महँगिने भयो डिजेल र पेट्रोल र सुन

2020-05-29

काठमाडौं - सरकारले सुनको भन्सार दर बढाएको छ। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेका हुन्। सुनसँगै डिजेल, पेट्रोल, मट्टितेलको भन्सार दर समेत फेरिएको छ।

खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनका गरगहनाको भन्सार दर वृद्धि गरिएको छ। यो सँगै अब हवाई इन्धन र एलपी ग्यास बाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहना भने महँगो हुने भएको छ ।

यसैगरी सरकारले चुरोट, सिगार, पानमसला, गुट्खाजस्ता वस्तुमा स्वास्थ्य जोखिम कर वृद्धि गरेको छ। त्यसकारण यसको अम्मलीहरूले अब अझै बढी खर्च गर्नुपर्ने भएको छ।

सरकारले करिब एक दर्जन वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाउने घोषणा समेत गरेको छ। यसका साथै औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको तुलनामा एक तह कम हुने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ।




थप समाचार


५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बजारमा बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको संसदीय ...

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा ...

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

धनुषा ।  जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा  गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ ...




ट्रेन्डिङ