जितेन्द्र राजोपाध्यायको निर्देशनमा ‘विदेश जाने मायालु’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

चलचित्र निर्देशक जितेन्द्र राजोपाध्यायको निर्देशनमा ‘विदेश जाने मायालु’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । कुमार लामा योञ्जनको संगीत तथा स्वर रहेको गीतको शब्द प्रकाश तामांगले लेखेका हुन्  कुमार लामा योञ्जन र आरिया बस्नेतको अभिनय रहेको भिडियोको छायांकन तथा सम्पादन निर्देशक राजोपाध्यायले नै गरेका हुन् । भिडियोको छायांकन स्वयम्भु र सिन्धुलीको खुर्कोटमा गरिएको हो । https://youtu.be/czzmipmkBLQ ...


पोखरामा गुरुङ चलचित्र 'फिच्यो' को 'उत्साहजनक ओपनिङ्ग', दर्शकले हल खचाखच !

पोखरा - बिकास गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र 'फिच्यो' अर्थात 'कान्छी छोरी'को पोखरामा 'ग्र्याण्ड ओपनिङ्ग' भएको छ । पोखराको बाराही चलचित्र मन्दिरमा गरिएको 'ओपनिङ्ग सो' मा दर्शकले खचाखच हल भरिएको थियो । रेड ओसियन ईन्टरटेन्मेन्टले निर्माण गरेको गुरुङ समुदाय भित्रको कथा बोकेको चलचित्रलाइ निर्देशक स्वयंले लेखेका हुन् । पोखराबाट चलचित्रको प्रदर्शनी थालेको युनिटले क्रमसः देश तथा बिदेशमा गर्दै जानेछ । गुरुङ समुदायको रितिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको चलचित्रलाई नेपाल र विश्व भरि छरिएर रहेका नेपाली समुदाय बिच क्रमशः प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको मुख्य ...


गुरुङ चलचित्र ''फिच्यो''को ट्रेलर सार्वजनिक, पहिलो 'सो' चैत्र १ गते पोखरामा !

काठमाडौँ - बिकास घले गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र ''फिच्यो'' अर्थात ''कान्छी छोरी'' को ट्रेलर सार्वजनिक भएको छ । रेड ओसियन ईन्टरटेन्मेन्टले निर्माण गरेको गुरुङ समुदाय भित्रको कथा बोकेको चलचित्रको ट्रेलर युट्युबमा सार्वजनिक भएको हो । चलचित्रको मुख्य भूमिकामा विश्वास गुरूङ, ईन्द्र घले(काशी)का अलावा टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ , पेम्बा छिरिड० सेर्पा, सिर्जना गुरुङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् । युनिटले चलचित्रको प्रदर्शनी पोखराबाट थालनी गर्दैछ । ''फिच्यो''को पहिलो प्रिमियर सो यहि चैत्र १ गते ...


नाटक 'सेतो कपाल' समिक्षा : यौन मनोविज्ञान र रंगकर्मिको पिडा
समिक्षक : दामोदर पौडेल, प्रधान सम्पादक, दुनियाँखबर डटकम

दामोदर पौडेल, काठमाडौँ - एउटा रंगकर्मीले आफ्नो जीवनमा भोग्ने रहर, अभाव तथा मनोदशालाई समेटेर तयार पारिएको नाटक ‘सेतो कपाल’ शुक्रबारदेखि रातोपुलस्थित शैली थिएटरमा पुनः मञ्चन सुरु गरिएको छ । झन्डै एक दशकअघि रंगकर्मी विजय विष्फोटको लेखन तथा निर्देशनमा नाटकघर गुरुकुलमा सफल रूपमा मञ्चन गरिएको ‘सेतो कपाल’ अहिले पुनः मञ्चन गरिएको हो । नाटकलाई शैली थिएटर र रंग सारथीले संयुक्त रुपमा प्रस्तुत गरेका हुन् । यौन मनोविज्ञानले मनमा डेरा जमाएको नाटकको मुख्य पात्र कुमार अग्निलाई आफ्नो फुलेको सेतो कपाल पट्टकै मन पर्दैन । भर्खरका ठिटीहरुले अङ्कल भनेको ...


अमेरिकी आइडलमा नेपालका दिवेश, प्रसंशा गर्दै जजले यस्तो ट्वीट गरे !

काठमाडौं - पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका नेपाली युवा दिवेश पोखरेल अमेरिकी सिङगिङ रियालिटी शो ‘अमेरिकी आइडल’ को १८औं सिजनका लागि छनौट भए। आइडलको अडिसन राउण्डमा सहभागी भएका उनले दोस्रो चरणमा छनौट भइसके। छनौट चरणमा नेपालको काठमाडौंबाट आएको भन्दै २ गीत गाएका उनको प्रस्तुतिबारे जजहरुले जस्तो प्रतिक्रिया देखाए त्यसले अमेरिकी आइडलमा थप अगाडि बढ्नसक्ने देखायो । अर्थर गन उपनाम राखेका उनको प्रस्तुतिपछि जज केटी पेरी, लुका ब्रायन र र लियोनल रिचीले टुइटनै गरेर उनको प्रशंसा गरेका छन्। तीनै जनाले उनी प्रतिभावान कलाकार भएको भन्दै प्रशंसा मात्रै गरेका ...


