सिमेन्ट उद्योगमा भिडभाड जोखिम निम्ताएको भन्दै स्थानीय आक्रोसित

2020-05-20

दिवाकर पोख्रेल
देउखुरी,जेठ । दाङको लमही नगरपालिका ७ बन्गैमा रहेको सम्राट सिमेन्टले सुरक्षा सावधानी नपनाएरै भिडभाड वढाएको भन्दै स्थानीयले बिरोध जनाएका छन । सिमेन्ट उद्योगमा सिमेन्ट ल्याउनको लागि देशैभरीबाट ठूलो संख्खामा ट्रक आउने र चालक सह चालक हरु गाउँघरमा हिंडने गर्दा सङक्रमणको उच्च जोखिम बढेको भन्दै स्थानीयले उद्योगमा जाने सडक समेत अवरोध गरेका छन् ।
स्थानीय आशिष देवकोटाका अनुसार दिनप्रतिदिन भिडभाड बढेको भन्दै सुरक्षा सर्तकताको लागि सडक बन्द गरिएको र कम्पनीलाई पूर्ण सुरक्षा सावधानी अनाउन आग्रह गरिएको बताउनुभयो । कम्पनीकै कारण गाउँ नै जोखिममा पर्ने डरले स्थानीयहरुबाट ब्यापक रुपमा विरोध भएको छ । महिलाहरुले आक्रोस पोख्नुभएको छ, कम्पनी जिम्मेवार नहुँदा समस्या भयो, देवकोटाले भन्नुभयो । स्थानीयले अहिले सङ्क्रमणको दर उच्च रहेको भन्दै तत्काललाई उद्योग बन्द गर्न आग्रह गर्दै आइरहेका छन् । सके उद्योग नै बन्द गर्नुपर्ने चलाउनै पर्ने अवस्था आए पुर्ण सावधानी अपनाउनुपर्ने स्थानीयले बताएका छन् ।

यता लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले सिमेन्ट उद्योगलाई पटक पटक पुर्ण सावधानी अपनाएर संचालन गर्न आग्रह गरिएको बताउनुभयो । सिमेन्ट उद्योगलाई पटक पटक दबाब नै दिएका छौ, भिडभाड बढाउने र गाउँमा आवतजावत गर्ने काम रोक्नुपर्छ नगरप्रमुख केसीले भन्नुभयो । उद्योग कलकारखाना सावधानी अपनाएर संचालन गर्न संघीय सरकारले भनिरहेको समयमा स्थानीय सरकारले बन्द गर्दा, संचालन भइरहेका योजना समेत प्रभावित हुने उहाँको भनाइ छ । सावधानी अपनाउन र सङक्रमण फैलिन नदिन स्थानीय सचेत हुनुपर्ने भएपनि सडकै अवरोध गर्नु जायज नहुने तर्क नगर प्रमुखको छ ।

सम्राट सिमेन्ट उद्योगका महाप्रवन्धक रेवन्त ढकालले भने उद्योगमा सावधानी अपनाएरै काम गरिएको दावी गर्नुहुन्छ । हिजो सोमबार सयौ ट्रक एक्कासी आउँदा समस्या भएको हो । त्यी ट्रकहरुलाई स्थानीयको आग्रह पछि पठाएका छौ,अब सिमित संख्यामा मात्रै रहने गरि झनै सुरक्षा सावधानी अपनाउछौ,ढकालले भन्नुभयो । स्थानीयहरुले सडक अवरोध गर्दा अहिले सिमेन्ट निर्यातको काम ठप्पै भएको उहाँले बताउनुभयो । स्थानीयको माग अनुसार हाइवेमै चेकपोष्ट राखेर सावधानी अपनाउने ढकालले जानकारी दिनुभयो ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