३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने कार्यक्रममा नछुटाई फोन गर्ने गर्दथे । रेडियो कार्यक्रमबाट नै उनलाई बाके जिल्ला र सेरोफेरोमा रेडियो प्रेमी श्रोताहरुले चिन्ने मौका पाए।
विभिन्न आरोह अवरोह पार गर्दै नेपाल आयल निगमको नेपालगन्ज डिपोमा २३ बर्षदेखि कार्यरत गिरी रेडियो कार्यक्रममा आम स्रोताका माझ श्याम गिरी ‘रेडियो प्रेमी वान’ नामबाट निकै परिचित छन् । रेडियोका नियमित कार्यक्रमहरुमा सधैं फोनमार्फत उपस्थिति देखाइरहने उनले आफूलाई ‘रेडियो प्रेमी वान’को ...
नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति बारे जानकारी दिएको हो ।
फिल्ममा अभिनेत्री सुरक्षा र नरेनसँगै अर्का अभिनेता विराज विष्टले समेत अभिनय गरेका छन्।
नेपाली समाजको मौलिक कथामा आधारित रहेर बनाइएको चलचित्र नेपालको हिमाली जिल्ला डोल्पामा छायाँकन गरिएको हो। पोस्टरमा सुरक्षाले डोको बोकेकी छिन भने अभिनेताद्धय खड्का र बिष्ट पनि गाउँले ...
काठमाडौँ - कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअप पनि पुरा भएको छ ।
फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्दैछन। चलचित्रको शुभसाइत हुँदासम्म अनुबन्धित भइनसकेका उनलाई निर्माणपक्षले पछि भित्र्याएको हो ।सोमबारबाटै फिल्मको छायांकन पनि सुरु भएको छ ।
कर्णालीको कथामा निर्माण भैरहेको फिल्म ‘बुलाकी’को डोल्पामा भएको छायांकन सके लगत्तै नरेन ‘म’ को छायांकनमा ब्यस्त छन् ।
नरेनले ‘म’ मा जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । ''चलचित्रको कथावस्तु र चरित्र राम्रो लाग्यो साथै अनुभवी डाइरेक्टरसंग काम ...
काठमाडौँ - लामो समय देखि नेपाली चलचित्र ठप्प जस्तै भयको समयमा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७५ र २०७६ सालका फिल्महरु लाई समाबेश गरि अवार्ड राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भयको छ । जसमा निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायाँकार, सम्पादक, रँग सँयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा अवार्ड वितरण गरियको हो।
नेपाली चलचित्र मा लामोसमयदेखि निरन्तर काम गरिरहेका कलाकार प्रवन भुषाल ले चलचित्र मन्दिरा बाट उत्कृष्ट खल अभिनेता अवार्ड हातपारे का छन् भने उत्कृष्ट अभिनेता चलचित्र शुशिल श्रेष्ठ लभ डायरिज, उत्कृष्ट ...
अमेरिकाको पल्शिल्भेनिया राज्यको राजधानी हेरिशबर्ग शहरमा नेपाली नृत्यको कक्षा सञ्चालन भएको छ । ब्यस्त दैनिकीमा आभिभावकले बालबालिकालाई समय दिन नसकिरहेको अवस्थामा व्यायामको साथमा लोक नृत्यले नेपाली बालबालिकालाई नेपाली भाषा, संस्कार एवं संस्कृति सिकाउनुका साथै घुलमिल गराउने लक्ष्यका साथ कक्षा सञ्चालनमा ल्याएको यसका सञ्चालक पक्षले जानकारी दिए ।
ईनास पेल्शिलभेनियाको प्रमुख सकृयतामा नृत्य कक्षा सञ्चालनमा ल्याएको यो टिमले निकट भबिष्यमा अभिनय, सङगितलगायत बिभिन्न कक्षा समेत सञ्चालन गर्ने बताएको छ। बालबालिकालाई नृत्य तथा अभिनय कलामा निखारेर बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय मञ्चमा पुर्याऊने र राम्रो कलाकार ऊत्पादन गरि अमेरिकामै नेपाली ...
मातृ देवो भव । पितृ देवो भव ।। गरु देवो भव ।।
संस्कार फरक होलान, धर्म फरक होलान, रङग, भेग, जाति, लिङग .फरक होला तर संसार भर आफ्ना परिवार लाई मायाँ, प्रेम र सद्भाव नगर्ने भन्ने हुनै सक्तैन । त्यसमाथि पनि नेपाली संस्कृतिमा माथि दिईएको ऊद्दरण त झन नेपालीको पहिचान नै हो भन्दा दुईमत नहोला ।
यसकारण पनि नेपालीले आफन्त, ईष्टमित्रलाई ढोग नमस्कार गरेतापनि बाबु- आमा र गुरुलाई शाष्टाङग दण्डवत गर्ने चलन छ । भन्नै पर्दा जन्म दिने आमा, कर्म दिने बाब र ज्ञान (परिचय) दिने ...
चलचित्र निर्देशक जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको वेब सिरिज 'गब्जेरो' को दोश्रो एपिसोड युट्युबमा सार्वजनिक भएको छ। किड्न्याप, डनगिरि सम्बन्धी सस्पेन्स कहानी बताउने उपरोक्त सिरिजलाई निर्देशक स्वयंले लेखन, छायांकन तथा सम्पादन गरेका हुन्।
भिडियोमा संदेश श्रेष्ठ, बिजेन श्रेष्ठ, अमिन प्रजापति, संजित तामाङ्ग, दिनेश स्ठापित, अमित राजोपाध्याय, सजेश शर्मा र डिजोन मोक्तानले अभिनय गरेका छन्।
यस एपिसोडमा धने डनको टिमले एकैपटक मोटो रकम कमाउन मान्छे अपहरण गर्ने सल्लाह गर्छन तर आफ्नै बडाडनको अस्ट्रेलियाबाट फर्कंदै गरेको छोरीलाई एअरपोर्टबाट किड्न्याप गरेको थाहा लागेपछि सबैको भागाभाग हुन्छ। तर किन त्यसो हुन पुग्यो ...
एजेन्सी - चलचित्र निर्देशक, लेखक, पटकथाकार बिकास घले गुरुङको नेतृत्वमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (Inas America) अमेरिकाको पेन्सिलभेनिया राज्यमा कार्यसमिति गठन भएको छ। राज्यको हेरिसबर्ग सहरमा सर्वसम्मतिले बहुप्रतिभाशाली व्यक्तित्व गुरुङको नेतृत्वमा ६ सदस्यीय कार्यसमिति गठन भएको हो।
कार्यक्रममा ऊपस्थित भई बहुचर्चित नेपालि चलचित्रका नायक मुकेश ढकाल, नर्थ अमेरिका ईनासका अघ्यक्ष लोकप्रिय गायक कन्हैया सिङ परियार, मेरिल्याणड राज्यका ईनासका उपाध्यक्ष चर्चित गायिका अन्जना गुरुङ युनाईटेड नेप्लिज आर्टिस्ट एसोशियसन नर्थ अमेरिकाका महासचिव तथा ओरल्ड एसोशियसन अफ पर्फमिंग आर्ट साऊथ एसियाका उपाध्यक्ष राजु बजाज लगायतले नवनियुक्त अध्यक्ष बिकास घले ...
काठमाडौँ - पछिल्लो समय स्रोता दर्शक माझ लोकप्रिय युवा गीतकार अनिल खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ बजारमा आएको छ। मञ्जरी क्रियशन यूट्युब च्यानल मार्फत बजारमा आएको यो गितलाई पछिल्लो समयमा लाइभ दोहोरीबाट चर्चामा आयकी गायिका आशा बिसी ले आवाज भरेकी छन् ।
शब्द शब्दमा खेल्न निकै सिपालु गीतकार खनालले यो गीतमा नेपाली लोक जीवनको परिवेशलाई दर्शाएका छन् !
तिजको पूर्व सन्ध्यामा बजारमा आएको यस गीतमा विवाह गरेर घरमा गएकी चेली बर्षाको समयमा माइत आउन नसकेको र अर्को तीजमा अवश्य आउने आमासँग बाचा गरेकी छन्।
“घिन्ताङ घिन्ताङ मादल ...
काठमाडौँ - रंगमंचका थुप्रै कलाकारहरुको अभिनय रहेको वेब सिरिज 'ईओजी (Errors of God)' को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा प्रकु पाण्डेले निर्देशन गरेको यस सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानिसको रुपमा आएका भगवानहरुको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ । संगीत सापकोटाको लेखन रहेको यस सिरिजलाई सगुन पोख्रेलले निर्माण गरेकी हुन् ।
बिकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, युनिसा ढुंगाना 'सरिता' को साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमंचका ...
काठमाडौँ - बिन्ध्यवासिनी म्यूजिक प्रालिले २०७७ का लागि अवार्ड पाउने बिजेताहरुको घोषणा गरेको छ। काठमाडौस्थित होटल याक एण्ड यतिमा एक कार्यक्रमको आयोजना गर्दै बिजेताहरुलाई सम्मान तथा अवार्ड वितरण गरिएको हो।
यो वर्षको विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्ड गायक श्री योगेश वैद्यले प्राप्त गरे। जस अनुसार उनले सम्मान संगै नगद १ लाख हात पारे। त्यस्तै, विन्ध्यवासिनी संगीत साधना सम्मान गायिका श्री कुन्ती मोत्तानले हात पारिन। उनले सम्मान संगै ५० हजार हात पारिन। गायिका श्री माण्डवी त्रिपाठीले विन्ध्यवासिनी संगीत रत्न सम्मान जित्दा विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान पत्रकार श्री ...
काठमाडाैं - कोरोना महामारीको चपेटामा परेको फिल्म ‘ए मेरो हजुर ४’ ले प्रदर्शन मिति तोकेको छ। झरना थापाको निर्देशनमा बनेको फिल्मले २०७८ साल भदौ १८ गतेका लागि प्रदर्शन मिति तोकेको हो।
सामाजिक सञ्जाल फेसबुकमा निर्देशक तथा नायिका झरनाले फिल्म प्रदर्शन गर्ने मिति सार्वजनिक गरेकी हुन्।
फिल्ममा नायक अनमोल केसी र झरनाकै छोरी सुहाना थापाको मुख्य भूमिका छ। फिल्ममा सलोन बस्नेतलाई पनि देख्न सकिन्छ।
सुनिलकुमार थापाको प्रोडक्सन ब्यानरमा बन्न लागेको फिल्ममा झरना थापा र छेतेन गुरुङको कथा छ।
...बिगत ७ बर्षदेखी निरन्तर रुपमा आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’को सातौं संस्करण र चौथो काठमाण्डौ सर्टफिल्म फेष्टिवल औपचारिक रुपमा काठमाण्डौमा सम्पन्न भएको छ । सर्टफिल्म तर्फको उत्कृष्ट डकुमेन्ट्रि बिकाश घले गुरुङ द्वारा निर्देशित वृतचित्र “Mass Choreography OF Nepal” ले हात पारेको छ । नेपालमा समुह नृत्यको बिगत-बर्तमान-भबिष्य बारे केलाऊन सफल यो बृतचित्र Mass Choreography सिक्न चाहनेहरुको लागि यौटा ऊत्कृष्ट स्रोत हुने निर्देशक दाबि गर्नु हुन्छ ।
भबिष्यमा यसबारेको नेपाली ईतिहास बुज्न चाहनेको लागि पनि यो ऊत्कृष्ट दस्ताबेज हुने उहाको भनाई छ । निर्देशक बिकाश ...
गायिका अन्जली राईको 'एक्लै एक्लै सुदुर यात्रामा' बोलको गित युट्युबमा सार्वजनिक भएको छ। बुढा सुब्बा डिजिटलबाट सार्वजनिक भएको गीतलाई दरबारमार्गस्थित 'किंग्स लाउन्जबाट' गीतको टिमले केक काटेर सार्वजनिक गरेका छ।
गीतको शब्द रचनाकार सिंघ बहादुर श्रेष्ठ, संगीत कल्याण थापा, एरेन्जर किशोर अर्याल, रेकर्डिस्ट भोला पौडेल, मास्टरिङ्ग प्रदिप उपाध्याय, क्यामेरा र एडिटिंग राजेन्द्र पाण्डे, मेक अप बिक्रम गौतम, लाइटिंग राजकुमार रहेका छन्।
गीतको भिडियोलाई संजय पाण्डेले निर्देशन गरेका हुन् जसमा काशिस दाहाल, बिबेक शाह, बर्षा राज्य लक्ष्मी शाहले अभिनय गरेका छन्।
गीतमा अन्जलिले एक्लै एक्लै सुदुर यात्रामा केहि कुरा खोजिरहेकि ...
डिज जोशीको स्वर, शब्द तथा संगीत संयोजनमा 'फ़िजाइं पंख' बोलको गित सार्वजनिक भएको छ। गीतको भिडियोमा गौरव पहारी, बेनिशा हमाल, जेवी डिसी, कमलमणि नेपाल, सुनिता श्रेष्ठ लगायतले अभिनय गरेका छन्।
सांगीतिक कथा भनिएको उक्त म्युजिक भिडियोले एसिडले छ्यापिए पछि पिडितलाई समाजमा कसरी पुनर्स्थापना गर्ने भन्ने बारे देखाउन खोजेको छ।
यस्तो छ कहानी !
गौरब पहारी र बेनिशा हमाल प्रेम सम्बन्धमा हुन्छन। बेनिशा पेशाले नर्स हुन्छिन। बेनिशालाई अर्को पात्र जेवी डिसीले पनि मन पराउछन। जब डिसीले बेनिशाको अर्कै केटासंग प्रेम सम्बन्ध भएको थाहा पाउछन बदला लिन उनले बेनिशाको अनुहारमा ...
कोभिडका कारण लामो समय सिथिल भएको नेपाली फिल्म क्षेत्र जुरमुराउने अभ्यासमा छ। यसै बिच एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म 'एउटा यस्तो प्रेम कहानी'को प्रदर्शन घोषणा गरिएको छ।
पुष १७ गते पोस्टर रिलिज सँगै गरिएको घोषणा अनुसार फिल्म माघ १ गते देखि देशभरका हलहरुमा प्रदर्शन हुने बताइएको छ।
शिव श्रेष्ठले नेपाली फिल्ममा प्राप्त गरेको सफलताले उनलाई पाकिस्तानी फिल्म उद्योग सम्म डोर्यायो । पाकिस्तानमा श्रेष्ठको कलाले राम्रो उचाई लियो। यसरी नेपाली र बिदेशी समेत फिल्मलाई महत्त्वपूर्ण योगदान दिएका ब्याक्तीले अहिने नेपाली फिल्म उद्योग झन्डै कोमामा पुगेको परिस्थितिमा ...
काठमाडौँ - दिपेश सापकोटा निर्देशित फिल्म 'एउटा यस्तो प्रेम कहानी' को आइटम गीत सार्बजनिक गरिएको छ । 'हलाल' बोलको गीतमा गायिका मिना निरौलाको स्वर, बि. बि. थापाको शब्द र सन्तोष रजौरेको संगीत रहेको छ । त्यस्तै गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्कीको नृत्य देख्न सकिन्छ ।
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेम्जोंग, रेखा फागु, नरेन खड्का, ध्रुब ...
जनक घर्ति मगरको लेखन तथा निर्देशन रहेको वेब सिरिज 'बर्खा' को ट्रेलर सार्बजनिक गरिएको छ । त्रिकोणात्मक प्रेमकथालाई हाँस्य रुपमा चित्रण गरिएको यस सिरिजमा जनक घर्तिमगर, सिर्जु केसी, केशव घर्ति मगर, लीन ओली, निखिल सेन्चुरी, सुरेश गिरि, इशारा मगर, तेलिशा थापा लगायतको अभिनय रहेको छ ।
नारायण दहितको छायांकन रहेको सिरिजलाई संदेश शाहले सम्पादन गरेका हुन् । सिरिजको छायांकन रोल्पाका सुलिचौर, घोडागाउँ, नुवाकोट लगायतका स्थानहरुमा गरिएको हो । जीएम मुभिज प्रोडक्सनले निर्माण गरेको सिरिजको ट्रेलर सोहि कम्पनिको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक ...
काठमाडौँ - युरोप र सिङ्गापुरमा फिल्म मेकिङ पढेर फर्केका निर्देशक दिपेस सापकोटा 'आकासैको छानो मुनि बासाउँ एक सहर' बोलको गीत निर्देशन गरि ओजपुर्ण 'कमब्याक' गरेक छन्।
टेस्ट गरम, भन के छ बन्दोबस्त, कोरेर मेरो चित्र लगायत दर्जनौं हिट गीत दिइसकेका गायक बिश्व नेपालीलाई यो गीतमा अस्मिता परियारले स्वरमा साथ दिएकी छिन्।
सम्भ्रान्त परिवारका युवा युवतीको प्रेम जिवनलाई फ्रेममा उतारेको निर्देशक सापकोटा बताउँछन्। गीतलाई उत्कृष्ट बनाउन करिब एक हप्ता लगाएर सुटिङ गरिएको सापकोटाले जानकारी दिए।
नेपाली कलाकारीतामा कोभिड १९ को प्रभावसंगै ब्यवसायिक सफलता लिन गाह्रो भएको अवस्थामा ट्री इन्टरटेन्मेन्टले ...
काठमाडौँ - चर्चित गायक बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको 'आकाशै को' बोलको गीतको भिडियो रिलिज गर्ने तयारी गरिएको छ । हालै उक्त भिडियोको पोस्टर सार्बजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा. राजु बाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । भिडियो कार्तिक २४ गते ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत रिलिज गरिनेछ । अस्मिताको यो दोस्रो गीत हो । केहि समय अघि उनको स्वरमा 'कुन शुरुवात' बोलको गीत सार्बजनिक गरिएको थियो ।
दिपेश सापकोटाले निर्देशन गरेको ...
मुम्बइ - चर्चित बलिउड अभिनेत्री काजल अग्रवालले विवाह गरेकी छिन्। उनले आफ्ना प्रेमी गौतम किचलुसँग मुम्बईको एक होटेलमा विवाह गरेकी हुन्। कोरोनाका कारण उनको विवाहमा निकै कम आफन्त सहभागी थिए। उनले आफ्ना घरपरिवार वाहेकलाई बोलाएकी थिइनन्।
अहिले उनको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनको विवाहस्थल सेता फूलले सिंगारिएको थियो।
विवाहअघि संगीत सेरोमनी भएको थियो। काजलका पति गौतम किचलु व्यवासयी हुन्। उनी डिस्सर्न लिभिङ डिजाइन सपका मालिक हुन्। उनको इन्टरियर डिजाइन कम्पनी पनि छ।
बलिउडको चर्चित फिल्म 'सिंघम'की अभिनेत्री काजल दक्षिण भारतीय फिल्ममा बढी चर्चित ...
एजेन्सी - कोभिड 19 को माहमारीले सम्पुर्ण क्षेत्रहरु धरायसी भैरहेको बेला नेपाली रजतपट क्षेत्रमा पनि लामो समय देखि ग्रहण लागिरहेको छ।
यदाकदा छिट्पुट वेव सिरिज, टिभी सिरिज, टिभी कमर्सियल, म्युजिक भिडियो बाहेको ब्यपारिक सिनेमा बनाउन ठुलै मूल्य चुकाउनु पर्ने देखिन्छ भने स्वस्थ्य र सुरक्षाको हिसाबले सम्भवाना न्यून छ ।
तर यसै बिच golo production house ले bollywood song "पि लेने दो" को भिडियो सार्वजनिक गरेको छ। नरेन खडकाको रजनी केसि, समीक्षा पोख्रेल र निभा अधिकरी सङ tringle केमिस्ट्री रहेको "पि लेने दो " मा प्रेम रामदामको ...
विगत ६ वर्ष देखि निरन्तर संगीत साधनामा लगिरहेकी गायिका अस्मिता परियारको स्वरमा 'सुरुवात' बोलको गीत युट्युबमा सार्बजनिक गरिएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना रहेको गीतमा अनिल शाहीको संगीत तथा संगीत संयोजन रहेको छ । गीतका शब्दहरुले प्रेमको अभिव्यक्ति प्रकट गरेको छ । गीत ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।
ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत रिलिज गरिएको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन रहेको छ ।
नेपाली संगीत क्षेत्रमा एउटा आशालाग्दो प्रतिभाको रुपमा ...
काठमाडौँ - मोरङका 'जन्तरे मामा'का नामले चिनिने अमित राईले गाएको पहिलो गीत 'फुलै फूलको सौगात तिमीलाई' यूट्युबमा राम्रो भ्युअर्स बटुलिरहेको छ । हालसम्म रेकर्डिङ्ग स्टुडियो समेत नदेखेका ५३ वर्षीय जन्तरे मामालाई यसै गीतका शब्द रचनाकार गोपाल चन्द्र राइले मोरङबाट काठमाडौँ झिकाएका थिए।
यसअघि यूट्युब च्यानलमा भाइरल भएका जन्तरे मामाको उपनामले चिनिने राईले आफ्नो गित रेकर्ड गराउने इच्छा ब्यक्त गरेको यूट्युब च्यानलहरुमा देखेपछि शब्द रचनाकार गोपाल चन्द्र राइले उनको इच्छा पुरा गरिदिएका छन्। जीवनको उत्तरार्धमा मामालाई यो अवसर दिलाउन पाउँदा शब्दाकार राई पनि अत्यन्तै खुशी छन्।
गाउँघरको मेलापातमा ...
मुम्बई - सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले उनका घरेलु सहायक दीपेश सावन्तलाई पक्राउ गरेको छ।
एनसिबीका उपनिर्देशक केपीएस मल्होत्राले दीपपेशलाई लागुऔषध खरिद र त्यसको लेनदेनका विषयमा सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएका छन्। उनलाई डिजिटल प्रमाण र बयानका आधारमा पक्राउ गरिएको हो। उनलाई आइतबार अदालत पेश गरिँदैछ।
पक्राउ परेका व्यक्तिहरुको बयान जारी छ। यसअघि पक्राउ परेका सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र पूर्वम्यानेजर स्यामुअल मिरान्डालाई ९ सेप्टेम्बरसम्म एनसिबीको हिरासतमा पठाइएको छ। एनसिबीले शौविक चक्रवर्ती र स्यामुअल मिरान्डालाई ७ दिनको अनुसन्धानका लागि थुनामा ...
काठमाडौँ - गोपालचन्द्र राईको शब्दमा ‘सुँगुरे माया’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रूप कुमार राईको स्वर रहेको गीतको भिडियोमा विल्सन विक्रम राई उर्फ 'तक्मे बुढा', अन्जली अधिकारी र सुरेन्द्र केसी उर्फ मुलाको सागको बेजोड अभिनय रहेको छ।
पूर्वेली भाकामा रहेको गीतको अडियोलाई सङ्गीत तोरेम्पा हाङ, सङ्गीत संयोजन फणीन्द्र राई, मिक्सिङ मिन विष्टले गरेका हुन् भने भिडियोको नृत्य निर्देशनमा चर्चित नृत्य निर्देशक कमल राई, सम्पादन मनोज कार्की, भिडियो नवराज उप्रेतीले गरेका हुन्।
तक्मे बुढाको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा गरिबीपन र पछ्यौटेपनको कारण धेरै सन्तानहरू हुने ...
काठमाडौं - नेपाल आइडल सिजन ३ को उपाधि सज्जा चौलागाईंले जितेकी छन्। शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै चौलागाईं विजेता बनेकी हुन्।
चौलागाईंले नेपाल आइडल सिजन ३ विजेताको टाइटलसँगै ५० लाख रुपैयाँ पनि प्राप्त गरेकी छन्। सिजन ३ मा फस्ट रनरअप वेडुवाल बनेका छन् भने भुजेल सेकेन्ड रनरअप भए। उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।
कोरोना संक्रमण जोखिमका कारण यो सिजनको फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै अत्यन्तै सीमित व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
चैत पहिलो ...
नब्बेको दशकमा हिन्दी तथा नेपाली चलचित्रमा एकछत्र राज गर्नु भएका लोकप्रिय स्रष्ठा इन्द्रजित मिजार पुनः प्लेब्याक सिङिङमा कम्ब्याक गर्नु भएकोछ।
अमेरिकामा बस्नु हुने नेपाली कला,सहित्यप्रेमी गोलु लोहार(गोपाल लोहार)ले लेख्नु भएको गित "लान्छु तिमिलाई'' मा इन्द्रजित मिजारलाइ नेपाली सार्वधिक लोकप्रिय गायिका मेलिना राइले साथ दिनुभएकोछ।
बिक्रम कार्कीको एरेन्जमा रन्जित गजमेरको संगीत रहेको यो गितमा पुष्प खडका र जेबिका कार्कीको रोमान्स रहेको छ। शुभम भुजेलको कोरियोग्राफी,उत्सव दाहालको सिनेमाटोग्राफी र बिकाश दाहालको सम्पादनमा श्याम लामा र काजी लिम्बुको निर्देशन रहेकोछ ।
...
काठमाडौँ - गोपालचन्द्र राईको शब्द तथा सागर संसार राईको स्वरमा रहेको “रुँदा रुँदै हाँसेको मान्छे” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
बिक्रम राईको संगीत, आनन्द राईको एरेन्ज र राजु कार्कीको मिक्शिंग रहेको गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन तथा कलरिङ्ग गरेका हुन्।
गीतमा कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईले जिबन्त अभिनय गरेका छन् । पछिल्लो समय ठुलो सानो पर्दामा नीकै चम्केको यो रंगमंचको जोडी रियलमा समेत जोडी हो भन्ने धेरैलाई थाहा नहुन सक्छ। लामो समय देखि प्रेम सम्बन्धमा रहेको यो अन्तरजातीय ...
काठमाडौँ - चलचित्र निर्देशक समेत रहेका जितेन्द्र राजोपाध्यायले आफ्नो आवाजमा 'गाह्रो पर्यो'' बोलको गित बजारमा ल्याएका छन्। राजोपाध्यायको स्वर रहेको गीतको म्युजिक भिडियोमा कोहिनुर राजोपाध्यायले अभिनय गरेकी छन्।
गीतको शब्द राजन बिक्रम थापाले लेखेका हुन् भने बिजेन श्रेष्ठले संगीत भरेका हुन्।
गीतमा कोहिनुरले दोहरो भूमिका गरेकी छिन। गीतमा मायालुको गहिरो प्रेममा परेको अवस्थालाई चित्रित गरिएको छ। जे-जसो गर्दा पनि मायालुको मात्रै झल्को आउने पागलप्रेमीको अवस्था देखाइएको छ।
...काठमाडौँ - अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफूमाथि नभएको आरोप लगाएर चरित्रहत्या गरेको भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएका छन्। केही हप्तादेखि लगातार रूपमा नायिका शाहले युट्युब‚ इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा मनगढन्ते कुरा गर्दै आफ्नो चरित्रहत्या गरेको भन्दै उनले निवेदन दिएका हुन्।
केसीले निवेदनमा साम्राज्ञीले आफूविरूद्ध विभिन्न आक्षेप/आरोपहरू लगाई मनगढन्ते र निराधार चरित्र हत्या हुने कुरा गरेकाले त्यस विषयमा आवश्यक छानविन गर्न संघमा निवेदन दिएको उल्लेख गरेका छन्। केसीको चलचित्र ड्रिम्समा उनलाई अभिनय गराउँदा कुनैपनि किसिमको दुर्व्यवहार नगरेको भन्दै आवश्यक छानविन गर्न आग्रह गरेका ...
एजेन्सी - बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थिती फ्ल्याटमा उनको शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले किन आत्महत्या गरे भन्ने बारे जानकारी प्राप्त छैन । भारतीय मिडियाका अनुसार अनुसार सुशान्तका सहयोगीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् ।
सुशान्त सिंहको जन्म पटनामा भएकामे थियो । सन् २००० को सुरुवातमा उनको परिवार दिल्लीमा बसेको थियो । सुशान्तका चार दिदी बहिनी छन् । तीमध्ये एक मीतू राज्य स्तरकी क्रिकेट खेलाडी हुन् ।
सुशान्तले ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका ...
काठमाडौँ - चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्माता तथा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । तिन जना प्रतिस्पर्धीलाई पाखा लगाउंदै दाहाल २ वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त भएका हुन् ।
उनी वर्तमान चलचित्र विकास बोर्डका सदस्य समेत हुन् । केशव भट्टराईको असामयिक निधनपछि बोर्ड अध्यक्ष खालि थियो ।
मन्त्री परिषद्मा अभिनेता भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो । मन्त्रिपरिषद्ले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
बोर्ड अध्यक्षका लागि दश जनाले सूचना तथा सञ्चार ...
काठमाडौँ - चलचित्र निर्देशक जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको राष्ट्रभक्ति गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। छिमेकी देश भारतबाट नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी मिचिएको सन्दर्भमा 'हामि भुल्दैनौ सिमाना पुर्खाको रगतले कोरेको' बोलको गित सार्वजनिक भएको हो।
गीतमा स्वर र संगीत दुवै संदेश श्रेष्ठको रहेको छ। गीतको सब्द रचना गोबिन्द पौडेलले गरेका हुन्। देव कोइमीको एरेन्ज रहेको गीतको भिडियोलाई जयन कुमार मोक्तानले खिचेका हुन्। गीतको मिक्सिंग बिजेन श्रेष्ठले गरेका हुन्। लूप्स स्टुडियोमा मिक्शिंग गरिएको हो।
संदेश श्रेष्ठको राष्ट्रभक्ति तथा माया प्रेमले भरिएका अरु गीतहरु पनि युट्युबमा हेर्न सकिन्छ।
काठमाडौँ - लकडाउनको परिवेश समेटीएको जितेन्द्र राजोपाध्यायद्वारा निर्देशित 'हरर' फिल्म ‘आक्रान्त’ युट्युब मार्फत सार्बजनिक भएको छ । १५ मिनेट लामो फिल्ममा हरि कृष्ण शाही, नेहा अवाले र कोहिनुर राजोपाध्यायले अभिनय गरेका छन् ।
एउटै घरभित्र फिल्मको सबै दृश्यहरु छायांकन गरिएको निर्देशक राजोपाध्यायले जानकारी दिए । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फिल्मको निर्माण कार्यमा सामाजिक दुरी कायम गरिएको उनले बताए ।
जयन कुमार मोक्तानको छायांकन रहेको फिल्ममा कथा र सम्पादन निर्देशक राजोपाध्यायकै रहेको छ । फिल्मलाई नेपाली, तामांग र नेवारी गरि ३ भाषामा फरक फरक युट्युब च्यानलबाट ...
अमेरिका - विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ दोस्रो बनेका छन्। उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन्।
नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो।
पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए। दिवेश सामसँग पछि परेका हुन्।
गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो। उनी सन् २०१४ मा उच्च शिक्षा अध्ययनका ...
