काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपिओ छिटोमा माघ ६ गतेसम्म निष्काशन गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए दोस्रो चरणमा माघ १६ गतेसम्म निष्काशन गर्ने तयारी गरेको छ। बैंकले ८ करोड कित्तामध्ये कर्मचारीका लागि एक लाख ६० हजार कित्ता सुरक्षित गरेको छ। त्यस्तै म्युचुअल फण्डहरुलाई ५ प्रतिशत अर्थात् ४० लाख कित्ता बिक्री गरिसकेको छ। कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने ...
काठमाडौं - भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् । ...
काठमाडौं - अर्को बैंकको एटिमएमबाट पैसा झिक्दा पैसा लाग्ने भएको छ। राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वेदशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा मासिक दुईवटा कारोबारसम्म निःशुल्क गर्न सकिनेगरी व्यवस्था गरेको छ। दुईवटा भन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रतिकारोबार बढिमा २० रुपैयाँसम्म शुल्क लिन सक्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले माघ एक गतेदेखि लागि हुने गरि यस्तो व्यवस्था गरेको हो। यस अगाडि एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वेदशभित्रै अर्को बैंक ...
काठमाडौं - चन्द्रागिरि हिल्सले आज शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारण समूहका लागि छुट्याएको १५ लाख ३४ हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको १३ लाख ९६ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले कर्मचारीका लागि ६१ हजार ३६४ कित्ता र सामूहिक लगानी कोष म्युचुअल फण्डका लागि ७६ हजार ७०५ कित्ता सुरक्षित गरेको छ। कम्पनीको प्राथमिक सेयरमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। कम्पनीले छिटोमा पुस २८ गतेसम्म र पहिलो चरणमा ...
काठमाडौं - नेपाल राष्ट्र बैंकले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा अंकित एक र दुई रुपैयाँको सिक्का छाप्नका लागि बल्ल बोलकबोलका लागि आवश्यक प्रकृया अगाडि बढाएको छ। गत भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले एक र दुई रुपैयाँको सिक्का टकमरी गरी चलन चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको थियो। प्रचलनमा ल्याइने सिक्काको मेटेरियल अहिले चलन चल्तिमा भएका सिक्काकै जस्तो हुनेछ। यस सिक्कामा लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा थप हुनेछ। एक रुपैयाँको सिक्का ३० करोड वटा र दुई रुपैयाँको दरका १० करोड वटा छाप्ने तयारी भएको नेपाल राष्ट्र ...
काठमाडौं - आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०७६/०७७ मा धेरै कर तिर्ने करदतालाई सम्मान गरेको छ। विभागले विभिन्न क्षेत्रमा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको हो। मंसिर १ गते कर दिवस मनाएर करदातालाई सम्मान गर्ने प्रचलन रहेकोमा यसपटक तिहारको बिदा परेकाले आइतबार सम्मान गरिएको हो। विभागका अनुसार व्यक्तिगत आयकरतर्फ विजयबहादुर शाह सम्मानित भएका छन्। लामो समयसम्म सिद्धार्थ राणाले यो सम्मान पाउँदै आएकोमा यसपटक शाले राणालाई उछिनेका हुन्। जाउलाखेल, हिमालयनलगायतका डिस्टिलरीका सञ्चालक उनी गत आर्थिक वर्षमा सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्नेमा पहिलो नम्बरमा परेका हुन्। विभागका अनुसार ...
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म)को अवधिमा कूल वस्तु आयात १० प्रतिशतले घटेको छ। यो अवधिमा १० प्रतिशतले नै वस्तु निर्यात बढेको भन्सार विभागले जनाएको छ। विभागको तथ्यांकअनुसार आर्थिक वर्षको पहिलो ४ महिना अवधिमा ४ खर्ब २ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। जुन गत वर्षको यही अवधिमा ४ खर्ब ५० अर्ब रूपैयाँ बराबरको थियो। त्यसैगरी यो अवधिमा ४० अर्ब २० करोड रूपैयाँको वस्तु नेपालबाट बाहिर निर्यात भएको छ। गत आर्थिक वर्षको यही अवधिमा कूल ३६ अर्ब २७ करोड रूपैयाँ बराबरको वस्तु निर्यात ...
काठमाडौं - गत आर्थिक वर्ष २०७६/०७७ मा कूल सरकारी खर्चको १.०४ प्रतिशत बेरुजु देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक लेखापरीक्षणअनुसार गत वर्ष १० खर्ब ९३ अर्ब रूपैयाँमध्ये ११ अर्ब ३९ करोड रूपैयाँ बेरुजु देखिएको हो। कार्यालयका अनुसार सबैभन्दा धेरै स्थानीय तहमा बेरुजु देखिएको छ। स्थानीय तहमा ४ अर्ब २२ करोड रूपैयाँ बेरुजु रहेको पाइएको हो। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १ अर्ब ८४ करोड रूपैयाँ, स्वास्थ्य मन्त्रालयमा ५२ करोड २ लाख, रक्षा मन्त्रालयमा ९८ करोड ९० लाख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ६० करोड रूपैयाँ ...
काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैंकहरु कात्तिक ७ गतेदेखि ११ गतेसम्म बन्द हुने भएका छन्। दसैँ बिदामा बैंकहरु खुला रहँदै आएकोमा यस वर्ष भने बन्द हुने बैंकर्स संघले जानकारी दिएको छ। विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा ३७ सयभन्दा धेरै बैंकका कर्मचारीमा संक्रमण देखिएको संघले जनाएको छ। कोरोना भाइरसको संक्रमणबाट बच्न धेरैभन्दा धेरै कममात्रै बैंकिङ कारोबारका लागि शाखा कार्यालयमा जान संघले सुझाएको छ। बैंकमा नोटबाट पनि संक्रमणको जोखिम उच्च हुने भएकाले डिजिटल कारोबारका लागि बैंकहरुले अनुरोध गर्दै आएका छन्। संघले सम्पूर्ण ग्राहकहरुलाई घरबाटै कारोबार ...
काठमाडौं - सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। दुबै बैंकले शनिवार मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने गरी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका तर्फबाट ...