योजना कार्यान्यनको समयमा नगरमा विवाद
नगरपालिकाको पत्रकार सम्मेलन

दिवाकर पोख्रेल देउखुरी, फागुन । आर्थिक बर्ष २०७६ ÷७७ मा कार्यान्यन गर्नुपर्ने योजनाहरु कार्यान्यन गर्ने अत्यावश्यक समयमा लमही नगरपालिकामा विवाद सिर्जना भएको छ । लमही नगरपालिकाले सिपमुलक तालिम संचालन गर्नको लागि संघसंस्थासंग टेण्डरमा अनियमितता गरेको भन्दै संलग्न कर्मचारीलाई बारवाही प्रकृया अघि बढाएपछि नगरपालिकाको विवाद सतहमा आएको हो । नगरपालिकामा कार्यरत नवौ तहका अधिकृत रविन्द्र क्षेत्री,लेखा अधिकृत गौरव कुमार लामिछाने र योजना शाखामा कार्यरत पुष्पराज अधिकारीको संलग्नतामा अनियमितता भउको भन्दै नगरप्रम्ख कुलवहादुर केसी र उप प्रमुख देवका बेल्वासेले कारवाही प्रकृया अघि बढाउनु भएको हो ...


स्वामीको बृक्षलाई साक्षी राखेर विद्यालयको बार्षिकउत्सव

दिवाकर पोख्रेलदेउखुरी, माघ । मंचको बिचमा स्वामीको सानो बिरुवा राखिएको छ । अतिथिहरु पछाडी बसेका छन् । सबैको अघि स्वामीको बिरुवा साक्षी छ । कार्यक्रमको उद्घाटनको समय भयो उदघोषकले प्रम्ख अतिथिलाई कार्यक्रम उद्घाटन गर्नको लागि अघि मंचमा बोलाए । कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले आमखोरामा जल बोकेर जानुभयो । सहभागि सबै अच्चम्ममा परे । धेरै कार्यक्रममा प्रमुख अतिथिले उद्घाटन गदा कित ब्यानर खोलेर कित दियो बालेर उद्घाटन गर्ने कार्यक्रममा यहाँ भने स्वामीको बिरुवामा जल चढाएर उद्घान भयो । दाङ ...


जेष्ठ नागरिकको स्वास्थ्य बारे जनप्रतिनिधिको चिन्ता

दिवाकर पोख्रेलदेउखुरी, माघ । जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बारे जनप्रतिनिधिले चासो देखाउन थालेका छन् । बढ्दो चिसो मौसम र जाडोलाई मध्यनजर गर्दै पछिल्ले पटक वडा कार्यालयबाट न्यानो कपडा वितरण कार्यक्रम शुरु भएको छ भने जेष्ठ नागरिकको निशुल्क आँखाको चेकजाँच पनि थालिएको छ । दाङको लमही नगरपालिकाले यो कामको शुरुवात समेत गरेका छन् । यसैक्रममा दाङको लमही नगरपालिका वडा नम्बर ६ ले जेष्ठनागरिक सम्मान कार्यक्रम अन्तरगर्त फाइवर सिरक वितरण र आँखाको निशुल्क चेकजाँच समेत गरेको छ । वडा कार्यालयको तीन लाख ...


असाहलाई बाँड्न कपडा घर

दिवाकर पोख्रेलदेउखुरी, । तपाइको घरमा आफुलाई कपडा साना या ठूलो भएर कतै खेर त गएको छैन । यदि त्यस्तो छ भने त्यस्तो कपडाले कसैको शरिर । ढाकिन सक्छ । जाडोमा काठिएर हिंडने असाहले साहेता पाउन सक्छ । यहाँहरुलाई पनि धेरै भएको, शरिरमा फिट नभएको वा नयाँ कपडा नै निशुल्क दिन चाहनेहरुकै लागि लक्षित गरेर दाङको लमहीमा कपडा घर संचालनमा ल्याइएको छ । लमहीको बसपार्कमा स्थानीय वडा पालिका,सामाजिक स.थको सहयोगमा उक्त कपडा घर संचालनमा ल्याइएको हो । एम्नेस्टी इन्टरनेसनल लमही युथ नेटबर्कमा पहलमा ...


टेक्टरबाट खस्दा दाङमा एकजनाको मृत्यु

शिवु खनाल दाङ, मंसिर २८ दाङमा टेक्टरबाट खस्दा एकजना मजदुरको उपचारको क्रममा मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ भोजपुर निवासी आसमान चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । शनिवार दिउँसो ११ बजे बेलाबाट गढवा तर्फ जादै गरेको रा १ त २४१७ नम्बरको टेक्टरबाट उछिट्टिएर खस्दा टाउकोमा गम्भिर चोट लागेको र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मजदुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । टेक्टर नियन्त्रणमा र चालक प्रहरीको सम्पर्कमा रहेको प्रहरीले ...


