वैद्यको निष्कर्ष : प्रचण्ड ढुलमुले, बाबुराम विजातीय र विप्लवको गति नै गलत

प्यूठान - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्धमा सँगसँगै संघर्ष गरेका सारथी ढुलमुले, विजातीय र अस्पष्ट कार्यदिशा लिएर हिँडेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी .(क्रान्तिकारी माओवादी) जिल्ला कमिटी प्यूठानले बुधबार नयाँ बजार जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव ‘किरण’ले नयाँ जनवादी क्रान्तिसंगै जनताको राज्यसत्ता निर्माणको लागि दश वर्षे जनयुद्धमा लागेका नेताहरु प्रतिवद्धता भुलेर अलमलमा परेको बताएका हुन्। जनयुद्धको नेतृत्व गरेका प्रचण्ड कहिले पुँजावादी जस्तो त कहिले कम्युनिष्ट जस्तो भनेर ढुलमुल गर्ने, बाबुराम भट्टराई कम्युनिष्ट विचार त्यागेर विजातीय बन्ने र विप्लवले अस्पष्ट ...


कुसुण्डा कसरी यताको समाजमा बिलिन भए ? ज्ञानीमैया कुसुन्डाको भोगाई अनि यात्रा यस्तो छ !

कुसुन्डा भाषा जान्ने दुईजनामध्ये एक हुन् दाङकी ज्ञानीमैया कुसुन्डा । ज्ञानीमैैया जंगलमै जन्मिइन्, जीवनको एक दशक जंगलमै बिताइन् । अहिले उनलाई एउटै चिन्ताले सताएको छ– आफूपछि कुसुन्डा भाषा कसले बोल्ला ! उनीसँग कुसुन्डा जीवनबारे गरिएको वार्ताः म जन्मेको अर्घाखाँची या गुल्मीतिरको कुनै घना जंगलतिर हुनुपर्छ । ठ्याक्कै थाहा भएन । त्यस ठाउँलाई बल्कोट भन्ने गरेको धमिलो सम्झना छ । अहिले त बूढी भएँ, कसरी सम्झन सक्छु र ? कुसुन्डा जाति सेन ठकुरी हुन् । हामीसँगै जंगलमा बस्ने राउटे हाम्रा रैती हुन् अनि हामी उनीहरूका राजा । राम्रोसँग खान–लाउन पनि पुग्दैनथ्यो । तर पनि हामी ...


दुई पुस्ताबीचको सम्बन्ध !

समाजमा प्रायः नयाँ र पुराना, किशोर-युवा र प्रौढ-बृद्ध, कनिष्ठ र वरिष्ठ वा जेठा र कान्छा अथवा ठुला र साना अर्थात् अघिल्ला र पछिल्ला दुईथरी पिंढी वा पक्षहरु बीचमा विवाद, संघर्ष वा अन्तर्विरोधहरु हुन्छन् ! ती अन्तर्विरोधहरु दुवै पक्षका स्वाभाविक अन्तर्विरोधी चरित्रका कारण उत्पन्न भएका हुनाले तिनमा केही मात्रामा एकले अर्कालाई विरोध, अवरोध र प्रतिरोध गर्दै निषेध गर्नेसम्मको चिन्तन र चरित्रको रुपमा विकास भएको पनि पाइन्छ । अघिल्लो पुस्ताले आफूले "मेरा साना दुखले आर्ज्याको मुलुक होइन" भनेझैं गरी वर्तमान स्थितिसम्म ल्याइपुर्याउनमा आफ्नो वा आफ्नो पुस्ताको मात्र भूमिका, ...


श्राद्धको अर्थ र औचित्यबारे केही कुरा  : नारायण शर्मा

"मात्रीदेवो भव: ! पितृदेवो भव: !! ""माता यस्य गृहे नास्ती, भार्या च पृय वादिनिम् !अरण्यम् तेन गन्तव्यम् यथारण्यम् तथा गृहम् !!" - संस्कृत नीतिश्लोकहरु ।"पुत्रले हो पितालाई देवता मान्नु पर्दछ" । - बालकृष्ण सम । जीवित रहंदासम्म छोराछोरीहरुले पितामातालाई देव-देवीसरह मान्ने र श्रद्धाभक्ती र आज्ञा पालन गर्ने अनि उहाँहरुप्रतिको आफ्नो धर्म-कर्तव्य पूरागर्ने जस्ता गौरवमय र अनुकरणीय मान्यता वा संस्कार-संस्कृती छन् हाम्रो पूर्वीय वाङ्ग्मय र परम्परामा ! उक्त श्लोकहरु यसै मान्यताका अभिव्यक्तिहरु हुन् ! पूर्वीय वाङ्ग्मयमा अर्थात् ...


मरेर गएपनि विश्व हल्लाउने 'कार्ल मार्क्स'को जिवनी पढ्नुहोस

एजेन्सी - कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो र त्यसबेलासम्म पनि १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिको सम्झना बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए जुनबेला सारा युरोपमा नयाँ खालको जागरण आइरहेको थियो । बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो । बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल आदि आफ्ना-आफ्ना साम्राज्यहरू विस्तार गर्न जोरसोरले लागिपरेका थिए र एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए । पर्याप्त मात्रामा उत्पादन ...


सर्वहारा अधिनायकत्व र अभ्यासबारे एक टिप्पणी !

