युरोपमा तिब्र गतिमा फैलिंदै कोरोना, इटालीमा एकै दिन तीन सय ६८ को मृत्यु

2020-03-17

एजेन्सी - इटालीमा कोरोना (कोभिड–१९) बाट एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । कोरोना फैलिएपछि इटालीमा आइतबार एकै दिन अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको हो । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ । चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित इटाली बनेको छ ।

कोरोनाको केन्द्र युरोप
पछिल्लो समय कोरोनाबाट सम्पूर्ण युरोप नै प्रभावित छ । युरोपमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३ सय नाघेको छ । कोरोनाबाट अहिलेसम्म स्पेनमा २९७ जना र फ्रान्समा १२७ को मृत्यु भएको छ । स्पेनमा ८,७९४ र फ्रान्समा ५,४२३ जनामा संक्रमण देखिएको छ । बेलायतमा पनि कोरोनाबाट एकै दिन ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । आइतबार १४ जनाको मृत्यु भएपछि मृतकको संख्या ३५ पुगेको छ । स्विट्जरल्यान्डमा पछिल्लो २४ घन्टाभित्र संक्रमितको संख्या ८०० बाट २,२०० पुगेको छ । त्यहाँ अहिलेसम्म कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । त्यस्तै, स्विट्जरल्यान्ड १५, नेदरल्यान्ड २०, नर्वे ३, बेल्जियम ५ र स्विडेनमा ६ जनाको मृत्यु भएको छ ।

कोरोनाले विश्वभर साढे ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । संक्रमण रोक्न युरोपेली मुलुकका सरकारलाई अझ बढी उपाय अवलम्बन गर्न बाध्य बनाएको छ । कोरोना भाइरसबाट प्रभाविता फ्रान्स र स्पेनमा पनि क्याफे, पसल तथा रेस्टुरेन्ट बन्द गरिएका छन् । फ्रान्सले अति जरुरीबाहेक व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा कडाइ गरेको छ । बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ । बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुसरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ । नेदरल्यान्ड्स सरकारले नयाँ कोरोना भाइरसको संक्रमणको खतरा औँल्याउँदै देशका सबै स्कुल, बार, रेस्टुरेन्ट, यौन क्लब र क्याफेहरू बन्द गर्न आदेश दिएको छ ।

अस्ट्रियाले पाँचभन्दा बढी व्यक्ति भेला हुन आइतबार प्रतिबन्ध लगाएको छ । नर्वेले शनिबारदेखि नै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरिसकेको छ । पोर्चुगलले पनि कोरोना भाइरसको विस्तार रोक्न १०० भन्दा बढी व्यक्ति भेला नहुन आदेश दिएको छ । अस्ट्रेलिया र न्युजिल्यान्डले विदेशबाट आउने जोकोहीले दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने जनाएका छन् । अधिकांश युरोपेली मुलुकले विदेशीको यात्रा प्रतिबन्ध लगाएका छन् । कोरोनाले विश्वका सबै क्षेत्रहरूमा असर पारेको छ । खेल र सांस्कृतिक कार्यक्रम रद्द भएका छन् भने सेयर बजार ओरालो लागेको छ । कोरोनाबाट विश्वभर ६ हजार ६६४ जनाको मृत्यु भएको छ भने एक लाख ७३ हजार ९३० जना संक्रमित छन् । यो रोग विश्वका १५८ मुलुकमा देखिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