अरिङ्गालको टोकाईबाट दाङमा एक युवकको मृत्यु

शिवु खनाल दाङ, असोज दाङमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । दाङ देउखुरी स्थित राप्ती गाउँपालिका वडा नम्बर ९ जाबुने निवासी ४० वर्षीय घनश्याम बरालको उपचारको क्रममा मृत्यु भएको हो ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । बनमा घाँस काट्ने क्रममा अरिङ्गालको गोलो भत्किए पछि अरिङ्गालले बराललाई टोकेको थियो । अरिङ्गालको टोकाईवाट घाईते भएका बरालको उपचारको क्रममा चितवन पुरानो मेडिकल कलेजमा गए राति मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ...


दाङको लमहीमा ‘सरायँ नाच तथा खड्ग जात्रा’
सरायँ नाचको प्रचारप्रसारले धार्मिक शक्तिपिठको थप, विकासमा सहयोग पुग्ने र पहिचान बोकेको सँस्कृतिको प्रचार हुने

शिवु खनाल दाङ, २६ असोज  दाङको लमहीमा सरायँ नाचा तथा खड्ग जात्रा निकालिएको छ । प्रत्येक वर्ष झै परम्परागत रुपमा मनाउने गरिएको सरायँ नाचा तथा खड्ग जात्रा यस वर्ष पनि दाङको लमहीमा निकालिएको छ । पन्ध्रौं कोजाग्रत पूर्णिामाको दिन दाङ सहित देशैभर सरायँ नाच तथा खड्ग जात्रा निकालिएको हो । यस्तै २०६८ साल कालिका भगवती मन्दिरको स्थापना भएदेखि परम्परागत रुपमा मनाउने गरिएको सरायँ नाचा तथा खड्ग जात्रा यस वर्ष पनि निकालिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमन्ताप्रसाद पाण्डेले बताउनुभयो । निर्माण गरिएको मन्दिरमा अहिले ...


कृत्रिम गर्भाधानको व्यवस्थाले पशुपालक कृषक खुसी

शिवु खनाल दाङ, २३ असोज  दाङको लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयले कृत्रिम गर्भधान सेवा सञ्चालनमा ल्याएको छ । पशु व्यवसायमा राम्रो उन्नति गर्न पशुको कृत्रिम गर्भाधान (एआई) गर्ने व्यवस्था भएपछि देउखुरीका पशुपालक कृषकहरु खुसी भएका छन् । कृतिम गर्भधानकर्ता प्रविधिक अभावका कारण कृतिम गर्भधान सेवा बन्द रहेको थियो । समायोजन पश्चात दुइजना दक्ष कृत्रिम गर्भधानकर्ता प्रविधिक पशु सेवा उप–शाखा कार्यालय लमहीमा आएपछि पुनः कृतिम गर्भधान सेवा विहिवार देखि सञ्चालनमा ल्याएको लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयका प्रमुख हेमराज अचार्यलले जानकारी दिनुभयो । प्रमुख आचार्यले ...


दशैँ खर्च जुटाउन राउटे झरे दाङमा

शिवु खनालदाङ, १० असोज । नेपालको लोपउन्मुख समुदायका रुपमा रहेको राउटे समुदायका प्रतिनिधि दशै खर्च जुटाउन दाङ आएका छन । दशै पर्व नजिकिदै गर्दा राउटे समुदायका सहायक मुखिया नारायण शाहीको नेतृत्वमा बिर्खे शाही र दले शाही गरि तीन सदस्य टोली दाङको घोराही आईपुगेको हो । दशैका लागि आवश्यक नयाँ कपडा र खसी–बोका किन्नका लागि पैसा उठाउन दाङ आएको राउटे समुदायका सहायक मुखिया शाहीले बताए । ‘दशैमा नयाँ कपडा लगाउनुपर्छ, मासु खानलाई खसी–बोका किन्न पैसा छैन’,सहायक मुखिया शाहीले भने,‘आफुसँग पैसा नभएपछि पैसा उठाउन हिडेका छौँ ।’ ...


बेवारिसे शवको फेला

शिवु खनाल देउखुरी, । दाङको लमहीमा फेला परेको बेवारिसे शवको पहिचान अझै खुल्न नसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्पल थपलियाले जानकारी दिनुभयो । बुधवार दिउँसो तिन बजे लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुजखोलाको दोभान नजिकै एक पुरुषको बेवारि।से शव फेला परेको हो । बेवारिसे शव कस्को हो, कहाँबाट खोलाले बगाएर ल्याएको हो, केही खुल्न नसकेको निरिक्षक थपलियाले बताउनुभयो । घटना स्थलमा वडा प्रहरी कार्यालयको टोलि पुगिसके अनुसन्धान सुरु गरेको हो । शव कस्को हो, कहाँबाट आयो यो शव थप अनुसन्धान भैरहेको निरिक्षक ...






ट्रेन्डिङ