सर्वहारा अधिनायक्त्वविना कुनै कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी बन्नै सक्तैन किनकि त्यो पार्टीले साम्यवादसम्मको यात्रा तय गर्नै सक्तैन भन्ने मालेमावादको सार रहेको छ ! मालेमावादी गुरुहरुले यस्लाई एक यस्तो अनिवार्य र आधारभूत तत्व बताउनु भएको छ कि यस्ले नै कम्युनिस्ट पार्टिलाई अन्य पुँजीवादी पार्टिहरुबाट भिन्न बनाउँछ । साथै उहाँहरुले त्यो अधिनायकत्व जनवादमा निर्मित, आधारित र संचालित मात्र हुने होइन, बरु अझ बढी धेरै, उच्च, सच्चा, जीवन्त र पूर्ण जनवाद प्राप्तिको दिशामा उन्मुख र केन्दृत हुनुपर्छ भन्नेमा विचार र कार्य दुवै दृष्टिले जोड दिंदै आउनु ...


हाम्रो जनवाद र हाम्रो अभ्यास : नेकपा नेता नारायण शर्मा

"छलफल-अभिव्यक्तिमा स्वतन्त्रता काम-कार्वाहीमा एकरुपता" हाम्रो अर्थात् कम्युनिस्टको आधारभूत मान्यता हो ! अझ विशेषगरी लेनिनवादी संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको मूल मर्म हो यो । यसको धेरै व्यापक र गहिरो अनि दीर्घकालीन र बहुआयामिक अर्थ र महत्व छ । जनवाद अर्थात् डिमोक्रेसी आधुनिक पुँजीवादी वा समाजवादी लोकतान्त्रिक पार्टी, राज्य वा समाजको ज्यान हो, प्राण हो । कुनै पनि व्यक्ति-शक्ति, संघ-संस्था , पार्टी-संगठन, मन्च-मोर्चा वा समाज-समुदाय अथवा राज्य-व्यवस्थाको संचालन-परिचालन हुन-गर्नको निम्ति यो एक अनिवार्य र अपरिहार्य सिद्धान्त हो । अर्वाचीन युगका स्वतन्त्रता, समानता, न्याय, मानवता, विश्ववन्धुता र भातृत्व अथवा ...


नेपाली नेताको द्वैध चरित्र जयशंकरका अगाडि काम लाग्दैन : अमरेशकुमार

जयशंकरले भारतको नेपाल नीतिमा के परिवर्तन ल्याउलान् ? जयशंकर विदेश नीतिमा अत्यन्त कुशल ब्युरोक्र्याट हुन् । नेताहरूसँग जस्तो नरम दृष्टिकोण उनीसँग छैन । जे गरे पनि छुट हुने विगतको नीति अब भारतले अपनाउँछ जस्तो मलाई लाग्दैन । किनभने, उनी ‘एसर्टिभ’ छन् । क्रिस्टल क्लियर पोलिसी लागू गर्न खोज्छन् । निर्णय क्षमता पनि बढी छ । राजनीतिकर्मीहरू केही दुर्गुणलाई बेवास्ता गरिदिन्छन् । जति गाली गरे पनि नेताहरू सहन्छन् । चुप लागेर सुनिदिन्छन् । तर, त्यसरी कुनै ब्युरोक्र्याट वा आर्मी अफिसरलाई गाली गरेर हेरौँ त ! ...


७५ लाख रुपैयाँमा इस्ट-इन्डिया कम्पनीबाट खरिद गरिएको काश्मिरको यस्तो छ इतिहास !

एजेन्सी - अन्ततः जम्मु-कश्मीरको स्वतन्त्र मुलुक हुने ख्वाव साउन २० बाट तुहिएको छ । सन् १८४६ मा डोगराका शासक गुलाब सिंहले ७५ लाख रुपैयाँमा तत्कालीन इस्ट-इन्डिया कम्पनीसँग खरिद गरेका जम्मु-कश्मीरमा सय वर्षदेखि उनकै पुस्ताले शासन गर्दै आएको थियो । डोगरा वंशकै हरि सिंह भारत-पाकिस्तान स्वतन्त्रताका बेला जम्मु-कश्मीरका महाराजा थिए । उनले प्रिन्स्ली स्टेट (रजौटा राज्य) लाई दिइएका विकल्प (भारत, पाकिस्तान र स्वतन्त्र) मध्ये तेस्रो अर्थात् स्वतन्त्र रहने विकल्प रोजे । उनले यो विकल्प रोजेर पनि आफ्नो राजकाज बचाउन सकेनन् । डोगरा शासकले सय वर्ष राज गरेको जम्मु-कश्मीरमा अंग्रेजले भारत छाड्ने क्रममा ...


जम्मु-काश्मिर विवाद : पाकिस्तानको पक्षमा चीन, अमेरिकाको पक्ष कता ?

जम्मु - कश्मीरका विषयमा भारतीय निर्णय उसको आन्तरिक भए पनि यसले अन्तर्राष्ट्रिय ‘एटेन्सन’ पाइसकेको छ। जम्मु कश्मीर विवादास्पद क्षेत्र रहेको विषय भारत र पाकिस्तान दुवैले स्विकारेका हुन्। भारतले यसलाई दुईपक्षीय रूपमा समाधान गर्ने बताउँदै आएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले चालेको यो कदम एकपक्षीय छ। यो सफल हुन्छ वा हुँदैन अहिल्यै भन्न गाह्रो छ। कश्मीर आफैंमा संवेदनशील छ। ससाना घटनाले पनि ठूला आन्दोलन हुँदै आएका छन्। यस्तो गम्भीर निर्णयलाई त्यहाँका जनताले कसरी लिन्छन् त्यो महत्वपूर्ण पाटो हो। त्यसैले यसको अवतरण सहज देखिँदैन। तर यो घटनालाई केही साता ...






ट्रेन्डिङ