं प्रशिक्षक फेरेको छ। मुख्य प्रशिक्षकमा नियुक्त भएका टुचेलले लाम्पार्डप्रति आफ्नो सधैं सम्मान रहँने भन्दै चेल्सीको प्रशिक्षक बन्दा निकै उत्साहित भएको बताएका छन्। पिएसजीलाई दुई ...
काठमाडौं - बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले स्पानिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा दश खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो । बिल्बाओका लागस ओस्कार डे मार्कोस, असियर भिलालिब्रे र एनाकी विलियम्सले गोल गरे । बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रिजमनले गरे । बिल्बाओले दुई पटक पछि परेर पनि उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई ...
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा टि–१० क्रिकेट लिग खेल्ने भएका छन्। बुधबार राति भएको ड्राफ्टबाट तीन फरक टिमले सोमपाल, करण र कुशललाई अनुबन्धित गरेका हुन्। सोमपाललाई मराठा अरेवियन्सले अनुबन्धित गर्दा पुने डेभिल्सले करणलाई र कुशललाई टिम अबुधाबीले अनुबन्धित गरेका हुन्। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा सोमपालको यो दोस्रो पटक हो। यसअघि सोमपालले ग्लोबल टि–२० क्यानाडा लिग खेलेका थिए। करण र कुशल भने अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा पहिलो पटक अनुबन्धित भएका हुन्। नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट ...
काठमाडौं - फुटबल जगतका बादशाह डिएगो म्याराडोनाको बिहीबार निधन भएको छ। अर्जेन्टिनाका राष्ट्रिय टिमका पूर्व मिडफिल्डर तथा म्यानेजर म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएकाे बिबिसीले जनाएकाे छ। केही दिनअघि मात्र उनको ब्रेन ब्लड क्लटको सर्जरी गरिएको थियो। त्यसपछि उनको अल्कोहल डिपेन्डेन्सीको उपचार भइरहेको बताइएको थियो। म्याराडोनाको कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो। ४ सिजनको विश्वकप खेलेका म्याराडोनाले अर्जेन्टिनाका तर्फबाट ३४ गोल गरेका थिए। उनले विश्वकपका ९१ खेल खेलेका थिए। म्याराडोनाले बार्सिलोना र नापोली क्लबका लागि पनि खेलेका थिए। सन् १९९१ मा लागुपदार्थ सेवन गरेको भन्दै ...
काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलो पटक फाइनलमा प्रवेश गरेको दिल्ली क्यापिटल्स मंगलबार राति (आज) मुम्बई इन्डियन्ससँग फाइनल उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ। जारी आइपिएलमा दिल्ली कमजोर टिम नभए पनि मुम्बईसँग लगातार तीन खेलमा पराजित भएको छ। प्ले अफको पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो। तर दिल्ली पनि दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै फाइनलमा उपाधिका लागि मुम्बईसँगको भेट पक्का गरेको हो। जारी आइपिएलमा दिल्ली यस्तो टिम हो, जुन दुई सय रन माथिको लक्ष्य तोड्न पनि सक्छ। नराम्ररी पराजित ...
काठमाडौं - दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा पुगेको छ। आइतबार राति भएको प्लेअफको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो। दिल्लीले इतिहास रच्दै पहिलो पटक फाइनल प्रवेश गरेको हो। अब आइपिएलको उपाधिको लागि दिल्लीले मंगलबार राति साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ। १९० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो। हैदरावादका लागि केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गरे। उनले ४५ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ...