लमहीमा भेटियो कुहिएको धुलैधुलो चामल, गोदाम सिल

2020-05-19

दिवाकर पोख्रेल
देउखुरी,जेठ । सामुदायिक वनले लमहीबाट राहत बाँडन लगेको चामल कुहिएको खान नमिल्ने परेपछि उपभोक्ताले फिर्ता गरेका छन् । राजपुर गाउँपालिकामा वडा नम्बर ७ बनकट्टीका स्थानीयलाई राहत वितरण गर्नको लागिलगिएको चामल गुणस्तरहिन भएको भन्दै फिर्ता लिइएको हो ।

लमहीको आर.के.सप्लायर्सले विक्री गरेको पहुेँलो बोरामा चन्दन लेखिएको चामल गुणस्तरहिन भेटिएको हो । उक्त सप्लायर्सबाट राजपुर ७ को भयरथान सामुदायिक वनले आफ्ना उपभोत्तालाई राहत वितरण गर्नको लागि १६४ बोरा चामल लगेकोमा १३२ बोरा चामल कुहीएको, मक्कीएको अवस्थामा फेला पारेपछि फिर्ता गर्नको लागि लमही ल्याइएको सामुदायिक वनका अध्यक्ष चेतबहादुर ओलीले जानकारी दिनुभयो ।


विक्रेताले सेम्बल देखाउँदा सेतो बोराबाट देखाएको विक्री गर्दा आफुहरुलाई सेतोसंगै पहेँलो बोरीमा चन्दन जातको चामल पनि मिसाएर दिएको उहाँले बताउनुभयो । एक हजार एकसय २५ रुपैयाँ प्रति बोरा मुल्य परेको उक्त चामल देख्दा कालो सडेको र धुलैधुलो देखिन्छ । अहिले उक्त सप्लायर्सको चन्दन जातको चामल राखीएको गोदाम सिल गरिएको थप अनुसन्धान पश्चात सम्बन्धित निकायले कारवाही गर्ने देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । चामल फिर्ता गराउन र आउन जाने दुवानी क्षेतीपुर्ती स्वरुप उपलव्ध गराउन सप्लायर्सको प्रोपाइटर सहमभत भएका छन् ।

प्रोपाइटर आनन्द गुप्ता र इन्द्रमणि खनालले चामल आफुहरुले नहेरेको कारण समस्या भएको बताएका छन् । विरगंजबाट आएको आर्यात गरिएको उक्त चामल आफुले अबदेखि बिक्री नगर्ने भन्दै उपभोक्तालाई क्षेतीपुर्ती उपलव्ध गराउन प्रापाइटर राजी भएका भएका हुन् । आरके सप्लायर्स खनाल किराना पसलका प्रोपाइटर इन्द्रमणि खनाल र आनन्द गुप्ताको साझेदारीमा संचालनमा छ । अहिले उक्त सप्लायर्समा रहेको ४२ बोरा चामल र फिर्ता आएको एकसय ४२ बोरा गरी एक सय ८४ बोरा चामल सहितको गोदामलाई सिल गरिएको छ । वडा प्रहरी कार्यालय,उद्योग बाणिज्य संघ,पत्रकारको रोहबरमा मुचुल्का उठाएर गोदाम सिल गरेर अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिनुभयो । अहिले बन्द गरेर अनुसन्धान थालिको छ, दोषि भेटिए कारवाही हुन्छ,उहाँले भन्नुभयो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