काठमाडौं - नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् ।
उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ ।
टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाए ।
अमेरिकामा ‘मदर्स डे’ मनाइँदै छ । यसै सन्दर्भमा टप फाइभका लागि प्रस्तुतिपछि अर्को ...
बलिउड अभिनेता इरफान खानको निधन भएको छ।
५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।
उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्।
जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।
खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ ...
चलचित्र निर्देशक जितेन्द्र राजोपाध्यायको निर्देशनमा ‘विदेश जाने मायालु’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । कुमार लामा योञ्जनको संगीत तथा स्वर रहेको गीतको शब्द प्रकाश तामांगले लेखेका हुन्
कुमार लामा योञ्जन र आरिया बस्नेतको अभिनय रहेको भिडियोको छायांकन तथा सम्पादन निर्देशक राजोपाध्यायले नै गरेका हुन् । भिडियोको छायांकन स्वयम्भु र सिन्धुलीको खुर्कोटमा गरिएको हो ।
...पोखरा - बिकास गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र 'फिच्यो' अर्थात 'कान्छी छोरी'को पोखरामा 'ग्र्याण्ड ओपनिङ्ग' भएको छ । पोखराको बाराही चलचित्र मन्दिरमा गरिएको 'ओपनिङ्ग सो' मा दर्शकले खचाखच हल भरिएको थियो ।
रेड ओसियन ईन्टरटेन्मेन्टले निर्माण गरेको गुरुङ समुदाय भित्रको कथा बोकेको चलचित्रलाइ निर्देशक स्वयंले लेखेका हुन् । पोखराबाट चलचित्रको प्रदर्शनी थालेको युनिटले क्रमसः देश तथा बिदेशमा गर्दै जानेछ ।
गुरुङ समुदायको रितिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको चलचित्रलाई नेपाल र विश्व भरि छरिएर रहेका नेपाली समुदाय बिच क्रमशः प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रको मुख्य ...
काठमाडौँ - बिकास घले गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र ''फिच्यो'' अर्थात ''कान्छी छोरी'' को ट्रेलर सार्वजनिक भएको छ । रेड ओसियन ईन्टरटेन्मेन्टले निर्माण गरेको गुरुङ समुदाय भित्रको कथा बोकेको चलचित्रको ट्रेलर युट्युबमा सार्वजनिक भएको हो ।
चलचित्रको मुख्य भूमिकामा विश्वास गुरूङ, ईन्द्र घले(काशी)का अलावा टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ , पेम्बा छिरिड० सेर्पा, सिर्जना गुरुङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
युनिटले चलचित्रको प्रदर्शनी पोखराबाट थालनी गर्दैछ । ''फिच्यो''को पहिलो प्रिमियर सो यहि चैत्र १ गते ...
दामोदर पौडेल, काठमाडौँ - एउटा रंगकर्मीले आफ्नो जीवनमा भोग्ने रहर, अभाव तथा मनोदशालाई समेटेर तयार पारिएको नाटक ‘सेतो कपाल’ शुक्रबारदेखि रातोपुलस्थित शैली थिएटरमा पुनः मञ्चन सुरु गरिएको छ । झन्डै एक दशकअघि रंगकर्मी विजय विष्फोटको लेखन तथा निर्देशनमा नाटकघर गुरुकुलमा सफल रूपमा मञ्चन गरिएको ‘सेतो कपाल’ अहिले पुनः मञ्चन गरिएको हो । नाटकलाई शैली थिएटर र रंग सारथीले संयुक्त रुपमा प्रस्तुत गरेका हुन् ।
यौन मनोविज्ञानले मनमा डेरा जमाएको नाटकको मुख्य पात्र कुमार अग्निलाई आफ्नो फुलेको सेतो कपाल पट्टकै मन पर्दैन । भर्खरका ठिटीहरुले अङ्कल भनेको ...
काठमाडौं - पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका नेपाली युवा दिवेश पोखरेल अमेरिकी सिङगिङ रियालिटी शो ‘अमेरिकी आइडल’ को १८औं सिजनका लागि छनौट भए। आइडलको अडिसन राउण्डमा सहभागी भएका उनले दोस्रो चरणमा छनौट भइसके।
छनौट चरणमा नेपालको काठमाडौंबाट आएको भन्दै २ गीत गाएका उनको प्रस्तुतिबारे जजहरुले जस्तो प्रतिक्रिया देखाए त्यसले अमेरिकी आइडलमा थप अगाडि बढ्नसक्ने देखायो । अर्थर गन उपनाम राखेका उनको प्रस्तुतिपछि जज केटी पेरी, लुका ब्रायन र र लियोनल रिचीले टुइटनै गरेर उनको प्रशंसा गरेका छन्।
तीनै जनाले उनी प्रतिभावान कलाकार भएको भन्दै प्रशंसा मात्रै गरेका ...
एजेन्सी - करिब साढे ४ महिनासम्म चलेको यस चर्चित र विवादास्पद रियालिटी शोको फाइनलमा ६ प्रतियोगी पुगेका थिए। जसमा शुक्लासहित आसिम रियाज, शहनाज गिल, रश्मी देसाई, आरती सिंह र पारस छाबडा थिए।
ग्रान्ड फिनालेमा सबैभन्दा पारस छाबडा बाहिरिएका थिए। उनले १० लाख पुरस्कार लिए। त्यसपछि जनताको मतका आधारमा आरती सिंह, रश्मी देसाई, शहनाज गिल उपाधिको दौडबाट बाहिरिएका थिए।
अन्तिममा सिद्धार्थ शुक्ला र आसिम रियाजबीच प्रतिस्पर्धा भएको थियो। जस मध्ये सिद्धार्थ शुक्लाले जिते बिग बोसको उपाधि जित्न सफल भए ।
गत सेप्टेम्बरमा सुरु भएको बिगबोसको ग्रान्ड फिनाले शनिबार भएको ...
एजेन्सी - दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ यसवर्षको ओस्कारमा उत्कृष्ट फिल्म बन्न सफल भएको छ।
कुनै पनि गैरअंग्रेजी फिल्मले ओस्कारमा उत्कृष्ट फिल्मको पुरस्कार जितेको यो पहिलोपटक हो। २ भिन्न वर्गका २ परिवारको कथामा आधारित यो फिल्मलाई बोङ जुन होले निर्देशन गरेका हुन्। फिल्मका निर्माता क्वाक सिन आइले पुरस्कार लिएपछि भने, ‘म शब्दविहीन भएको छु, हामीले यस्तो हुन्छ भनेर कल्पनासम्म पनि गरेका थिएनौं, यस क्षणलाई म इतिहासकै विशेष अवसरको रुपमा महसुस गरेको छु।’
यस वर्षको ओस्कारमा प्यारासाइटले उत्कृष्ट फिल्मसहित ४ विधा हात पारेको छ। प्यारासाइटका निर्देशक बोङ जुन हो ...
एजेन्सी - सेग अवार्ड कार्यक्रमको ब्याक स्टेजमा जब हलिउड नायक ब्राड पिट र उनको पूर्व श्रीमती जेनिफर अनिस्टनले हात समातेको तस्विर सार्वजनिक भयो मिडिया पिटकी अर्की पूर्व श्रीमती एन्जेलिना जोलीको प्रतिकृयाको खोजीमा लागे । सन् २००५ मा डिभोर्स भएपछि जेनिफर र ब्राड सँगै देखिएका थिएनन्।
जेनिफरसँगको डिभोर्सपछि ब्राडकाे जीवनमा एन्जेलिनाको प्रवेश भयो । तर सन् २०१६ मा एन्जेलिना र ब्राडबीच डिभोर्स प्रकृया अगाडि बढ्यो।
कानुनी रुपमा दुबै छुट्टिइसकेका थिएनन्। तर क्यालोफोर्नियाको कानुन अनुसार यी दुवैले आफू एक्लै रहेको घोषणा गरेर छुट्टाछुट्टै बस्न थालेका थिए ।
एन्जेलिनासँग छुट्टिएको तीन ...
काठमाडौं - निर्देशक समाजमा रक्षा सिंह राणाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। उपाध्यक्षमा राजु अधिकारी र राजेन्द्र उप्रेती, महासचिवमा जनकदीप पराजुली, सचिवमा अरुणकुमार प्रधान निर्वाचित भएका छन्।
कोषाध्यक्षमा समुन्द्र भट्ट, सहकोषाध्यक्षमा हरि सिलवाल र सदस्यमा किशोर भण्डारी निर्विरोध निर्वाचित भएका हुन्। अन्य सदस्यमा भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल, थमन सिंह पुर्जा र सुरेश न्यौपाने निर्वाचित भएका छन्।
...एजेन्सी - जमैकाले यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जितेको छ। जमैकाका लागि टोनी एन सिंले सो उपाधि जितेकी हुन्।
शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा आफ्नो स्थान सुनिश्चित गरेकी हुन्। दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन्।
मिस वर्ल्ड २०१८- भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन्।
नेपालकी मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ ...
काठमाडौं - ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्बुले जितेका छन्। शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्।
अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद, डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर पाएका छन्। गत शुक्रबार राति सम्पन्न सेमीफाइनलबाट ८ जनाको प्रतिष्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनलमा चरणमा प्रवेश गरेका थिए ।
प्रमोद खरेलको टीममा रहेका लिम्बू उपाधि हात पारे। उनको प्रतिस्पर्धामा राजु लामाको ...
बाँके - नेपाल आयल निगममा कार्यरत श्याम गिरी ‘रेडियोप्रेमी वान’ले पहिलो आधुनिक गीति एल्वम बजारमा ल्याएका छन् । ‘हे माया तिमी कहाँ छौं कहाँ’ बोलको गीत पहिलो पटक बजारमा ल्याएका हुन् ।
गीतमा शब्द/रचना श्याम गिरी ‘रेडियोप्रेमी वान’को रहेको छ भने गायक भद्र वलीले आवाज दिएका छन् । नेपालगन्ज–१९ निवासी श्याम गिरीले प्रेमीप्रेमिकाले मायामा पाउने धोका र विछोडपछिको अवस्थालाई गीतमा उतारेका छन् ।
गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई खोजी गरिरहेका हुन्छन् । प्रेमिकालाई झुटो माया नगर्न प्रेमीले आग्रह गरेका छन् । गीतमा ‘तिम्रो बाटो हेर्दाहेर्दै दिन पनि भयो ...
काठमाडौँ - बिकास घले गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र ''फिच्यो'' अर्थात ''कान्छी छोरी'' को दोश्रो गित युट्युबमा सार्वजनिक भएको छ । रेड ओसियन ईन्टरटेन्मेन्टले निर्माण गरिरहेको गुरुङ भाषाको 'माया' बोलको गित हिजो युट्युबमा सार्वजनिक भएको हो ।
गीतले लमजुङको सुन्दर ठाउँ "तमु गाउँ" र पोखराको आसपासको रमणीय तथा मनमोहक दृश्यहरु समेटेको छ । गीतमा चलचित्रको मुख्य भूमिकामा रहेका विश्वास गुरूङ र ईन्द्र घले(काशी)ले रोमान्टिक नृत्य गरेका छन् ।
गीतमा अञ्जना गुरुङ, सुबास गुरुङ र अभिनाश मांगसुमले स्वर भरेका हुन् भने केयर सिङ्ग गुरुङले शब्द रचेका हुन् । गणेश ...
काठमाडौँ - बिकास घले गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र ''फिच्यो'' अर्थात ''कान्छी छोरी'' को अहिले धमाधम भ्वाइस डबिंग चलिरहेको छ । भ्वाइस डबिंगको केहि भाग पोखरामा सकेर अहिले निर्माण टिम काठमाडौँमा गर्दै छ । गुरुङ संस्कार र संस्कृति बोकेको चलचित्र समुन्द्री सतह बाट १७०० मिटर माथि अवस्थित लमजुङको सुन्दर ठाउँ 'क्ल्हो सोथर गाऊँपालिकाको "तमु गाउँ" मा खिचिएको हो ।
रेड ओसियन ईन्टरटेन्मेन्टकाे पहिलो प्रस्तुति रहेको यस फिल्मकाे लेखक पनि स्वयं बिकास घले गुरुङ नै हुन् । यसैगरि चलचित्रको छायांकन: प्रकाश गुरुङ (काश), संगीत: सन्ताेष श्रेष्ठ र गणेश ...
काठमाडौँ - केकी अधिकारीले ‘स्वर’बाट बाट नौ वर्षअघि नेपाली फिल्ममा डेब्यू गरेयता फिल्मबाट सबै कुरा पाइन्। पाइनन् त एउटै हिट। यो वर्षको अवधिमा जति फिल्म गरिन्, केकी मुख्य भूमिकामा रहेका कुनै पनि फिल्मले हिटको ट्याग पाएनन्। तर, ‘छ माया छपक्कै’को व्यापारले केकीको फिल्मोग्राफीमा रहेको यो अभाव पूरा गरिदिएको छ। फिल्मले सुपरहिट भएको छ।
केकी अभिनीत ‘नाइँ नभन्नू ल ५’ले पनि हिटको व्यापार गरेको थियो तर फिल्ममा उनी सहायक भूमिकामा थिइन्। यो फिल्म हिट हुँदा पनि क्रेडिट भने उनको भागमा छैन। फिल्म हेर्नेले केदार घिमिरेको तारिफ गरेका ...
तमुगाउँ, लमजुङ - समुन्द्री सतह बाट १७०० मिटर माथि अवस्थित लमजुङको सुन्दर ठाउँ 'क्ल्हो सोथर गाऊँपालिकाको "तमु गाउँ" मा अहिले गुरुङ संस्कार र संस्कृतिमा आधारित चलचित्र ''फिच्यो'' अर्थात ''कान्छी छोरी'' को धमाधम सुटिङ चलिरहेको छ।
रेड ओसियन ईन्टरटेन्मेन्टकाे पहिलो प्रस्तुति रहेको यस फिल्मकाे लेखक तथा निर्देशक बहुप्रतिभासाली व्यक्तित्व बिकास घले गुरुङ हुन् भने मुख्य सहायक निर्देशक: साेम गुरुङ हुन् । यसैगरि छायांकन: प्रकाश गुरुङ (काश), संगीत: सन्ताेष श्रेष्ठ र गणेश गुरुङ, गितकार डा. धर्म राज उपाध्याय र केर सिङ गुरुङको रहेको छ भने गीतमा स्वर बहुचर्चित ...
काठमाडौँ - 'अस्कर'मा नेपालबाट अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धी बन्न नेपाली कथानक चलचित्र ‘बुलबुल’लाई सिफारिस गरिएको छ । विनोद पौडेलले निर्देशन गरेको चलचित्रलाई समितिको बुधबार बसेको बैठकले सिफारिस गरेको हो । यो सिफारिस सन् २०२० मा घोषणा गरिने ९२औं एकेडेमी अवार्डमा प्रतिष्पर्धी बन्नका लागि हो ।
नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगस्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो । बुलबुलले सन् २०२० को फेब्रुअरी ९ मा अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा हुने ९२औं ...
काठमाडौँ - यसपालिको दशैंमा चलचित्र 'घनचक्कर' रिलिज हुने भएको छ । असोज १७ गते यानेकि फूलपातीको अघिल्लो दिन देशै भरिको हलहलमा सौगातको लिड रहेको चलचित्र एकैसाथ लाग्ने चलचित्र निर्माता हरि भट्ट सुर्यनाथले बताए ।
नायिकामा काश्मिरा लामाको डेब्यु रहेको चलचित्रमा सौगात मल्लको अलावा सलोन बस्नेत, सरोज खनाल, शिशिर भण्डारी, जेवी डिसी, इश्वोरी खड्का, दामोदर पौडेल, आशान्त शर्मा, कृष्णभक्त महर्जन, जनक घर्ति मगर, प्रवन भुसाल, ममता प्रधान लगायतले अभिनय गरेका छन् ।
जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको चलचित्रमा बिनोद खतिवडाको मुख्य सहायक निर्देशन, शान्ति तामांग र भरत रौनियारको सहायक ...
