चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

2020-06-05

काठमाडौँ - चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्माता तथा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । तिन जना प्रतिस्पर्धीलाई पाखा लगाउंदै दाहाल २ वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त भएका हुन् ।

उनी वर्तमान चलचित्र विकास बोर्डका सदस्य समेत हुन् । केशव भट्टराईको असामयिक निधनपछि बोर्ड अध्यक्ष खालि थियो ।

मन्त्री परिषद्मा अभिनेता भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो । मन्त्रिपरिषद्ले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

बोर्ड अध्यक्षका लागि दश जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए ।

सरकारले लकडाउन कै बिचमा रिक्त रहेको बोर्ड अध्यक्ष पदका लागि आबेदन माग गरेको थियो । अध्यक्ष पदका लागि आवश्यक शैक्षिक योग्यता समेत घटाएर प्रविणता प्रमाण पत्र उतिर्ण गरि कम्तिमा २० वर्ष सिने क्षेत्रमा काम गरेको वा स्नातक गरि कम्तिमा १० वर्ष सिने क्षेत्रको अनुभव बनाइदिएको थियो । यी दुई मध्ये अघिल्लो 'रिक्वाइरमेन्ट' मा टेकेर उनि बोर्ड अध्यक्ष बन्न सफल बने ।

दाहाले फिल्म ‘दाइजो’ बाट निर्देशकिय यात्रा सुरु गरेका थिए । उनले ‘दौँतरी’, ‘ठुल्दाइ’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘म तिमी विना मरिहाल्छु’, ‘दैव’ लगायत थुप्रै सुपरहिट फिल्म दिएका छन् । अहिलेसम्म ४० भन्दा बढी फिल्मको निर्देशन गरिसकेका छन् । सिने क्षेत्रमा उनको यात्राले ३२ वर्ष पार गरेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