ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी, साथमा २/२ जना सहयोगी

2020-07-05

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल चलिरहेको छ। पार्टीमा चर्किएको विवादका विषयमा उनीहरुबीच छलफल हुँदैछ।

छलफलमा ओलीनिकट नेताहरु विष्णु पौडेल र शंकर पोखरेल सहभागी छन् भने प्रचण्डनिकट नेताहरु वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन्।

स्थायी कमिटी बैठकमा अधिकांस सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो। विवादले चरम रुप लिएपछि शीर्ष तहमा छलफल भइरहेको छ।

यो छलफल निर्णायक हुने नेताहरुको विश्वास छ। आफू र राष्ट्रपतिलाई हटाउन खोजिएको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरेका थिए। प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिपछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले पनि राष्ट्रपति भेटेका छन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएको र आफूलाई पनि हटाउने षडयन्त्र भएको शनिबार मन्त्रीहरुलाई भनेपछि ओली इतरका नेताहरु आज राष्ट्रपति भेट्न पुगेका थिए। प्रधानमन्त्री ओलीले पार्टी संकटमा पुगेको ब्रिफ्रिङ गरेपछि इतरका नेताहरुले राष्ट्रपतिलाई पछिल्लो घटनाक्रमबारे स्पष्ट पारेको बताइएको छ। राष्ट्रपतिसँगकाे भेटमा नेताहरुले प्रधानमन्त्री ओलीका गलत कदमविरुद्ध साथ नदिन राष्ट्रपतिलाई आग्रह गर्दै महाअभियोग लगाउने हल्ला निराधार भएको बताएका थिए।

नेकपा स्थायी कमिटि बैठक साेमबार बस्दैछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