काठमाडौँ - यसपालिको दशैंमा चलचित्र 'घनचक्कर' रिलिज हुने भएको छ । असोज १७ गते यानेकि फूलपातीको अघिल्लो दिन देशै भरिको हलहलमा सौगातको लिड रहेको चलचित्र एकैसाथ लाग्ने चलचित्र निर्माता हरि भट्ट सुर्यनाथले बताए ।
नायिकामा काश्मिरा लामाको डेब्यु रहेको चलचित्रमा सौगात मल्लको अलावा सलोन बस्नेत, सरोज खनाल, शिशिर भण्डारी, जेवी डिसी, इश्वोरी खड्का, दामोदर पौडेल, आशान्त शर्मा, कृष्णभक्त महर्जन, जनक घर्ति मगर, प्रवन भुसाल, ममता प्रधान लगायतले अभिनय गरेका छन् ।
जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको चलचित्रमा बिनोद खतिवडाको मुख्य सहायक निर्देशन, शान्ति तामांग र भरत रौनियारको सहायक ...
काठमाडौँ - मौसम लिम्बुको निर्देशनमा तयार भैरहेको चलचित्र 'घरजम’को टिजर हङकङबाट सार्वजनिक गरिएको छ । निर्मातात्रय किशोर पंधाक, सिता पंधाक र इत्छिब्सा तुम्बापो पंधाक, निर्देशक मौसम इम्बुङ, कलाकार हेमराज अन्छङब्बोको उपस्थितिमा जानकारी सभामार्फत चलचित्रको टिजर सार्वजानिक गरिएको हो ।
जानकारी सभामा चलचित्रबारे निर्देशक मौसम इम्बुङले हङकङबाटै सोच बढेको, लगानी पनि हङकङ बाटै भएको 'घरजम'लाई हङकङ बाटै टिजर र पोष्टर सार्वजानिक गर्न पाउनु खुशीको कुरो भएको बताए । निर्माता किशोर पंधाकले नेपाली समाजको सामाजिक, सांस्कृतिक पक्षलाई समेटर चलचित्र बनाइएको जनाए । पुर्वी नेपालको जनजीवन समेटेर नयाँ चलचित्र निर्माण ...
काठमाडौं- सरकारले अब म्यूजिक भिडियो र विज्ञापनको पनि सेन्सर गर्ने भएको छ। सरकारले ‘चलचित्र ऐन, २०७६’को मस्यौदामा म्यूजिक भिडियो (सांगितिक चलचित्र) र विज्ञापन चलचित्रलाई चलचित्र जाँच समिति अन्तर्गत सेन्सर गर्ने व्यवस्था गरेको छ।
संघीय संसदमा पेस हुने तयारीमा रहेको ‘चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक’मा चलचित्रको परिभाषा व्यापक बनाइएको छ।
चलचित्र विकास बोर्डको सहयोगमा तयार गरेको बिधेयकमा कथानक चलचित्रका साथै वृत्तचित्र, कार्टुन चलचित्र, एनिमेसन चलचित्र, टेलि-चलचित्र, चलचित्र नाटक, विज्ञापन चलचित्र र सांगितिक भिडियोलाई पनि चलचित्र सम्झिनुपर्ने परिभाषा गरिएको छ।
सेन्सर भने जाँच समिति (सेन्सर बोर्ड)को अध्यक्षले ...
मुम्बइ - बलिउड अभिनेत्री रानी मुखर्जी पछिल्लो साता आफ्नो महंगो टिसर्टका कारण सामाजिक सञ्जालमा चर्चित भएकी छन् ।
सामान्य टिसर्ट, पाइजामा र जुत्ता पहिरिएर एयरपोर्टमा झुल्किएकी रानीको उक्त पहिरनको तस्बिर समेत भाइरल बनाइएको छ । अनौठो त के भने, उनले लगाएको गुस्सी कम्पनीको टिसर्टको मुल्य ४५ हजार थियो ।
उनको शरीरमा देखिएका टिसर्ट, पाइजामा, जुत्तासहित सबै पहिरनको जम्मा मुल्य भने ४ लाख रहेको बताइएको छ । यही कारण उनको चर्चा भएको हो ।
यतिसम्म कि, टिसर्टको मात्रै मुल्य ४४ हजार ७ सय २३ परेको बताइन्छ । पाइजामाको झण्डै ...
काठमाडौँ - यस वर्षको सार्क फिल्म फेस्टिभलमा गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ ले अवार्ड जितेको छ । श्रीलंकामा आयोजित फेस्टिभलमा विनोद पौडेल निर्देशित यो फिल्मले पुरस्कार जितेको हो । फिल्मकी अभिनेत्री स्वस्तिमा खड्काले फेस्टिभलमा ‘बेस्ट पफर्मर जुरी अवार्ड– २०१९’ जितेकी हुन् । स्वस्तिमाले प्राप्त गरेको यो पहिलो पुरस्कार हो । उनले फेसबुकमा ‘सार्क फिल्म फेस्टिभल’ मा जितेको अवार्ड ‘बुलबुल’ टिमलाई समर्पित गर्न चाहेको उल्लेख गरेकी छन् । जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेस्टिभलमा सहभागी हुन उनी श्रीलंका पुगेकी थिइन् । फेस्टिभलमा ...
काठमाडौं - प्रभात यादवको स्वरमा सजिएको ‘क्या क्या’ बोलको हिन्दी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 'लाल्टिन' फिल्मका निर्माता भानु प्रताप र अमर रसाईलीले उक्त गीतलाई निर्माण गरेका हुन् ।
हाइलाइट्स नेपालमार्फत रिलिज गरिएको म्युजिक भिडियोमा पुकार गौतम, रोजी पन्त, दिपा श्रेष्ठ, सन्दिप जो चिशोलम रायको अभिनय रहेको छ । गीतमा अभिनय गर्नेमा सबै नेपाली कलाकारहरु नै छन् भने भिडियोको सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको हो ।
एमसन इन्टरटेनमेन्ट तथा अरबिट अस्ट्रेलिया ग्रुपको संयुक्त प्रस्तुतीमा रहेको उक्त म्युजिक भिडियोको अवधारणा भानुप्रताप ढकालले नै गरेका हुन् । राह ...
दोलखा - दोलखाको लाकुरीडाँडास्थित अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्मसिटी)को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ।
सिमेका विम जेभीले करिब एक करोडको लागतमा भीमेश्वर नगरपालिका-९ स्थित लाकुरीडाँडाको डाँङडुङेमा बनाउने फिल्मसिटीको डीपीआर तयार भएको हो। तीन हजार चार सय मिटरको उचाईमा अवस्थित डाङ्डुङेडाँडामा ७६ दशमलव २५ हेक्टर क्षेत्रफलमा फिल्मसिटी निर्माण गर्न चलचित्र विकास बोर्डले डीपीआर तयार गर्न लगाएको थियो।
पहिलो चरणमा करिब पाँच अर्ब खर्चमा फिल्मसिटी सञ्चालन नै गर्न सकिने सिमेका विम जेभीका आर्किटेक्ट आभूषण पन्तले जानकारी दिए। फिल्मको चाप र संख्याअनुसारको संरचना थप्दै जाने हो भने अन्तिमसम्म करिब ...
काठमाडौँ - पछिल्लो समय लगातर गीतहरु ल्याईरहेका गायक मेक्सम खातीको नयाँ गीत ‘तिम्रो पिरैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बरिस्ठ सर्जक रमेश बि जीको रचना र नरेश खातीको संगीत रहेको गीत ”रुमाल धोको छु” एल्बममा समाबेश छ । चर्चित मोडेल सगुन शाही र नरेश खाती अभिनित गीतको भिडियोमा अजय रेग्मीको क्यामेरा र बिनोद बामको निर्देशन एबम सम्पादन रहेको छ ।
निर्देशक बाम पछिल्लो समय बिशेष गरी आधुनिक र लोकगीत म्युजिक भिडियोको निर्देशनमा ब्यस्त रहेका छन् । ‘तिम्रो पिरैमा’लाइ बिन्दाबासिनी म्युजिकले बजारमा ल्याएको हो ।
काठमाडौं - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म एकेडेमी (आईफा) का लागि नेपाल सरकारले कुनै रकम विनियोजन नगरेको दाबी गरेका छन्। आईफा नेपालमा आयोजना गर्न मन्त्रिपरिषद् बैठकले ४४ करोड रुपैयाँ विनियोजन गरेको खबर सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भएको थियो।
यो विरोधपछि मन्त्री बाँस्कोटाले पहिलोपटक मुख खोलेका हुन्।
चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले भने, ‘एक अर्ब दिने कुरा कहीँ कतै उल्लेख गरेको छैन। आईफा अवार्ड काठमाडौंमा गर्ने स्वीकृति मात्र दिइएको हो।’ तर कुनै ...
काठमाडौँ - चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले आउँदो साउनबाट मुलुकभरका सिनेमा हलमा बक्स अफिस प्रणाली लागू गर्ने बताए। कार्यक्रममा विभिन्न चलचित्रकर्मीलाई सम्मान गर्दै मन्त्री बाँस्कोटाले टेलिभिजनमा क्लिन फिल्ड लागू गर्ने, चलचित्र छायांकनका लागि सुविधा सम्पन्न इन्डोर सुटिङ स्टुडियो निर्माण गर्ने, नेपालमा एक सय ८० दिन सिनेमा हलमा अनिवार्य नेपाली चलचित्र प्रदर्शन नियम लागू गर्ने जस्ता प्रतिबद्धता व्यक्त गरे।
बाँस्कोटाले नेपाल चलचित्र विकास कम्पनी लिमिटेड बालाजुलाई दिइएको जग्गाको विषय कोट्याउँदै भने, ‘चलचित्र विकास कम्पनीको नाममा रहेको २७ रोपनी जग्गा खानेलाई पानीमुनि ...
काठमाडौँ - नेपाल पर्यटन बोर्डले सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०१९(आइफा) गर्ने योजना बनाएको छ । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन । बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र काइन्ड (वस्तु) गरी दुई तवरले सहयोग गर्नेछ । क्यासअन्तर्गत नेपालले ४ मिलियन डलर(४४करोड रुपैयाँ) खर्च गर्ने छ । काइण्ड सपोर्ट अन्तरगत भने होटल व्यवस्थापन, जहाज आतेजाते खर्च र स्थानीय यातायात खर्च भनिएको छ ।
क्यास अन्तरगतको ४४ करोड रुपैयाँ काठमाडौं महानगरपालिका र पर्यटन बोर्ड ...
काठमाडौं - अनिल खनालको शब्द र लय रहेको 'फर्केर आइदेउन निरमाया तिम्रै छ यो ज्यानलाइ पिरमाया’ बोलको गित सार्बजनिक गरिएको छ । रामचन्द्र चन्दले स्वर भरेको गीतलाइ शैली कृयसनले बजारमा ल्याएको हो ।
हुम गैरेले निर्देशनमा बनेको भिडियोमा कृष्ण जंग हमाल र बर्षा कुँवरको अभिनय रहेको छ । भिडियोलाई बसन्त महर्जनले खिचेका हुन भने सम्पादन निर्देशक गैरे आफैले गरेका हुन् ।
भिडियोमा एक युवाले आफ्नी प्रेमिकालाई आफ्नो जीवनमा फेरी फर्केर आउन आग्रह गर्दै उनि संग बिताएका पलहरुको स्मरण गरेका छन् ।
(भिडियो सहित)
...
सुर्खेत - सामाजिक कुरीतिलाई मुख्य विषय बनाइ निर्माण गरिएको चलचित्र ‘अधुरो’ निर्माण गरिएको छ । एक दर्जन बढी सुर्खेती युवाको प्रयासमा बनेको उक्त चलचित्रले सामाजिक कुरीतिले समाज विकासमा पारेको प्रभावलाई देखाइएको छ । पुस्ता मिडिया प्रालिको ब्यानरमा यो चलचित्रको गीत तथा ‘ट्रिजर’ को वरिष्ठ कलाकार प्रेमदेव गिरी र नृत्य निर्देशक कुलमान नेपालीले संयुक्तरूपमा सार्वजनिक गरे ।
कार्यक्रममा कलाकार गिरीले नेपालको चलचित्र इतिहासबारे बताउादै नयाँ पुस्ताले सन्देशमूलक चलचित्र निर्माण गरेर राम्रो काम गरेको बताए । उनले भने, ‘नेपाली सामाजिक जनजीवनमा आधारित कथावस्तुले भरिपूर्ण चलचित्र ‘अधुरो’ बाट समाजमा ...
गोपालचन्द्र राई - टिकटकमा हिट पूजाले नयाँ म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । नयाँ म्यूजिक भिडियोमा टिकटकमा हिट पुजा भुजेल र किशोर भुजेलको जोडी देख्न सकिनेछ । उनीहरुको यात्रा टिकटकबाट शुरु भएको हो ।
'विझाएछु तिम्रो आँखामा' बोलको गीतमा सुलोचना राईले स्वर भरेकी छिन् भने विजय राईले निर्देशन गरेका छन् । गोतो सेन्टरको उत्पादनमा निर्माण भएको म्यूजिक भिडियोको छायाँङ्कन दीप सागरले गरेका हुन् भने भिडियोमा रेजिना चाम्लिङ, नानुकला राई र प्रगोलचन्द्र राईले अन्य कलाकारको भूमिका निर्वाह गरेका छन् ।
(हेर्नुहोस भिडियो)
...काठमाडौं - भारतीय टेलिभिजन च्यानल जीटीभीको सारेगामा लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य फाइनलमा प्रवेश गरेका छन्।
आइतबार प्रसारण भएको शृंखलामा आयुषले उत्कृष्ट प्रस्तुति दिएका थिए। आयुषले तुम मिले बोलको गीत गाएका थिए। उनको गायकीबाट लिटल च्याम्सका निर्णायक र जुरी निकै प्रभावित भएका थिए। उनको प्रस्तुतिपछि निर्णायकले स्टेजमा पुगेर उनलाई सम्मान गरेका थिए। इटहरीका ११ वर्षीय बालगायक प्रितमले जब लुट गए बोलको गीत गाए तब पूरै माहोल स्तब्ध भएको थियो।
अब उनले लिटल च्याम्सको फाइनलमा भिड्ने भएका छन्। प्रितम ...
