बेलायतमा कोभिड-१९ विरुद्धको खोपको मानिसमा परीक्षण

2020-04-24

एजेन्सी - बेलायतमा कोभिड–१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ। बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड-१९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो। युरोपकै पहिलो परीक्षणअन्तर्गत पहिलो दिन दुई स्वास्थ्य स्वयंसेवकले खोप लिएका छन्।

अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्‍युट टिमकी प्राध्यापक सारा गिल्बर्टले आउँदो मे मध्यसम्ममा ५ सयसम्म स्वयंसेवीहरुमा उक्त खोप परीक्षण गर्ने योजना रहेको बताइन्। उक्त खोपको परीक्षण सफल हुनेमा आफू पूर्ण आशावादी रहेको उनले बताएकी छिन्।

मानव परीक्षणको प्रारम्भिक नतिजा सेप्टेम्बर महिनासम्ममा प्राप्त हुने अनुसन्धानकर्ताहरुले आशा गरेका छन्। बीबीसीका अनुसार, खोप लिनेमध्ये एकजना स्वयंसेवक एलिसा ग्रानाटोले आफू वैज्ञानिक भएकाले सम्भव भएसम्म खोप विकासको वैज्ञानिक प्रक्रियामा सहयोग गर्न चाहेको बताएकी छन्।




थप समाचार


कोरोनाको मनोवैज्ञानिक त्रासबाट कसरी बच्ने ? यस्ता छन् विज्ञका सुझाब !

कोरोनाको मनोवैज्ञानिक त्रासबाट कसरी बच्ने ? यस्ता छन् विज्ञका सुझाब !

चितवन - कोरोनाको संक्रमण बढ्दै गर्दा संक्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्छ। समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन्। कोरोना संक्रमणका ...

कोरोनबाट हालसम्म चीनमा १ हजार १ सय १३ को मृत्यु, ४४ हजार बढी संक्रमित

कोरोनबाट हालसम्म चीनमा १ हजार १ सय १३ को मृत्यु, ४४ हजार बढी संक्रमित

एजेन्सी - चीनमा देखा परेकाे काेराेना भाइसका कारण मृत्यु हुनेकाे संख्या १ हजार १ सय १३ पुगेकाे छ। याे भाइरसबाट चीनमा मंगलबारसम्म ४४ हजार ६ ...

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो

एजेन्सी - २०१९ को अन्त्यतिरबाट फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। मंगलबारसम्ममा १ हजार १६ जनाको उक्त भाइरसबाट संक्रमित भई मृत्यु ...




ट्रेन्डिङ