क्युबाली नेता राउल क्यास्ट्रोद्वारा पद त्यागको घोषणा, युवालाई नेतृत्व सुम्पिने

काठमाडौं - क्युबा कम्युनिस्ट पार्टीका नेता राउल क्यास्ट्रोले पार्टी महासचिव पदबाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै क्युबामा क्यास्ट्रो परिवारको ६० वर्ष लामो शासन सकिएको छ । शुक्रबारबाट सुरु पार्टीको चारदिने सम्मेलनपछि पद त्याग्ने राहुल क्यास्ट्रोले बताएका छन् । सम्मेलनलाई सम्बोधनको क्रममा ८९ वर्षीय राहुल क्यास्ट्रोले आफूले युवालाई नेतृत्व सुम्पिन लागेको बताएका छन् । ‘मैले पूरै लगन र साम्राज्यवादी भावना विपरीत युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दैछु,’ उनले भनेका छन् । सन् १९५९ को क्रान्तिपछि क्युबामा क्यास्ट्रो शासन सुरु भएको थियो । क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रो ...


सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने कानुन ल्याइंदै

काठमाडौं- सामाजिक सञ्जालमा विकृति फैलिएको ठहर गर्दै सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०७७ ल्याउने भएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका सञ्चार तथा सूचना प्रविधि एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने, ‘पछिल्लो दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा प्रवृत्ति मौलाउँदै गएको छ। सम्मानित संस्थाप्रति उत्तेजक अभिव्यक्ति आएको र त्यसलाई केही जिम्मेवार सञ्चारमाध्यमले समेत प्रसारण गरेको पाइएको छ।’ प्रतिनिधि सभा विघटनपछिको विरोध प्रर्दशनमा राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा आएका अभिव्यक्तिप्रति सरकारले आपत्ति जनाउँदै आएको छ। संविधानले पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको प्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै ...


नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधानबारे थप कुरा !

लामो समयको द्वन्द्वपछि द्वन्द्वको स्थायी समाधानको दस्तावेज स्वरुप राष्ट्रिय सहमतिमै नेपालको वर्तमान संविधान बनेको हो र त्यो संविधान समाजवाद उन्मुख भनिएको पनि छ ! अझ त्यस अघि नै सबैजसो दलका घोषणा पत्र, विधान र पारित प्रतिवेदनहरुमा सबैको लक्ष पनि समाजवाद नै रहिआएको छ ! तर विडम्बना ती कागजमै सिमित हुने अनि व्यवहारमा भने उही पुरानो मक्किएको र नेपालमा बारबार असफल भै देस अस्थीरता, अराजकता, अन्यौल र अकर्मण्यतामा फसेर विदेसी शोषण र हस्तक्षेपको सिकार बनाउँदै गरिबी, भोकमरी र पछौटेपनको आहालमा डुब्ने स्थिति बनेको छ । यसैको पछिल्लो ...


होशियार ! लिम्पियाधुरा बेच्न-साट्न पाइन्न !!

माघ १ र २ गते दिल्लीमा नेपाल-भारत संयुक्त आयोगको परराष्ट्र मन्त्रीस्तरीय छैठौं बैठक बस्दै छ ! उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा एउटा जम्बो टोली भारत गएको छ ! उक्त बैठकमा नेपाल-भारत सम्बन्धका विविध आयामहरुबारे दर्जनौ विषयमा छ्लफल हुने भनिएको छ । बाहिर भनिएका विषयहरुमध्ये नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतद्वारा अतिक्रमित सीमाभूमिलाई फिर्ता गर्ने, इपीजीको प्रतिवेदन बुझ्ने र सो अनुसार गर्न जोडदिने, १९५० को सन्धी पुनरावलोकन गर्ने, कोरोनाको खोप उपलब्ध गर्ने, पंचेश्वर आयोजना कार्यान्वयन अघि बढाउनेलगायतका एजेन्डालाई मुख्य बताउन खोजिएको ...


महासंकटको अर्थ र  पृष्ठभूमि : नारायण शर्मा

पछिल्लो आम निर्वाचनपछी बनेको नेकपाको ओली नेतृत्वको दुई तिहाईको बलियो र स्थायी सरकारबाट देसको संक्रमण र संकटग्रस्त कालको अन्त्य भएको विश्वास गरिएको थियो । यसङ्गै देसमा स्थायित्व, सुव्यवस्था, सुशासन, समृद्धी र विकासको अपेक्षा पनि गरिएको थियो तर वली नेतृत्वको सरकारले आफ्नो दुईतिहाई नजिकको संसदलाई असमयमै हठात् र बलात् भङ्ग गरेसँगै आफ्नै पार्टीमा समेत फुट आएको छ ! तत्पश्चात् देसका प्रतिगमनकारी र यथास्थितिवादी शक्तिहरु मात्र होइन, वैदेसिक प्रतिकृयावादीहरु समेत आआफ्ना स्वार्थ पूरा गर्न-गराउनको लागि आआफ्नो न्वारानदेखिको बल लगाएर चलखेल गरिरहेका छन् ! यो अवस्था ...