नेपाली सांगीतिक बजारमा पछिल्लो समयमा गीतहरुको लहर निकै बढी रहेको बेला फरक धारको गीत बजारमा आएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.ली.बाट बजारमा आएको गीत 'आँसु झारी झारी' मा नवराज दाहालको शब्द, संगीत रहेको छ भने देवी घर्ती मगर र नवराज दाहालको स्वर रहेको छ ।
गीतलाई सोन्दर्यता थप्नको लागि सविन गौतमले मेहेनतका साथ निर्देशन गरेका छन् भने सागर गौतमको छायांकन रहेको म्यूजिक भिडियोलाई बिनोद बमले सम्पादन गरेका छन् ।
यस गीतमा सविन गौतम र प्रन्शा दाहालको जीवन्त अभिनय देख्न सकिन्छ ।
भिडियो ।
साकेलाको अवसरमा 'भयो झमेला' सार्वजानिक भएको छ । किरात राईहरुको पूर्खा तोरेम्पालाई भयो झमेला मार्फत युटुव च्यानलमा उतारीदै आएकोमा आज तेश्रो भाग आज सार्वजानिक गरिएको हो । विजय राईले निर्देशन तथा गोतो सेन्टरको ब्यानरमा निर्माण गरिएको हास्यव्यङ्य वेब सिरिजलाई गोपालचन्द्र राईले निर्माण गरेका हुन् ।
जाँड खादाँ खादै मरेका किरातहरुको पूर्खा तोरेम्पा राई समुदायको चुला र माछाकुवामा बस्ने गरेको राईहरुले विश्वास गर्दछन् । यीनै विषयलाई समेटी विदेशिएको श्रीमानको कथालाई स्क्रिनमा उतारिएको छ ।
(हेर्नुहोस भिडियो)
...अनिल खनालको लय तथा शब्दमा रहेको नयाँ पन्चे बाजा गित 'मायाले बोले हुन्थ्यो केरे' युट्युबमा सार्बजनिक भएको छ । देवि घर्ति र तेजु परियारको स्वरमा रहेको गीतमा अनिल खनाल, रुषा तामाङका अलावा रमेश थापा, सरु गिरी लगायतले अभिनय गरेका छन् ।
मौसम हिमालीले निर्देशन गरेको गीतको भिडियोलाई करन चैसिरले खिचेका हुन् भने हुन् । आशिष अभिरलले म्युजिक एरेन्ज गरेको गीतलाई एच वि एन किस्मतले अडियो रेकर्डिङ्ग तथा मिक्सिंग गरेका हुन् ।
मनोज कार्कीले सम्पादन गरेको गितको म्युजिक भिडियोलाई रागा रेकर्ड्सले प्रस्तुत गरेको हो।
दामोदर पौडेल/काठमाडौँ - अघिल्लो हप्ता लोकदोहोरी जगतकी 'भेटेरान' बिष्णु माझीको “साह्रै मन अत्याउने” बोलको गित सार्वजनिक भयो । पछिल्लो समयमा उनले गाएका हरेक गीतहरु हिट छन् । माझीका 'सालको पात टपरी हुने', पिडालु, 'कहाँ गयो जुरेली' जस्ता कयौं गीतका युट्युबमा करोड माथि भ्युज छन् । 'सालको पात टपरी हुने' बोलको गीतको त कुरा गरेर साध्यै छैन । झन्डै ७ महिना पहिले निस्किएको गितको चर्चा अझै उत्तिकै छ ।
आफ्नो गित हिट हुने भएकै कारण लोकदोहोरी जगतमा 'फिमेल भ्वाइस' का लागि माझीलाई लिन निर्माताहरुको प्रतिष्पर्धा नै चलेको ...
काठमाडौँ - अभिनेता तथा मोडल नरेन खड्का र अनु शाह अभिनित 'रसिलो' गित सार्वजनिक भएको छ । रामकृष्ण श्रेष्ठ र जेनी खालिङको स्वर रहेको गीतमा दीपक शर्माले सङ्गीत भरेका हुन् ।
समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा सुरेन बसेलले नृत्य निर्देशन गरेका हुन् । निरोज श्रेष्ठले खिचेको गीतको भिडियोलाई ओएस आर डिजिटलले सार्वजनिक गरेको हो । डि.बि परीश्रमीले लेखेको गीतलाई रेस्क्यु कृएसन्सले प्रस्तुत गरेको हो ।
गीतमा नरेनले अनुलाई फकाएको देख्न सकिन्छ भने भित्र भित्रै मन पराउने अनुले घुर्की लगाएको देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो
काठमाडौँ - लोकप्रिय गायिका बिष्णु माझीको अर्को धमाकेदार गित “साह्रै मन अत्याउने” सार्वजनिक भएको छ । 'सालको पात टपरी हुने', पिडालु, 'कहाँ गयो जुरेली' जस्ता दर्जनौं एक पछि अर्को लगातार सुपर हिट गित दिएकी माझीलाई गीतमा बिक्रम मल्लले साथ दिएका छन् ।
गायक मल्ल विगत १५ वर्ष देखि गायन तथा संगीतको दुनियाँमा सक्रिय छन् । माझिसंग गाएका मल्लले गीतलाई मजाले आफुमा ढाली उत्कृष्ट 'गायकी' पस्किएका छन् । उनले गितलाई यो लेबलमा गाउन निकै मेहेनत गरेको बताए । यस लगत्तै आफ्नो अरु गित पनि बजारमा ल्याउने तयारी ...
एजेन्सी - चर्चित वेव सिरिज ‘गेम अफ थ्रोन’ मा सान्सा स्टार्कका रुपमा चर्चित अभिनेत्री सोफी टर्नर र गायक जो जोनसले अमेरिकाको लस भेगासमा सुटुक्क विवाह गरेका छन् ।
डिजे डिप्लोले उनको इन्स्टाग्राम एकाउन्टको स्टोरीमा सोफी र जो जोनस निजीले एक समारोहमा विवाह गरिरहेको भिडियो पोष्ट गरेका छन् । उक्त भिडियो सार्वजनिक भएसँगै सोफी र जोका फ्यानहरु चकित परेका छन् ।
भिडियोमा सोफी टर्नर सेतो रंगको दुलही पहिरनमा सजिएकी छिन् भने जो जोनस दुलाहाको फर्मल शुटमा सजिएका छन् । भिडियोमा यी दुईलाई निजी समारोहमा केही सीमित ...
काठमाडौँ - आरोशी खड्काको स्वरमा 'चरी झैं' बोलको रोमान्टिक गित युट्युबमा सार्वजनिक भएको छ । देव कोइमीको संगीत रहेको गीतलाई भर्ती मोक्तानले कोरियोग्राफी गरेका हुन् । गीतको शव्द दुर्गा कार्कीले लेखेका हुन् भने एरेन्ज बिक्रम कार्कीले गरेका हुन् । नियोन लामाले खिचेको गीतलाई नियोन क्रिएसन स्टुडियोजले तयार गरेको हो ।
गीतमा एउटा चेलीको राष्ट्रप्रतिको प्रेम एवं भक्तिभाव संगै नेपाली जीवन शैली प्रतिको स्नेह प्रस्तुत गरिएको छ । देशको झण्डा, हिमाल, लालिगुराँस जस्ता राष्ट्रिय चिनारी प्रति गर्व गर्दै पहेलै फुलेको तोरी बारी, पाखा पखेरा र गाउँले जनजिविकालाई ...
चर्चित नृत्य तथा म्युजिक भिडियो निर्दैशक बिकास घले गुरुङ चर्चित निर्देशक मात्र हैनन् तेक्वान्डोका ब्ल्याक बेल्ड-पाँचौ डन, अन्तराष्ट्रिय मेडलिष्ट तथा नेस्नल रेफ्रि समेत हुन् । नेपाली रङमञ्चमा मञ्चन गरिएका दर्जनौ नाटकहरुमा समेत बिभिन्न रुपमा प्रस्तुत भई लामो अनुभव बटुलेका गुरुङको नाम Ramp Modeling को Direction मा पनि उत्तिकै कहलिएको छ । Filmmakng, 3DAnimation, Classical Dance, Video Editing जस्ता बिधामा समेत Diploma हासिलगरि Script Writing, lyrics Writing जस्ता विधामा समेत दक्षता देखाई सकेका गुरुङ बिभिन्न संस्था मार्फत समाज सेवामा समेत आबद्ध छन् ।
लाल-समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरष्कार ...
काठमाडौँ - चर्चित लोकदोहोरी गायिका बिष्णु माझीको नयाँ गित 'आँशु हरण' युट्युबमा सार्बजनिक भएको छ । गीतमा माझीलाई दिपक कुमालले साथ दिएका छन् । गीतमा बासुदेव पोखरेलको शब्द तथा सुरेश रमण अधिकारीको लय रहेको छ ।
आशिष प्रताप जंग र सुष्मा सापकोटाको अभिनय रहेको गीतलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् भने सुरेश श्रेष्ठले छायांकन गरेका हुन् ।
हेर्नुहोस भिडियो
...
काठमाडौँ - चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा केशव भट्टराई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्डको अध्यक्ष पद निकिता पौडेलले राजिनामा दिएपछि रिक्त थियो । कलाकार तथा चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका भट्टराईले मन्त्रालयले पत्र लेखेपछि हाजिरी गर्न सुरु गर्ने कार्यसम्पादन सम्हाल्ने छन् । ‘मन्त्रालयले जानकारी गराएपछिदेखि बोर्डमा मेरो हाजिरी हुनेछ, त्यसपछि काम सम्हाल्छु,’ उनले भने, ‘शुक्रबारदेखि कार्यालय जाने सम्भावना पनि छ ।’
आफ्नो कार्यकाल भरी चलचित्र उद्योगको विकासमा लागि पर्ने र केही दिनमै आफ्ना महत्वपूर्ण भावी ...
काठमाडौँ - गायक शिव परियारको स्वरमा सजिएको 'घाम चर्के पनि' बोलको गितको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गीतको भिडियोलाई फिल्म निर्देशक समेत रहेका जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका छन् ।
कडरिया इन्टरटेनमेन्टले सार्वजनिक गरेको उक्त गीतको शब्द लेखन तथा संगीत भर्ने काम रमेश कडरियाले गरेका छन् । टिका देवी कडरिया र रमेश कडरियाको अभिनय रहेको गीतको भिडियोलाई निरन्जन कार्कीले खिचेका हुन् भने एरेन्ज आशिष अविरल, ग्राफिक्स बिष्णुहरि तिमल्सिना, मिक्सिंग/मास्टरिङ्ग मित्र लामा, मेक अप आर्टिस्टमा सन्ध्या र ममताले गरेका हुन् ।
हेर्नुहोस भिडियो
...काठमाडौँ - गोतो सेन्टरको व्यानरमा बनेको हाँस्य वेबसिरिज 'भयो झमेला' युट्युब च्यानलमा रिलिज भएको छ । किरातीहरुको पूर्खा अधिक जाँड खाने र मदिरापानमा बढी लोभ गर्ने किमदन्ती रहेको छ । सोही विषयलाई कलाकार तोरेम्पाले चरित्रमा उतारेका छन् ।
युट्युब च्यानल गोतो सेन्टरमा हरेक महिनाको १५/१५ दिनमा नयाँ भाग प्रशारण हुने उक्त श्रृङ्खलाको पहिलो भाग आज गोतो सेन्टर च्यानलले प्रशारण गरेको हो । गोतो सेन्टरले निर्माण गरिरहेको उक्त हाँस्य वेबश्रृङ्खलालाई विजय राईले निर्देशन गरेका छन् । यस सिरियलमा तोरेम्पा हाङ, प्रविण शाही, कृष्ण विष्ट, प्रतिभा राई लगायतको ...
काठमाडौँ - सिमन कोनाजु अहिले जम्मा 'छ' वर्षकी भइन । यी 'छ' वर्षीय नानिले आफ्नो बाबाको लागि यति मिठो गित गाएकी छन् कि सुनेर जो कोहिको मन आनन्दले फुल्नेछ । अझ यस्तै साना नानीहरुको बाबाको छाती त गर्वले फुल्नेछ ।
सिमनको स्वरमा गीतको शव्द तथा म्युजिक एकदमै लयबद्ध छ । भिडियोमा उनि परि जस्तै बनेर मज्जाले खुलेर गाएकी छन् । भिडियोमा हेर्दा गीतमा उनिएका शव्द र साइमनको स्वर र सालिन प्रस्तुति देखेर जोकोहीको आँखा र कान एकटक अडिनछन्। सुनेपछि जो कोहीलाई लाग्नेछ कि यो गित छोरीले बाबालाई ...
बाँके - रेडियो श्रोता बीच चिर परिचित नाम हो "श्याम गिरी" उनलाई धेरैले रेडियोप्रेमी १ भनेर चिन्छन् । नेपाल आयल निगम इन्धन डिपो नेपालगंजका कर्मचारी समेत रहेका ४८ बर्षिय गिरी अत्यन्तै शालीन र मृदुभाषी रहेको उनका सहकर्मी साथी संजय पछाई बताउछन ।
रेडियोका सबैजसो फोन सम्वाद कार्यक्रममा उनले सम्वाद गर्न भ्याएकै हुन्छन् । उनी आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्छन् । साथीभाईहरुसँग सहजै निकटता बनाउन सक्ने उनको खुबी हो । उनी नयाँ साथीहरुसँग छिट्टै नजिक बन्छन् र सक्ने सहयोग गर्न तयार हुन्छन् । ...
काठमाडौं - गायक तथा सँगीतकार तोरेम्पा हाङले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । गीतकार गोपालचन्द्र राईको शब्दमा ‘प्रियतमा…’ बोल रहेको गीतलाई हालै गोपालचन्द्र राईकै युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।उक्त रोमान्टिक पप गीतलाई गायक तोरेम्पाले स्वयम सँगीत भरेका छन् । कुमार सिन्जाली मगरको एरेन्ज रहेको गीतलाई भर्जिन भ्वाईस नक्सालमा रेकर्डिङ गरिएको हो । गीतको भिडियोमा गायक तोरेम्पाले स्वयम आफै स्टुडियो फिचरिङ गरेका छन् । मिन बिष्टको मिक्सिङ रहेको गीतको भिडियोलाई दिपेश राईले सम्पादन गरेका हुन् । भने उक्त भिडियोलाई प्रकाश चाम्लिङले खिचेका हुन् ।
एकदशक ...
काठमाडौँ - केही वर्षदेखि प्रेमसम्बन्धमा रहेका नायिका बर्षा राउत र नायक सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । यही फागुन २ गते (प्रणय दिवस, फेब्रुअरी १४) बिहे गर्ने निधो गरेका उनीहरुबीच सोमबार साँझ एक कार्यक्रमबीच इनगेजमेन्ट भएको हो ।
दुवैतर्फका परिवारका सदस्यहरुबीच उनीहरुले बिहेको टुंगो गर्दै औँठी साटेका हुन् । बर्षासँग इन्गेजमेन्ट भएको जानकारी सन्जोगले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।
उनले इन्गेजमेन्टका तस्बिर फेसबुकमा पोस्ट गरेर सबैका कथा सुन्दर हुने बाउँदै तर आफ्ना लागि आफूहरुकै विशेष लाग्ने बताएका छन् ।
...
काठमाडौँ - गायक देव कोइमिको स्वरले सजिएको “हेलो" बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । गीतमा अभिनेता तथा मोडल जे बि डि सीले अभिनय गरेका छन् । त्यस्तै, उनलाई मोडल लक्ष्मी बस्नेतले साथ् दिएकी छन् ।
म्युजिक भिडियोको निर्देशन फिल्म निर्देशक समेत रहेका जितेन्द्र राज उपाध्यायले गरेका छन् । गीतमा शब्द तथा संगीत देव कोइमिकै रहेको छ । गितको संगीत संयोजन जेम्स प्रधानले गरेका हुन् भने राजेन्द्र डंगोलले खिचेका हुन् । फिल्म प्रोडक्सन हाउस 'भट्ट एण्ड सन्स'ले निर्माण गरेको गीतको प्रोडक्सन कन्ट्रोल बिमल धमलाले गरेका हुन् ...