सिद्धार्थ शुक्लाले जिते बिग बोसको उपाधि

एजेन्सी - करिब साढे ४ महिनासम्म चलेको यस चर्चित र विवादास्पद रियालिटी शोको फाइनलमा ६ प्रतियोगी पुगेका थिए। जसमा शुक्लासहित आसिम रियाज, शहनाज गिल, रश्मी देसाई, आरती सिंह र पारस छाबडा थिए। ग्रान्ड फिनालेमा सबैभन्दा पारस छाबडा बाहिरिएका थिए। उनले १० लाख पुरस्कार लिए। त्यसपछि जनताको मतका आधारमा आरती सिंह, रश्मी देसाई, शहनाज गिल उपाधिको दौडबाट बाहिरिएका थिए। अन्तिममा सिद्धार्थ शुक्ला र आसिम रियाजबीच प्रतिस्पर्धा भएको थियो। जस मध्ये सिद्धार्थ शुक्लाले जिते बिग बोसको उपाधि जित्न सफल भए । गत सेप्टेम्बरमा सुरु भएको बिगबोसको ग्रान्ड फिनाले शनिबार भएको ...


दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले जित्यो यो वर्षको 'ओस्कार'

एजेन्सी - दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ यसवर्षको ओस्कारमा उत्कृष्ट फिल्म बन्न सफल भएको छ। कुनै पनि गैरअंग्रेजी फिल्मले ओस्कारमा उत्कृष्ट फिल्मको पुरस्कार जितेको यो पहिलोपटक हो। २ भिन्न वर्गका २ परिवारको कथामा आधारित यो फिल्मलाई बोङ जुन होले निर्देशन गरेका हुन्। फिल्मका निर्माता क्वाक सिन आइले पुरस्कार लिएपछि भने, ‘म शब्दविहीन भएको छु, हामीले यस्तो हुन्छ भनेर कल्पनासम्म पनि गरेका थिएनौं, यस क्षणलाई म इतिहासकै विशेष अवसरको रुपमा महसुस गरेको छु।’ यस वर्षको ओस्कारमा प्यारासाइटले उत्कृष्ट फिल्मसहित ४ विधा हात पारेको छ। प्यारासाइटका निर्देशक बोङ जुन हो ...


१५ वर्षपछि ब्राड पिट र जेनिफरको पुनर्मिलन, एन्जेलिना भन्छिन - मलाई वास्ता छैन’

एजेन्सी - सेग अवार्ड कार्यक्रमको ब्याक स्टेजमा जब हलिउड नायक ब्राड पिट र उनको पूर्व श्रीमती जेनिफर अनिस्टनले हात समातेको तस्विर सार्वजनिक भयो मिडिया पिटकी अर्की पूर्व श्रीमती एन्जेलिना जोलीको प्रतिकृयाको खोजीमा लागे । सन् २००५ मा डिभोर्स भएपछि जेनिफर र ब्राड सँगै देखिएका थिएनन्। जेनिफरसँगको डिभोर्सपछि ब्राडकाे जीवनमा एन्जेलिनाको प्रवेश भयो । तर सन् २०१६ मा एन्जेलिना र ब्राडबीच डिभोर्स प्रकृया अगाडि बढ्यो। कानुनी रुपमा दुबै छुट्टिइसकेका थिएनन्। तर क्यालोफोर्नियाको कानुन अनुसार यी दुवैले आफू एक्लै रहेको घोषणा गरेर छुट्टाछुट्टै बस्न थालेका थिए । एन्जेलिनासँग छुट्टिएको तीन ...


निर्देशक समाजको अध्यक्षमा रक्षा सिंह राणा, यस्तो बन्यो नयाँ कार्यसमिति !

काठमाडौं - निर्देशक समाजमा रक्षा सिंह राणाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। उपाध्यक्षमा राजु अधिकारी र राजेन्द्र उप्रेती, महासचिवमा जनकदीप पराजुली, सचिवमा अरुणकुमार प्रधान निर्वाचित भएका छन्। कोषाध्यक्षमा समुन्द्र भट्ट, सहकोषाध्यक्षमा हरि सिलवाल र सदस्यमा किशोर भण्डारी निर्विरोध निर्वाचित भएका हुन्। अन्य सदस्यमा भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल, थमन सिंह पुर्जा र सुरेश न्यौपाने निर्वाचित भएका छन्। ...


मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनी एन सिंलाई

एजेन्सी - जमैकाले यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जितेको छ। जमैकाका लागि टोनी एन सिंले सो उपाधि जितेकी हुन्। शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा आफ्नो स्थान सुनिश्चित गरेकी हुन्। दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन्। मिस वर्ल्ड २०१८- भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन्। नेपालकी मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ ...






ट्रेन्डिङ