मजदुर दिवसमा श्रमिककै घरमा पुगेर राहत

2020-05-01

देउखुरी समाचारदाता, देउखुरी - अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मजदुरकै घरमा पुगेर राहत वितरण गरिएको छ । दाङको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले मजदुरलाई राहत वितरण गरेको हो । लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाएर छाकै बस्न थालेका मजदुरलाई राहत स्वरुप खाद्यान्न बितरण गरिएको हो ।

खानेपानी संस्थाले लमही नगरपालिका वडा नम्बर ३ टिकुलिगढ निवासी रिक्सा चालक गरभु चौधरी र सोही ठाउँकै दिर्घरोगका कारण समस्यामा परेकी कमला चौधरीलाई राहत बितरण गरिएको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सनम पौडेलले जानकारी दिनुभयो । जसमा ५० किलो चामल ,१० लिटर तेल तथा ४ किलो दाल सहयोग गरि बितरण गरिएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