काठमाडौँ - फराकिलो कोठामा नाटक चलिरहेको छ । युवा दर्शकमाझ व्याप्त गहिरो सन्नाटाबीच हातमा फाइल बोकेर नाटक हेरिरहेका अधबैँसे टाढैबाट चिनिन्छन् । झरी थामिएपछिको बिहानजस्तै उनका आँखा सुग्घर र तृप्त देखिन्छन् । गर्दनमा चुल्ठो झारेका उनी नाटकका एकएक पात्रमा आफ्नो गहिरो दृष्टि लगाउँछन् । दृश्य वृद्धाश्रमको छ । नाटकमा वृद्धवृद्धा आ–आफ्नै ढंगले संवाद गरिरहेका छन् । हातमा फाइल बोकेका व्यक्ति बीचबीचमा केही टिपिरहन्छन् । नाटक सकिन्छ । कलाकार आफ्ना कपडा बदल्छन् ।
‘तिमी गइनौ ?’, फाइल बोक्ने व्यक्ति एक युवतीलाई प्रश्न गर्छन् । युवती पुगेर फर्केको जवाफ फर्काउँछिन् । दृश्य रंगकर्मी सुनील पोखरेलको अनामनगरस्थित ‘ज्ञ’ नाटकघरको हो । ...
काठमाडौं - एपीवान एचडी टेलिभिजनबाट प्रशारण भइरहेको पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले उचालेका छन्। ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले हात पारेका हुन्।
एक्रेटिभ मिडियाको आयोजनामा सम्पन्न सो कार्यक्रमको मुख्य प्रायोजकको रुपमा प्रान लिची ड्रिन्क रहेको थियो। अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११०० युवाका माझबाट छनोटमा पर्न सफल ६ जनाले सशक्त प्रस्तुति दिएका थिए।
मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रज्वल विक्रम विष्ट, धरानका रमेश प्रसाईं, ...
काठमाडौं - एपीवान एचडी टेलिभिजनबाट प्रशारण भइरहेको पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले उचालेका छन्। ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले हात पारेका हुन्।
एक्रेटिभ मिडियाको आयोजनामा सम्पन्न सो कार्यक्रमको मुख्य प्रायोजकको रुपमा प्रान लिची ड्रिन्क रहेको थियो। अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११०० युवाका माझबाट छनोटमा पर्न सफल ६ जनाले सशक्त प्रस्तुति दिएका थिए।
मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रज्वल विक्रम विष्ट, धरानका रमेश प्रसाईं, ...
लस एन्जलस - संसारकै फिल्मकर्मीका लागि प्रतिष्ठित मानिने ओस्कारको ९१ औं एकेडेमिक अवार्डको लागि उत्कृष्ट प्रतिष्पर्धी छनोट भएका छन् ।
अवार्डका लागि उत्कृष्ट प्रतिष्पर्धी फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, स्क्रिनप्ले, सिनेमाटोग्राफी लगायत फिल्म तथा कलाकारहरुको नाम आज घोषणा भएको हो । फेब्रुअरी २४ को दिन आइतबार साँझ ८ बजे विजेताहरुको नाम घोषणा गरिने बताइएको छ ।
उत्कृष्ट फिल्म
ब्ल्याक क्ल्यान्सम्यान
ब्ल्याक प्यान्थर
बोहेमियन र्याप्सोडी
द फेबराइट
ग्रीन बुक
रोमा
अ स्टार इज बर्न
भाईस
उत्कृष्ट निर्देशक
अल्फोन्सो क्वारोन (रोमा)
स्पाइक ली ( ब्ल्याक क्लान्सम्यान)
एडम म्याक्की (भाईस)
पावेल पलिकोक्सी ...
काठमाडौँ - वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । मुनालको उपचारका क्रममा सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ उनको निधन भएको पुष्टि कलाकार निर्मल शर्माले गरेका छन् ।
मुनालको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलिका लागि राखिएको छ । माहांकालका स्थायी बासिन्दा मुनालको सोमबारै अन्तिम संस्कार गरिने कलाकार शर्माले पत्रकारहरुलाई जानकारी दिएका छन् ।
वरिष्ठ कलाकार मुनालले 'एक पल', 'सेतो बाघ', 'शिरीषको फूल', 'लभ लभ लभ', 'दिदीभाइ', 'मिस्टर डन' सहितका दर्जनौँ नेपाली चलचित्रमा अभिनय गरेका छन् । मुनालले पछिल्लो पटक अभिनय ...
काठमाडौं - नेपाली फिल्म निर्माण सुरु भएको ५३ वर्ष पुग्दा धमाधम दोस्रो पुस्ता भित्रिन थालेको छ । पहिलो पुस्ताका स्टारका छोराछोरी ग्ल्यामर उद्योगमा प्रवेश गर्न थालेपछि उनीहरूको स्टारडम एकएक चुलिएको छ । छोराछोरीलाई फिल्म उद्योगमा स्थापित गराउन अघिल्लो पुस्ताका केही स्टारले आफैं लगानी गरेर डेब्यु गराउन थालेका छन् ।
लामो समय नेपाली फिल्म उद्योगमा एकछत्र राज गरेका नायक भुवन केसीले छोरा अनमोललाई डेब्यु गराउन आफैं लगानी गरेर फिल्म बनाए । आफैंले अभिनय गरेको पुरानो हिट फिल्म ‘सपना’ को अंग्रेजी नाम ‘ड्रिम्स’ राखेर भुवनले अनमोललाई डेब्यु गराए ...
काठमाडौं : प्रसिद्ध भारतीय अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि विरामी खानको क्यानडामा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेको थियो। तर पुष्टि भएको थिएन।
टाइम्स अफ इन्डियाले उनका छोरा सर्फराजलाई उद्धृत गर्दै डिसेम्बर ३१ मा उनको निधन भएको उल्लेख गरेको छ। उनको अन्तिम संस्कार क्यानडामै गरिने समाचारमा जनाइएको छ। उनी चार महिनादेखि क्यानडामा उपचाररत थिए।
एनडीटीभीका अनुसार उनी सुप्रान्युक्लियर पाल्सी नामक समस्याबाट पीडित थिए। अफगानिस्तानको काबुलमा जन्मिएका कादर ...
काठमाडौँ - यसपालिको ‘न्यू इयर इभ २०१९’ बिशेष तरिकाले मनाउने सोचमा हुनुहुन्छ ? चर्चित गायक तथा कलाकारको साथमा नयाँ वर्षको धमाका मच्चाउने सोचमा हुनुहुन्छ ? यदि हो भने त्यो इच्छा तपाइहरुले यसरी पुरा गर्न सक्नुहुनेछ ।
'नयाँ वर्ष २०१९ को इभ'मा जमलको एल्लो पगोडा होटलमा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । ३१ डिसेम्बर सोमबार बेलुकी हुने सांगीतिक कार्यक्रमलाई चर्चित गायक आनन्द कार्की, प्रश्ना शाक्य, डिजे निरज, डान्सर बिनु साक्यलगायतका कलाकारहरुले आफ्नो बेजोड प्रस्तुती दिएर तपाईहरुको नयाँ वर्षलाई रंगिन बनाउनेछन।
कार्यक्रम जमलस्थित एल्लो पगोडा होटलको माछापुछ्रे हलमा ...
काठमाडौं - नेपाली फिल्ममा लगानी बढेको छ । बर्सेनि बन्ने फिल्मको संख्या सय हाराहारी पुगेको छ । तर, नाफा ? अहँ, छैन । बरु हरेक वर्ष आधा अर्बभन्दा बढी रुपैयाँ डुबिरहेको छ ।
फिल्म निर्माणमा वार्षिक एकदेखि डेढ अर्बको लगानी हुन्छ । तर निर्माण भएका पाँचदेखि सात प्रतिशत चलचित्रले मात्रै लगानी सुरक्षित गर्छन् ।
०७५ सालको आठ महिना अवधिमा प्रदर्शनमा आएका ६५ चलचित्रमध्ये पाँच प्रतिशतले मात्र लगानी जोगाए । तीन प्रतिशतले लगानीको थोरै गुणा नाफा कमाए । नाफा कमाउने केही प्रतिशत फिल्मको ‘चार्म’ देखेर लगानी दिनदिनै बढ्दै ...
पोखरा - सिडी विजय अधिकारीले ‘नेपाल आइडल’ दोस्रो संस्करणका अन्तिम प्रतिस्पर्धी पोखराका विक्रम बराललाई ५० हजार सहयोग गर्दै जिताउन भोटिङ अपिल गरेका छन्।
‘दि भ्वाइस अफ नेपाल’ का विजेता अधिकारीले नेपालको अर्को गायन रियालिटी शो‘नेपाल आईडल’का अन्तिम प्रतिस्पर्धी बराललाई जिताउ सहयोग गरेको बताएका छन्। आफ्नो जन्मोथलो पोखरामै आएर आफूलाई भोट गरी जिताउने प्रशंसकलाई धन्यवाद दिदैं अधिकारीले आइडलका अन्तिम प्रतिस्पर्धी बरालका निम्ति पनि भोटको अपिल गरेका हुन्।
अधिकारीले बुधबार बिक्रम बराल जिताउ अभियान समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा भोट मागेका हुन्। एउटै विद्यालयमा अध्ययन गर्नुको साथै संगीत पनि ...
काठमाडौं - सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को विजेता सिडी विजय अधिकारी भएका छन् । कतारको दोहामा १४ डिसेम्बरमा भएको ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा पुगेका चार जना मध्ये अन्य तीन जनालाई पछि पार्दै उनी विजेता बनेका हुन् । उनी टिम दिप श्रेष्ठबाट हुन् ।
शुक्रबार राति कतारको दोहामा भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धिलाई पछि पार्दै अधिकारी सिङगिङ रियालिटी शो को पहिलो उपाधि जित्न सफल भए । दर्शकको भोटको आधारमा निर्णय भएको हो ।
नेपालमा पहिलो ...
काठमाडौँ - चलचित्र 'घनचक्कर' को 'दाइको सालो' बोलको गित युट्युबमा सार्वजनिक भएको छ । हरि भट्ट सुर्यनाथद्वारा निर्मित एवं जितेन्द्र राजोपाध्यायद्वारा निर्देशित चलचित्र यहि पौष १३ गते रिलिज हुँदैछ ।
राजेश पायल राइ र माण्डवी त्रिपाठीको स्वरमा सजिएको उक्त गीतको कोरियो ग्राफी सिमोन राजवंशीले गरेका हुन् भने गीतमा बिपिन आचार्यको शब्द तथा संगीत रहेको छ ।
चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, आशान्त शर्मा, शिशिर भण्डारी, ममता प्रधान, इश्वरी खड्का, कृष्णभक्त महर्जन, दामोदर पौडेल, प्रवन भुसाल, जनक घर्ति मगर, कर्णप्रियलगायतले अभिनय गरेका छन् भने ...
काठमाडौंँ - नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि ‘बक्स अफिस’को विषयले चर्चा बटुलेको थियो । तर, बक्स अफिस लागू भएको चार महिना पुगिसक्दा पनि अलमल कायमै छ । चलचित्र निर्माताहरू खुसी छैनन् भने चलचित्र विकास बोर्डले पनि त्यस विषयमा नियमित जानकारी दिन सकेको छैन ।
के कति सङ्कलन भएको छ भन्ने राम्रोसँग हेर्न नपाएको गुनासो निर्माताहरूको छ भने अझै कतिपय चलचित्रको इ–टिकटिङ् हुन सकेको छैन । चलचित्र विकास बोर्डले सूचना नै जारी गरेर इ–टिकटिङ गर्न आह्वान गरेपछि अलमल देखिएको हो ।
बक्स अफिस सञ्चालनमा आएसँगै सार्वजनिक चलचित्रको निर्माण ...
काठमाडौँ - चलचित्र 'घनचक्कर' को 'हिरो हिरो' बोलको गित युट्युबमा सार्वजनिक भएको छ । हरि भट्ट सुर्यनाथद्वारा निर्मित एवं जितेन्द्र राजोपाध्यायद्वारा निर्देशित चलचित्र यहि पौष १३ गते रिलिज हुँदैछ ।
राजेश पायल राइको स्वरमा सजिएको उक्त गीतको कोरियो ग्राफी प्रदिप श्रेष्ठले गरेका हुन् भने म्युजिक कम्पोजिसन देव कोइमीले गरेका हुन् ।
चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, आशान्त शर्मा, शिशिर भण्डारी, ममता प्रधान, इश्वरी खड्का, कृष्णभक्त महर्जन, दामोदर पौडेल, प्रवन भुसाल, जनक घर्ति मगर, कर्णप्रियलगायतले अभिनय गरेका छन् भने नायिकामा कश्मिरा लामाले डेब्यु गरेकी ...
मुम्बई - बलिउडका सुन्दर जोडीका रुपमा परिचित दीपिका पादुकोण र रणवीर सिंह अब पति पत्नी बनेका छन् । उनीहरुले बुधबार इटालीमा एक भब्य समारोहबीच बिहे गरेका छन् ।
लामो प्रेम सम्बन्धपछि दुवै परिवार र नजिकका नातेदारको उपस्थितिमा इटालीको लेक कोमोमा यी जोडी दाम्पत्य जीवनमा बाँधिएका हुन् । बलिउडका लागि यो वर्षकै सबैभन्दा ठुलो बिहे हो ।
यसभन्दा पहले यही साल सोनम कपुर र आनन्द आहूजाले पनि बिहे गरेका थिए । रणवीर-दीपिकालाई सामाजिक सञ्जालमा शुभचिन्तक र प्रशंसकले बधाई दिएका छन् ।
अब १५ नोभेम्बर अर्थात् भोली यो जोडीले सिन्धी ...
नयाँ दिल्ली - बलिउड अभिनेत्री राखी सावन्त एक महिला रेस्लरको कुटाइबाट अस्पताल नै भर्ना हुन पुगेकी छन् ।
हालै हयिणास्थित एक स्टेडियममा आयोजित रेस्लिङ प्रतिष्पर्धामा राखीलाई अर्की महिला रेस्लरले पहिलो धक्काबाटै घाइते बनाएकी हुन् । अभिनेत्री राखीले अन्तर्राष्ट्रिय महिला रेस्लर द रेबेललाई च्यालेन्ज दिएपछि ताउ देवीलाल स्टेडियममा आयोजित रेस्लिङमा राखी र रेस्लर द रेबेलबीच भिडन्त भएको थियो ।
कार्यक्रम सुरु हुनासाथ रेस्लर र राखी रिङ छिरे । सुरुको केही सेकेण्डको ‘वार्म अप’ पछि महिला रेस्लर द रेबेलले राखीलाई उचालेर स्टेजमै पछारिन् । राखी उठेर आक्रमण गर्लिन् भन्ने ...
काठमाडौं – नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रीन कार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ ।
उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास अनुमतिपत्र लिइसकेका छन् । सङ्घले यसबारे सङ्कलित विवरणसहितको पुस्तक प्रकाशनको तयारी पनि गरेको छ । तीमध्ये कतिपयले अन्य कामसहित कलाकारितालाई पनि निरन्तरता दिएका छन् भने कतिपय ...
एजेन्सी - कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ ।
आफूमाथि आरोप लगोपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट गर्दै माफी मागेकी छिन् ।चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमाा भने उनीमाथि आपराधिक मुद्धा लाग्ने छैन । उनी चीनकै सबैभन्दा महँगी अभिनेत्री मानिन्छिन् ।
केही फिल्म स्टारहरु निर्माण कम्पनीसंग दुई खालके सम्झौता गर्ने गरेको बताईएको छ । एउटा कम रकम देखाईएको र अर्को यथार्थ रकम रहेको छ । पछि कर तिर्दा उनीहरु कम रकम उल्लेख ...
