यस वर्षको कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

2020-07-05

काठमाडौं - यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्याक्रम विकास तथा मूल्यांकन परिषदका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन ।

विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


नब्बेको दशकमा हिन्दी तथा नेपाली चलचित्रमा एकछत्र राज गर्नु भएका लोकप्रिय स्रष्ठा इन्द्रजित मिजार पुनः प्लेब्याक सिङिङमा कम्ब्याक गर्नु भएकोछ। अमेरिकामा बस्नु हुने नेपाली कला,सहित्यप्रेमी गोलु

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जमा उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको

प्रहरीका पूर्वएआईजीलाई कोरोना संक्रमण, अख्तियार आयुक्तको परिवारमा पनि संक्रमण

काठमाडौं - नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ

प्रदेश नं २ कोरोनाको उच्च जोखिममा, धमाधम निषेधाज्ञा जारी गर्दै जिल्लाहरु

जनकपुर - लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१

ओली-प्रचण्ड बिचको भेटवार्ता बिहीबारलाई सारियो

काठमाडाैं - नेकपाका अध्यक्षद्वयको भेटवार्ता बिहीबार बिहानलाई सारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको वार्ता बुधबार ५:०० बजे निर्धारण गरिएको

कोरोना संक्रमणबाट प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु

एजेन्सी - कोरोनाभाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या बुधबार ७ लाख कटेको छ । अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा यतिबेला धेरैले ज्यान गुमाइरहेका छन् । समाचार

तीन वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको उद्धार

त्रिवेणी - तीन वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो

बुधवार काठमाडौं उपत्यकामा थपिए काेराेनाका ६२ संक्रमित

काठमाडौं - पछिल्लो २४ मा काठमाडौं उपत्यकामा थप ६२ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७ र ललितपुरमा ५ जना

सुनको मूल्यले तोलाको १ लाख नाघ्यो

काठमाडौं - सुनको मूल्य तोलाको १ लाख रूपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको भाउ तोलामा १ लाख १ हजार ४

उपत्यका भित्रने यात्रुमा कोरोना देखिएपछि नाकामा कडाई

काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाई गरिएको छ।सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या