सन्दर्भ माओ दिवस :

लेखक नारायण शर्मा नेकपाका नेता हुन्। आज डिसेम्बर २६, कमरेड माओत्सेतुङको जन्मदिन ! चिनियाँ आकाशमा एक लाल सूर्य उदाएको दिन ! त्यसैले सर्वप्रथमत:, यो दिनमा म यी लाल सूर्यको हार्दिक स्मरण र दर्शन गरी स्वागत, श्रद्धा र सलामी गर्न चाहन्छु ! द्वितीयत:, उहाँले गर्नु भएका चिनियाँ नयाँ जनवादी क्रान्ती र महान् सर्वहारा सांस्कृतिक क्रान्तीलगायतका महान् क्रान्तिहरुको मूल्य र महत्ता एवं औचित्य र आवश्यकताको मर्मबोध गर्न चाहन्छु ! तृतीयत:, माओले आफ्नो ...


विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

एजेन्सी - विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेको छ। कूल संक्रमितमध्ये दुई करोड ४६ लाख ३९ हजार निको भएका छन् भने करिब ७६ लाख ७० हजार सक्रिय संक्रमित छन्। विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने ...


सलमान खानलाई अदालतमा उपस्थित हुन आदेश

एजेन्सी - कालो हरिण शिकार मामिलामा सलमान खानलाई जिल्ला एवं सत्र न्यायालय जोधपुरले २८ सेप्टेम्बरमा उपस्थित हुन आदेश दिएको छ । सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन सकेन तसर्थ सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको छ । अब २८ सेप्टेम्बरमा जोधपुर अदालतमा सलमान पेश हुनुपर्नेछ । यस्तोमा सलमान उपस्थित हुनेछन् वा हाजिरी माफीको अपिल गर्नेछन्, त्यो भने स्पष्ट छैन । अक्टोबर सन् १९९८ मा जोधपुरमा फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान ...


विद्युत प्राधिकरणको आम्दानीमा छलाङ्ग,  ११ अर्ब मुनाफा गर्दै पहिलो नम्बरमा

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ५ करोड रुपैयाँ मुनाफा कमाएको छ। २०७५/७६ मा ९ अर्ब ८१ करोड प्राधिकरणले यो वर्ष ११ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेर सबै भन्दा बढी आर्जन गर्ने सार्वजनिक संस्थानको रुपमा दरिएको छ। केहि वर्ष अघिसम्म झुर आन्तरिक ब्यबस्थापन रहेको प्राधिकरण एकातिर सधै घाटामा जान्थ्यो भने अर्को तिर जनताहरु हिउँदमा १८ घण्टासम्मको लोड सेडिङ्ग खेप्न बाध्य थिए। चरम निरासाको अवस्था रहेको प्राधिकरणलाई कुलमान घिसिङ्ग कार्यकारी निर्देशक बनेर आएयता कायापलट नै गरिदिए। निकै छोटो समयमै एकातिर उनले ...


अमेरिकामा कोरोना खोपको अन्तिम परीक्षण सुरु

एजेन्सी - अमेरिकामा कोरोना खोपको अन्तिम परीक्षण सुरु भएको छ । कोरोना भाइरस विरुद्धको खोप निर्माणमा संसारकै सबैभन्दा ठुलो मानिएको अन्तिम परीक्षण सोमबार सुरु भएको हो । उक्त परीक्षणमा ३० हजार व्यक्तिहरुलाई सामेल गराइएको छ । संसारभर अहिले कोरोना भाइरसविरुद्धको खोपका विषयमा अध्ययन अनुसन्धान जारी छ । संसारमा थुप्रै देशमा चरणबद्ध रुपमा खोप परीक्षण भैरहेका छन् । त्यसमध्ये अमेरिका पनि यो दौडमा रहेको छ, जहाँ खोपको अन्तिम परीक्षण सुरु भएको छ । यद्यपि, अमेरिकाको राष्ट्रिय स्वास्थ्य तथा आधुनिक इन्ष्टिच्युटले निर्माण गरिरहेको उक्त खोपले कोरोना विरुद्ध साँच्चिकै ...





ट्रेन्डिङ