काठमाडौँ - चलचित्र ‘छक्कापञ्जा-३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण समूहले चलचित्रको झलक (ट्रेलर) र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको हो ।
“प्रदर्शन मितिमा तनाब थियो, शुक्रबार साँझ मात्रै मिति तय गरियो”, मुख्य कलाकार दीपकराज गिरीले भने, “आशा छ चलचित्रले दर्शकको राम्रो माया पाउँछ ।”
उहाँले असोज २४ गते घटस्थापनाबाट ‘छक्कापञ्जा ३’ र असोज ३० गते फूलपातीबाट ‘जय भोले’ प्रदर्शन गर्ने गरी सहमति जुटेको जानकारी दिए । यसअघि यी दुई चलचित्र एकैसाथ प्रदर्शनमा आउने भनेर प्रचार भएको ...
काठमाडौँ - ‘तेश्रो सिनेमा सर्कल अवार्ड’मा नायक नाजिर हुसेन र नायिका नीता ढुंगाना उत्कृष्ट हुन सफल भएका छन् । नीताले चलचित्र ‘पञ्चायत’बाट अवार्ड जित्दा नाजिरले चलचित्र ‘तिमी सँग’बाट अवार्ड जितेका हुन् । कार्यक्रममा निर्देशक किशोर रानालाई नगद ५१ हजार सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो ।
काठमाण्डौको राष्ट्रिय सभा गृहमा आयोजना भएको कार्यक्रममा उप-राष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा बलिउडका चर्चित नायक गोविन्दा विशेष अतिथीको रुपमा उपस्थित थिए । अवार्ड समारोहमा नायक पुष्पल खड्कालाई चलचित्र ‘मंगलम’बाट क्रिटिक्स अवार्ड प्रदान गरियो । प्रदिप खड्काले ...
काठमाडाैं - सुपरस्टार अभिनेता भुवन केसीकी पूर्वपत्नी एवं स्टार नायक अनमोल केसीकी आमा सुस्मिता बम्जन (केसी) ले अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन् ।
गत सेप्टेम्बरमा ९मा भारतमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग उनको टिकाटालो भएको हो । पारिवारिक सहमतिमा नै उनले यो निर्णय लिएको बुझिएको छ ।
यस निर्णयमा भुवन केसी तथा उनका पुत्र अनमोलकोसमेत सहमति रहेको बताइएको छ । सुस्मिताले किलन स्वामीसँग विवाह भने २०७६ सालको भ्यालेन्टाइन डे मा गर्ने तायरी गरेकी छिन् ।
अष्ट्रेलियामा बसोबास गर्दै आएका स्वामी धनाढ्य व्यापारी भएको बुझिएको छ । अभिनेता भुवन ...
भन्छन - मान्छेको मानसिकता उसको विरासतको इतिहास, आफ्नो वर्तमान र उसको सेरोफेरोले उसलाई गर्ने ब्यबहारले तय हुन्छ । उसले समाज समक्ष प्रस्तुत गर्ने ब्यबहार यी तिन चिजको समिश्रण बाट तय हुन्छ । यो एउटा चेन जस्तै हो । जब यो बिचमा कुनै खराबी आउँछ यो फंक्सनलेस बन्न पुग्दछ । यसैको शिकार बनेका छन् नाटकका प्रधान पात्र 'माउजंग बाबु' ।
राणा शासनका एक विर्तावल माउजंग बाबु बि.सं. २००७ सालमा राणा शासनको च्युत भएसंगै सत्ता र शक्तिको बागडोर राजामा स्थानान्तरण हुन पुग्दछ । सत्ताच्युतसंगै राणाकालिन शासकहरुले राज्य ब्यबस्थाबाट ...
काठमाडौँ - नाट्यकर्मी महासंघ र सांस्कृतिक संस्थानको आयोजनामा अहिले जमल स्थित राष्ट्रिय नाचघरमा नाटक 'माउजंग बाबुसाहेबको कोट' को रिहर्सल भैरहेको छ । भदौ २४ गते देखि मन्चन हुने उक्त नाटकको मुख्य भूमिका नेपाली नाट्य तथा सिने क्षेत्रका परिचित मुहार जे.वि. डिसीले निभाएका छन् । नाटकमा उनका अलावा तुलसा पहाडी, रोहानी लामा, अनिता थापा, दिलिप खड्का, कोपिला थापा लगायतले भूमिका निभाउदै छन् ।
भदौ २४ गते पछि असोज ५ गतेसम्म राष्ट्रिय नाचघरमा उक्त नाटक हरेक दिन बेलुका ५:३० देखि मन्चन हुनेछ ।
भवानी भिक्षुद्वारा लिखित उक्त ...
काठमाडौँ - बेस्ट क्लासिकल म्युजिक भिडियो डिरेक्टर अवार्ड बिकास घले गुरुङले पाएका छन् । क्यापिटल इभेन्ट्सले हरेक वर्ष बिभिन्न विधामा प्रदान गर्ने अवार्ड मध्ये बेस्ट क्लासिकल म्युजिक भिडियो डिरेक्टर अवार्ड पाउने बिकास घले गुरुङ पहिलो भएका छन् । बेस्ट क्लासिकल म्युजिक भिडियो डिरेक्टर अवार्ड यो वर्ष देखि प्रदान गर्न सुरु गरिएको हो । घलेले 'धर्तीमा आई' बोलको गितबाट अवार्ड हात परेका हुन् ।
नेपाल पर्यटन बोर्डको सभागृहमा बिशिष्ट व्यक्ति, कलाकार तथा पत्रकार माँझ आयोजित कार्यक्रममा बिभिन्न ३५ बिधामा अवार्ड वितरण गरिएको थियो । घलेले शास्त्रीय भरतनाट्यम ...
काठमाडाैं - फिल्म ’कथा काठमाण्डौ’ ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । रातको कुरा बोलको गीत सार्वजनिक गर्दै प्रचारप्रसारलाई अगाडी बढाएको फिल्मले त्यसपछी दुई गीत सार्वजनिक गरिसकेको छ ।
टेलिभिजनकर्मी , म्युजिक भिडियो निर्देशक , पुस्तक लेखिका लगायतको पहिचान बनाइसकेकी संगीता श्रेष्ठले यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन । फिल्ममा उनले काठमाण्डौको तिन भिन्न भिन्न कथालाई देखाउने कोसिस गरेको बताएकी छिन । काठमाण्डौमा मुस्कान भित्र लुकेको ब्यथा नै फिल्मको मुख्य विषयवस्तु रहेको समेत बताएको छ । ट्रेलर सार्वजनिक ...
काठमाडौं - बलिउडकी बोल्ड अभिनेत्री प्रियंकाको इन्गेजमेन्टको क्रममा भेटघाट राम्रोसँग नभएको भन्दै निक तथा उनको परिवार भारत आउँदै छ । भारतीय सञ्चार माध्यमका अनुसार यही अगष्ट १८ तारिखमा प्रियंका चोपडाले इन्गेजमेन्टको खुशियालीमा भब्य पार्टीको आयोजना गर्न लागेकी छिन् ।
यही पार्टीमा प्रियंका र निकका परिवारले उनीहरुको विवाहको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । केही दिन अगाडि अभिनेत्री रविना टण्डनले निकले प्रियंकालाई इन्गेजमेन्टमा लगाइदिएको औंठी सहितको फोटो शेयर गरेकी थिइन् । उक्त औंठीको मुल्य २ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ ।
प्रियंका भारतीय परम्परा अनुसार नै ...
ऊर्लाबारी - चर्चित बालगायक अशोक दर्जीको दोस्रो गीत ‘झिलमा फुलु’को भिडियो सार्वजनिक भएको छ। ऊर्लाबारीमा एक कार्यक्रमका बीच मेयर खड्ग फागोले ल्यापटपमा भिडियो क्लिक गरेर प्रिमियर गरेका हुन्।
भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै मेयर फागोले बाल प्रतिभाको पहिचान गराउन गीतले महत्वपूर्ण सहयोग पुर्याउने बताए।
युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोले कोशी भिजन फिल्मले निर्माण गरेको हो। भिडियोमा गायक अशोक दर्जीका साथी भुइकठहरले उर्फ स्माईल धिमालले अभिनय गरेका छन्।
गीतको रचना मन्जुल मितेरीले गरेका हुन्। गीतको भावलाई भिडियोले अझ बलियो बनाएको निर्देशक सुमन योञ्जनले बताए। भिडियोमा दिपक न्यौपान, कौशीला राईलगायतले अभिनय ...
काठमाडौं - चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ फेरि बन्द भएको छ । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ‘भद्रगोल’ बन्द भएको हो । भद्रगोलसँगै नेपाल टेलिभिजनबाट प्रशारण हुने सबै टेलिसिरियल अहिले बन्द भएका छन् ।
मिडिया हबले हास्य टेलिश्रृंखला भद्रगोल (शुक्रबार), जिरे खुर्सानी (बिहिबार) मेरी बास्सै (मंगलबार) र ब्रेक फेल (सोमबार) तथा पारिवारिक टेलिश्रृंखला परिचय (आइतबार) उत्पादन गरेर प्रशारण गर्दै आएको थियो । ती टेलिश्रृंखला प्रशारणका लागि नेपाल टेलिभिजनसँग तीन वर्षका लागि गरेको सम्झौता समाप्त भएको मिडिया हबका सञ्चालक सोम धितालले बताए ।
...काठमाडौँ - बलिउडको प्रतिष्ठित जी सिने अवार्डको नयाँ संस्करण नेपालमा हुने भएको छ । अवार्ड समारोहको प्रारम्भीक तयारीका लागि जी टिभीका मालिक तथा भारतीय राज्यसभा सदस्य डा. सुभास चन्द्रसहित चारजनाको टोली आएर छलफल र कार्यक्रमस्थलको प्रारम्भीक अध्ययन गरी आइतबार फर्केका छन् ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा यो अवार्ड नेपालमा आयोजना गर्नेबारे कुरा चलेको थियो । प्रधानमन्त्री ओलीको भ्रमण दलमा अभिनेताद्वय राजेश हमाल र दिनेश डिसी पनि सहभागी थिए ।
अवार्डबारेमा कलाकारमार्फत् चलेको कुराकानीमा प्रधानमन्त्री ओली सकारात्मक देखिएपछि तयारी अगाडी बढाइएको डिसीले जानकारी दिएका हुन् । अवार्डमा ...
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले मंगलबार बक्सअफिस प्रणालीको सुरुआत गर्दै अब फिल्महलहरूको वर्गीकरण गरिने बताएका छन् ।
चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा मन्त्री बाँसकोटाले सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (सीसीएमसी) लगइन गरी उपत्यकाभित्रका हलहरुमा चलिरहेका फिल्महरुको व्यापार हेरे। बोर्डले साउन १ देखि उपत्यकाभित्रका ११ मल्टिप्लेक्ससहित २० हललाई बक्सअफिसको केन्द्रिय प्रणालीमा जोडेको हो।
‘सबै कुरा बनिसक्न त हजारौं वर्ष लाग्न सक्छ, तर जहाँबाट सम्भव छ, पहिलो पाइला त्यहींबाट चाल्नुपर्छ। त्यसैले आजदेखि उपत्यकाभित्र बक्सअफिस लागू भएको छ,’ मन्त्री बाँसकोटाले बक्सअफिस अब देशभर नै लागू हुने जनाउ दिंदै ...
काठमाडौँ - अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजले इन्गेजमेन्ट गरेका छन् । झण्डै डेढ बर्ष प्रेममा रहेको यस जोडीले शनिबार कालिकास्थानस्थित एक होटेलमा इन्गेजमेन्ट गरेका छन् ।
आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छिन् । उनले एक तस्विरमा ‘प्रियंका जोशी’ समेत लेखेकी छिन् । त्यस्तै प्रियंकाकी भाउजु साथै पुर्व मिस नेपाल जेनिसा मुक्तानले प्रियंका र आयुष्मान फोटो सेयर गर्दै बधाई दिएकी छिन् ।
काठमाडौं - नेपाल आइडलका सेकेण्ड रनरअप गायक प्रताप दासले अर्को नयाँ गीत सार्वजनिक गरेका छन् । प्रतापको स्वरमा रहेको नयाँ गीत ‘लेखे एउटा’ को म्युजिक भिडियो सार्वजनिक भएको हो ।
हरि पराजुलीको शब्द र सरोज पोखरेलको संगीत रहेको म्युजिक भिडियोमा केदार धितालको निर्देशन छ । भिडियोमा श्रेया कार्की र कमल सिंहको अभिनय छ भने बाल कलाकारका रुपमा बिराज ढकाल र आस्मा परियार छन् ।
भिडियो
...काठमाडौँ - हिक्मत क्षेत्री र देवी धर्तिको लोकदोहोरी गीत “मर्छु अब त” गीतको भिडियो बजारमा आएको छ । अनिल खनालको लय तथा शब्द रहेको गितलाइ विन्ध्यावासिनी म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
मायामा पागल भएका मायालु जोडीको प्रेम पछिको विछोडको कठिन परिवेशलाई गीतको भिडियोमा समेटिएको छ । मरुभुमि नारायणले छायाँकन गरेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई राज पाठकले निर्देशन गरेका हुन । गीतको मार्मिक भिडियोमा राहुल, पुजा, दिपक, लक्ष्मीको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो !
...काठमाडौँ - टिका प्रसाईं र शित्तल राज पाण्डेको स्वरमा सजिएको 'घुटु घुटु थुक निल्ने भए म' बोलको रोमान्टिक गित सार्वजनिक भएको छ । अनिल खनालको शब्द तथा संगीत रहेको गीतलाई विन्दबासिनी म्युजिक प्रा.लि. ले बजारमा ल्याएको हो ।
अनिल राइले निर्देशन गरेको उक्त गीतमा युविन ढुंगाना र रजिना महर्जनले अभिनय गरेका छन् ।
मधुर बस्नेत र सुजन दाहालले खिचेका उक्त गीतको सम्पादन बिनोद बमले गरेका हुन् ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=oNQjagjH4tw
...
एजेन्सी - बलिउड चलचित्र ‘जिरो’को ‘इद टिजर’ इदको अवसर पारेर सार्वजनिक गरिएको छ ।
यो टिजरमा बलिउडका दुई चर्चित सुपरस्टार साहरुख खान र सलमान खान देखिएका छन् । तर, टिजरमा साहरुख खानलाई होचो व्यक्तिको भूमिकामा देख्न सकिन्छ ।
आनन्द एल रायको निर्देशनमा तयार भएको यो चलचित्र डिसेम्बर २१ बाट रिलिज हुँदैछ । तर, यसको निर्माणपक्षले हरेक चाडमा एउटा टिजर सार्वजनिक गर्ने योजना बनाएको छ ।
यसकारण, इदको अवसरमा शुभकामना दिदै साहरुख र सलमानको झलक देखाइएको हो । चलचित्रमा अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भूमिका मा छन् ।
काठमाडौँ - नेपाली फिल्म ‘लिलीबिली’ का प्रदीप खड्का र जसिता गुरुङलाई लिएर नयाँ फिल्म ‘लभ स्टेसन’ बन्ने भएको छ ।
सुवाससिंह बस्नेतको लेखन रहने फिल्मको पटकथामा काम भइरहेको निर्माता गोविन्द शाहीले जनाए । ‘भदौ अन्तिम या त असोजदेखि छायांकनमा जाने लक्ष्य छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘फागुन २४ गते रिलिज तय गरेका छौं ।’
काफिया फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका लागि बाँकी कलाकारहरु छनोट प्रक्रियामै रहेको शाहीले बताए । शाहीसँगै निर्देशक घिमिरे र क्रिसु शाही निर्माताका रूपमा छन् । ‘लभ स्टेसन’ घोषणा कार्यक्रममै ‘लिलीबिली’ को ५१ दिने ...
