अध्यक्ष ओली नआउने भएपछी नेकपा स्थायी कमिटी बैठक स्थगित

2020-05-13

काठमाडौं - बुधबार बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सहभागी हुन नसक्ने भनेपछि बैठक स्थगित भएको छ।

‘महामारी धेरै बढ्यो। मेरो स्वास्थ्यमा पनि समस्या भयो’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, 'म बैठकमा आउँदिनँ। तपाईंहरु नै चलाउने भए चलाउनुस्। मचाहिँ उपस्थित हुन्न।'

उनका अनुसार, प्रधानमन्त्रीले आफूलाई सन्चो नभएको र बैठक-बैठक भन्ने प्रवृत्ति पनि मन नपरेको बताएका थिए।

बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा देशभरबाट स्थायी कमिटी नेताहरु आउनुपर्ने भएकाले स्थागित गरिएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘कोरोना महामारीको प्रकोप बढ्दै गएको छ। देशभरबाट नेताहरु आउँदा थप संक्रमण बढ्ने देखेपछि स्थागित भयो’, उनले भने।

यस अघि २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाइए पनि बैठकमा पेश गर्ने एजेण्डामा विवाद हुँदा स्थगित भएको थियो। आजको बैठकमा सीमा विवाद र बजेटका विषयमा एजेण्डा तय गर्ने सहमति भएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