बायर्न म्युनिखले जित्यो जर्मन कप उपाधि

2020-07-05

काठमाडौं - बायर्न म्युनिखले जर्मन कपको उपाधि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

बायर्न म्युनिख यसअघि बुण्डेसलिगा च्याम्पियन समेत बनिसकेको छ।

खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा सर्जी जीनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पहिलो हाफमा बायर्नलाई सोही अग्रतालाई कायम राख्यो ।

५९औं मिनेटमा लेवान्डोस्कीले बायर्नका लागि तेस्रो गोल गरे । ६३औं मिनेटमा लेभरकुजनका स्भेन बेन्डरले गोल गोल गर्दै गोल अन्तर कम पार्ने प्रयास गरे । तर ८९औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नले ४-१ को अग्रता बनायो । ९०औं मिनेटमा लेभरकुजनका काई हाभार्टले पेनाल्टीमा गोल फर्काए ।

यस जितपछि बायर्नले अपराजित यात्रालाई २६ खेलसम्म पुर्‍याएको छ । यस्तै सबैखाले प्रतियोगितामा गरी बायर्नको यो लगातार १७औं जित पनि हो । बायर्नले २०औं पटक जर्मन कप जितेको हो ।

दुई गोल गरेका लेवान्डोस्कीले यस सिजन ४४ खेलमा ५१ गोल गरिसकेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