काठमाडौं - फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ को छायाँकन जेठ १० गतेबाट सुरु भएको छ ।
फिल्मको छायाँकनमा काठमाडौँ उपत्यका र सोलुखुम्बुमा हुने फिल्म निर्माताले जानकारी दिए । फिल्ममा सलिनमान बनिया , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली ...
काठमाडौं - नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखी विवादित बनेको बक्स अफिस प्रणालीमा अन्तत सहमति जुटेको छ । चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघ तथा विभिन्न सरोकारवाला पक्षसंग भएको १७ बुँदे सहमतीपछि साउन १ देखी उपत्यका र फागुन १ देखी देशभरका हलमा बक्स अफिस लागु गर्ने सहमती हो ।
दुबै संघले सोमबार एक कार्यक्रम गरी शेयर बाँडफाँड दुबै पक्षले पालना गर्नुपर्ने शर्तका विषययमा जानकारी गराएका छन् । निर्माता, वितरक र हल सञ्चालकको त्रिपक्षिय सहमतीमा हलमा लागेका फिल्मको टिकट दर तोक्ने संझौता भएको छ ।
संझौता अनुसार अब ...
काठमाडौं - लामो समयपछि काठमाडौं आएकी अभिनेत्री निरुता सिंह नाई न भन्नु ल–५ का लागि आमा बन्ने भएकी छन् ।
निरुता विकास आचार्यको फिल्म नाई न भन्नु ल–५ का लागि बाल कलाकार अनुभव रेग्मीकी आमाको भुमिकामा देखिने भएकी हुन् । उनले उक्त चरित्रका लागि सम्झौता समेत भई सकेको छ ।
तुलसी घिमिरेको फिल्म दक्षिणाबाट नेपाली रजतपटमा पाइला टेकेर एक दशकसम्म कुशल अभिनयमा जमेकी निरुता पछिल्ला समयमा हराएकी थिइन् ।
छिट्टै भारत फर्किने उनी फिल्मका लागि केही दिन नेपाल बस्नेछिन् ।
...काठमाडौँ - नायक सौगात मल्ल अभिनित चलचित्र घनचक्करको छायांकन सुरु भएको छ । जितेन्द्र राजोपाध्यायद्वारा निर्देशित चलचित्रमा सौगातका अलावा सलोन बस्नेत, जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तिमगर, प्रवन भुसाल लगायतले अभिनय गरेका छन् ।
चलचित्रको मुख्य नायिका अर्थात सौगात मल्लको अपजिटमा को खेल्दै छ भन्ने चाही निर्माण पक्षले खुलाउन चाहेन । यसबारेमा दुनियाँखबरले राखेको जिज्ञासामा निर्देशकले भने - 'हामी छिट्टै एक औपचारिक कार्यक्रमका माझ नायिकालाई एक्स्पोज गर्नेछौं ।'
भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको चलचित्रको मुख्य सहायक निर्देशन बिनोद खतिवडा ...
...
काठमाडौं - भारतीय अभिनेता सलमान खानको आगामी जेठ १२ गते नेपाल आउने भएका छन् । अघिल्लो महिना स्थगित भएको उनको भ्रमण जेठ १२ मा हुने भएको हो ।
नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमान नेपाल आउने उल्लेख छ । सलमानको दबङ टूर नामक सो आयोजनाका लागि समय निश्चित गरिएको उल्लेख छ । सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु नेपाल आउने पत्रमा उल्लेख छ ...
एजेन्सी - बियाबान मरूभूमिमा उनीहरू वन्यजन्तु र बोटबिरूवाका रक्षक हुन्। बिश्नोइ समुदायका मानिसहरू वन्यजन्तु र बोटबिरूवाका लागि ज्यान दिन पनि तयार हुन्छन्। बलिवूड चलचित्र अभिनेता सलमान खानले कृष्णसार मारेको विवरण बाहिर आएपछि उनीहरू सडकमा उत्रिए। बिश्नोइ समाजका मानिसहरू आफ्ना आराध्य गुरू जम्भेश्वरले भनेका २९ वटा नियमहरूको पालना गर्दछन्। त्यसमध्ये एउटा नियम वन्यजन्तु र बोटबिरूवाको रक्षासँग सम्बन्धित छ।
बिश्नोइ समाजका मानिसहरू मरूभूमिसम्म मात्रै सीमित छैनन्। उनीहरू राजस्थानबाहेक हरियाणा, पञ्जाब, उत्तर प्रदेश र मध्यप्रदेशमा पनि बस्छन्। जोधपुरबाट निर्वाचित पूर्वसांसद जसवन्त ...
काठमाडाैं - द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी थुनामुक्त भएका छन् । उनीमाथि लागेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्धाको सुनुवाई उच्च अदालत पाटनले धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । उच्च अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाएर उनी आइतबार नै थुनामुक्त भएका हुन् । मानव बेचबिखन तथा ओसारपसार अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले गत १८ फागुनमा थुनामा राखेर मुद्धाको सुनुवाई अघि बढाउन आदेश दिएको थियो ।
जिल्ला अदालतको सो आदेशविरुरुद्ध खड्गीले उच्च अदालत पाटनमा पुनरावेदन (१७ नम्बर निवेदन) दर्ता गराएका थिए । सो पुनरावेदनको ...
भारत - कालो हिरण ( कृष्णसार) मारेको मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका बलिउड अभिनेता सलमान खान दुई दिनमा जमानतमा रिहा भएका छन् । सलमान खान ५० हजार भारतीय रुपैया जमानत राखेर रिहा भएका हुन ।
अदालतले पाँच वर्ष कैद फैसला गरेपछि उनका कानून व्यवसायीले गरेको अपीलमा शनिवार अन्तिम सुनुवाई गर्दै जोधपुर सेशन कोर्टले वकिलहरको बहसपछि जमानतमा रिहा गर्ने फैसला गरेको हो ।
२० वर्ष पहिला कालो हरिण ( कृष्णसार) मारेको अभियोगमा सलमान खानलाई गएको बिहीबार जोधपुर अदालतले पाँच वर्ष कैद र १० हजार रुपैया जरिवानाको फैसला ...
काठमाडौँ - कालो हरिणको सिकार मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका बलिउडका भाइजान सलमान खानले शुक्रबारको रात पनि जेलमै बिताएका छन् । सलमानको जमानत याचिकामाथि शुक्रबार सुनुवाइ गर्दै जोधपुरको सेसन कोर्टले आफ्नो फैसला शनिबारसम्मका लागि सुरक्षित राखेको छ ।
जमानतमाथिको फैसला शनिबार दिउँसो सुनाइने भएको छ । जोधपुर जेलमा सलमान कैदी नम्बर १०७ हुन् । उनलाई २ नम्बर ब्यारेकमा राखिएको छ । जेलमा उनलाई दाल, रोटी दिइएको थियो तर उनले खाएनन् ।
करोडौं फस्ने सम्भावना
बालिउडका सफल कलाकार सलमानमाथि अहिले फिल्म निर्माताको करिब ६ सय करोड रुपैयाँ लगानी ...
मुम्बई - कालो हरिण शिकारको अभियोगमा पाँच वर्ष जेल सजाय पाएका बलिउड नायक सलमान खानले पहिलो रात जेलमा बिताएका छन् । जोधपुर जेलमा राखिएका सलमान बनेका छन्, कैदी नम्बर १०६ ।
सलमानलाई जेलको दोस्रो खण्डमा राखिएको छ ।
सलमानले पाँच बर्षको जेल सजाय मात्र पाएका छैनन्, १० हजार जरिवाना पनि तिर्नुपर्ने भएको छ ।
अन्य आरोपी सेफ अलि खान, तब्बु, सोनाली बेन्द्रे र निलमलाई अदालतले सफाइ दिएको छ ।
जोधपुरका जुडिसियल मेजिस्ट्रेटमा सजायमाथि भएको बहसमा सरकारी वकिलले धेरै सजाय हुनुपर्ने माग गरेका थिए भने सलमानका वकिलले सबैभन्दा कम सजायको ...
एजेन्सी - भारतको जोधपुर अदालतले कालो हरिण शिकार मामिलामा बलिउडका सुपरस्टार सलमान खानलाई दोषी ठहर गर्दै पाँचवर्षको जेल सजाय सुनाएको छ । सलमान खानले तोकिएको सजायअनुसार पाँचवर्ष जेलमा कटाउनुपरे बलिउड फिल्म इन्डष्ट्रिजलाई करोडौं रुपैयाँ बराबरको नोक्सान ब्यहोर्नुपर्नेछ ।
सन् १९९९ मा प्रदर्शित फिल्म ‘हम साथ साथ हैं’ को छायांकनका दौरान कालो हरिण मारेको आरोपमा सलमान खानलाई दोषी ठहर गरिएको हो ।
१५० करोडको फिल्म रेस–३
अहिले सलमान खानको आगामी फिÞल्म ‘रेस ३’ को छायांकन चलिरहेको छ । सलमान खानको मुख्य भूमिका रहेको यो फिल्मको कुल ...
प्रमिलाको हिरोइन बन्ने चाहना प्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने चाहनाप्रमिलाको हिरोइन बन्ने ...
रोमानियामा एउटा यस्तो गाउँ छ जहाँ, जिउँदो ढुंगाहरु पाइन्छ । यो कुरामा विश्वास गर्न गाह्रो हुन्छ । वास्तवमा यो ढुंगाले आफ्नो आकार बदलिरहन्छ । विश्वका कैयन् भुगर्भशास्त्रीहरुले यी ज्यूँदा ढुंगाहरुको अध्ययन गरिरहेका छन् । अहिलेपनि यी ढुंगाहरुको आकार बढिरहेको छ, जुन रहस्यमय बनिरहेको छ ।
स्थानीय बासिन्दाहरुका अनुसार पानीसँगको सम्पर्कमा आउने बित्तिकै यी ढुंगाहरुको आकारमा बदलाव आउँदछ ।
वैज्ञानिकहरुका अनुसार ढुंगामा रहेको लवणको अत्यधिक मात्राका कारण ढुंगामा पानी पर्ने बित्तिकै ढुंगा फुल्न जाने र यसको आकार बढ्ने भएको हुनसक्छ । तर ती गाउँका ...
सामान्य मानिसले चुरोट पिउँदा बाँकी रहेको चुरोटको ठूटो फ्याँक्यो भने त्यसको मूल्य कति होला ? त्यस्तो चुरोटको ठुटोको कुनै मुल्य पर्नु त परै जाओस् जथाभावी चुरोटका ठूटा फाल्दा कतिपय देशमा त कारवाही समेत हुन्छ ।
सामान्य मान्छेले चुरोटका ठूटा फ्याक्दा कारवाही भोग्नुपर्ने यो दुनियामा ठुलाबडाले फ्याँकेका चुरोटका ठूटा चाहीँ लाखौँ रुपैयाँमा बिक्दा रहेछन् ।
बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले फ्याँकेको चुरोटको ठुटो हालै १२ लाख रुपैयाँभन्दा धेरै मूल्यमा बिकेको छ ।
अमेरिकाको बोस्टनमा रहेको आरआर लिलाम घरमा उक्त चुरोटको ठुटो १२ हजार ...
काठमाडौं । नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा आरएनआर गु्रपले विभिन्न सांगीतिक कार्यक्रमसहित डेढ दर्जन मोडललाई ¥याम्पमा उतार्दैछ । २९ चैतमा ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा हुने ‘एञ्जल अन द फ्लोर–३’ नाम दिइएको फेसन शोमा १६ जना व्यवसायिक मोडलहरु प्रस्तुत हुने आयोजक संस्था आरएनआरले जनाएको छ ।
संस्थाकी अध्यक्ष तथा इभेन्ट निर्देशक मञ्जु श्रेष्ठले भनिन्, ‘नेपाली नयाँ वर्षको स्वागतार्थ फेसन शो गर्न लागिएको हो ।’
‘मिङ्स भोड्का’ को मुख्य प्रायोजन रहेको उक्त ¥याम्प शोमा करिश्मा केसी, मानसी खनाल, सबनम गुरुङ, जोत्स्ना महर्जन, प्रियंका थापा, कुसुम तामाङ, हेमा ...
काठमाडौं । उद्योगपति विनोद चौधरीका छोरा वरुण र जयपुरका व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्रीबीच विवाह भएको छ । विवाह समारोहमा उद्योगी, राजनीतिकर्मी र कलाकार लगायतको उल्लेख्य सहभागीता थियो । सो समारोहमा अभिनेता सलमान खान र शत्रुघ्न सिन्हा पनि उपस्थित थिए ।
विवाह समारोहमा सलमानलाई हेर्नका लागि मानिसहरको भिड नै लागेको थियो । विवाह कार्यक्रममा सलमान करिब एक घण्टा बसेका थिए । उनले विवाह समारोहमा पाहुनाहरुसँग कुराकानी पनि गरेका थिए ।
गएको बर्ष विनोद चौधरीले सलमान खानसँग विशेष कामको शिलशिलामा भेट गरेका थिए । ...
लमजुङ । जिल्लामै पहिलोपटक आयोजना भएको मिसेस लमजुङ प्रतियोगिताको उपाधि शोभा ठकुरीले जित्नुभएको छ । बेँसीसहरमा आज सम्पन्न प्रतियोगितामा १० प्रतियोगीलाई पछि पार्दै ठकुरीले उपाधि जित्नुभएको हो । अमेजन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा विजेता ठकुरीले मोस्ट ट्यालेन्ट र मोस्ट पपुलरको उपाधिसमेत हात पार्नुभएको थियो ।
यसैगरी सोही प्रालिले आयोजना गरेको मिस लमजुङको उपाधि बेँसीसहरकै शर्मिला विकले जित्नुभएको छ । मिस लमजुङमा सहभागी १० जनालाई पछि पार्दै विकले उपाधि जित्नुभएको हो । विकले मिस लमजुङको उपाधिसँगै मोस्ट ट्यालेन्टको सवटाइटल उपाधि पनि हात पार्नुभएको थियो ...
शुक्रबारदेखि अमेरिकाको राजधानी वासिङ्टन डिसीमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ सुरु हुने भएको छ। महोत्सवमा नेपाली पानारोमाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनाइएका नेपाली तथा विदेशी निर्देशकले बनाएका नेपाली फिल्महरुको प्रदर्शन हुनेछन्। अन्तर्राष्ट्रिय पानोरामातर्फ भने अन्तर्राष्ट्रिय फिल्महरु देखाइने छन्। महोत्सवको उद्घाटन दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’बाट हुनेछ भने चलचित्र महोत्सवको समापन मीन भाम निर्देशित कालो पोथी बाट गरिने छ।
महोत्वसमा विभिन्न समयका उत्कृष्ट ठहरिएका नेपाली फिल्महरु जस्तैः नवीन सुब्बा निर्देशित ‘नुमाफुङ’, छिरिङ रितार शेर्पा निर्देशित ‘मुकुण्डो’ ‘लुकिङ ब्याक नेपाल सेक्सन’ शीर्षकअन्तर्गत देखाउन लागिएको फेस्टिभलका निर्देशक ...
काठमाडौँ : ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो सस्करण अगष्टमा हुने भएको छ l नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पुर्याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म अवार्ड द्वारासम्मान गर्दै आएको छ l यहि आउदो अगष्टमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारीको लागि अहिले आयोजक सस्था लागि परेको छ l
२०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्याति संगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ महत्व पनि दिएका छन l चाडैनै ग्लोबल नेपाली फिल्म अवार्ड ...