घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको हो। कम्पनीले यसअघि नै विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्ने अनुमति पाइसकेको थियो। कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवर्द्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रयोजनार्थ हकप्रद निष्काशन गर्न ...


सातामा करिब ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेको छ। गत साता १९९०.५९ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९२ प्रतिशत अर्थात ५८.१४ अंक घटेर १९३२.४५ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स २.६५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६९ प्रतिशत घटेको छ। यस साता नेप्सेको दैनिक ...


भदौ १९ गतेदेखि आईपीओ निष्काशन गर्दै भिजन लुम्बिनी उर्जा

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयरका लागि कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ...


माथिल्लो तामाकोशीको एक अर्ब ५८ करोड बराबरको आईपीओ आउंदै

काठमाडौं - अप्पर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आईपीओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ । बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत शेयर बिक्री गर्नेछ । आयोजनाका अनुसार स्थानीयवासीले एक अर्ब पाँच करोड ९० लाखबराबरको एक करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउनेछन् । यस्तै आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री ...


शेयर बजारमा दोहोरो अंकले ओरालो

काठमाडौं - शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३५७ बिन्दुमा आइपुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०६ बिन्दुले कमी आई २८७.०६ बिन्दुमा आइपुगेको छ । कूल १५९ कम्पनीको १३ लाख ३८ हजार ७३७ कित्ता शेयर रु ६३ करोड ८४ लाख ४३ हजार ३६३ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । स्टकका अनुसार बैंकिङ २१.४२, होटल ४७.०९, विकास बैंक ३४.७५, जलविद्युत् ४६.६८, फाइनान्स ११.६१, बीमा २३१.१२, उत्पादन ३७.४१, ...


शेयर बजारमा गिरावट कायमै

काठमाडौं - शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । आइतबार ५० अंकले बढेको बजार आज भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०७ बिन्दुले ओरालो लागेर २९८.०४ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज कूल १७० कम्पनीको ३१ लाख १४ हजार ६१८ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८१५ मूल्यमा कारोवार भएको हो । स्टकका अनुसार सबै परिसूचक ओरालो लाग्दा बजार प्रभावित भएको ...





ट्रेन्डिङ