कोरोना संक्रमितको उपचारका लागि एक सय २० आइसियू बेड थपिँदै

2020-03-16

काठमाडौँ - सरकारले कोरोना संक्रमितको उपचारका लागि उपत्यकामा १२० शैय्याको आइसियू थप गर्ने भएको छ । टेकु अस्पतालमा ४०, सशस्त्र प्रहरी अस्पताल, वीर, पाटन र सैनिक अस्पतालमा २०–२० शैय्याको आइसियू बनाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी आइसियू कोरोना संक्रमितका लागि मात्रै प्रयोग हुनेछन् ।

आइसियू सेटअपका लागि सशस्त्र प्रहरी अस्पतालले मन्त्रालयसँग सात करोड ६४ लाख ७४ हजार सात सय रकम मागेको छ । त्यस्तै, वीरले ११ करोड ९० लाख र पाटनले सात करोड ६४ लाख ७४ हजार सात सय बजेट मागेको छ । टेकु अस्पतालले ४० मध्ये तत्काल दश शैय्या थप्न सात करोड ५० लाख मागेको छ । त्यही रकमले आवश्यक जनशक्ति पनि थप गर्ने उसको प्रस्ताव छ ।

सैनिक अस्पतालले भने २० शैय्याको आइसियू तयार पार्न अर्थ मन्त्रालयबाट सीधै बजेट पाउनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै अस्पताललाई प्रक्रिया अघि बढाउन निर्देशन भइसकेको छ । एक हप्ताभित्र टेन्डर गर्ने तयारी छ ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक जनशक्ति पनि थप्ने भएको छ । छात्रवृत्तिमा सरकारी तथा निजी क्षेत्रमा अध्ययन गरिरहेका बिएन नर्सहरूलाई उपचारमा खटाइनेछ । स्वास्थ्य मन्त्रालयले उनीहरूलाई सोमबारदेखि तालिम दिने भएको छ ।

अब श्वास–प्रश्वासका गम्भीर बिरामीको पनि कोरोना परीक्षण गरिने
आइसियूमा भर्ना भएर उपचार गराउने कडा प्रकारको श्वास–प्रश्वाससम्बन्धी रोगका बिरामीको पनि अब कोरोना परीक्षण गरिने भएको छ । यस्ता बिरामीमा कोरोना भाइरस हुन सक्ने आशंकामा परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनमा हालै गरिएको अध्ययनले कडा प्रकारको श्वास–प्रश्वासको समस्याले पनि कोरोना भाइरसको संक्रमण हुन मुख्य भूमिका खेलेको देखाएको छ । ५५ हजारभन्दा बढी संक्रमितमा गरिएको अध्ययनमा १८ प्रतिशतमा कडा प्रकारको श्वास–प्रश्वास समस्या देखिएको थियो । त्यस्तै, ८८ प्रतिशत संक्रमितमा ज्वरो, ६७ प्रतिशतमा सुक्खा खोकी, ३८ प्रतिशतमा थकान, ३३ प्रतिशतमा खकारसहितको खोकी र १४ प्रतिशतमा घाँटी दुख्ने समस्या पाइएको थियो ।

पछिल्लो समय नेपालमा पनि कडा प्रकारको श्वास–प्रश्वाससम्बन्धी रोगका बिरामी बढेपछि सचेतना अपनाउन उनीहरूको कोरोना परीक्षण गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ पुसदेखि फागुनसम्म दुई हजार ६ सय २७ बिरामीले आइसियूमै भर्ना भएर उपचार गराएका छन् । उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ । देशभरका एक सय १८ अस्पतालका आइसियूमा भर्ना भएका बिरामीको तथ्यांक संकलन गरिएको महाशाखाका तथ्यांक अधिकृत कृष्ण पाण्डेले बताए ।

नेपालमा अहिलेसम्म श्वास–प्रश्वासमा समस्या भएर आइसियूमा भर्ना भएका बिरामीको कोरोना परीक्षण गरिएको छैन । तर, अब काठमाडौंका दश अस्पतालको आइसियूमा भर्ना भएका यस्ता बिरामीको कोरोना परीक्षण अनिवार्य गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर, पाटन, वीरेन्द्र सैनिक, शिक्षण, नर्भिक, ग्रान्डी, बयोधा, ह्याम्स र नेपाल मेडिसिटी अस्पतालको आइसियूमा भर्ना भएका श्वास–प्रश्वाससम्बन्धी रोगका बिरामीको कोरोना परीक्षण गरिने उनले बताए । कडा प्रकारको श्वास–प्रश्वाससम्बन्धी बिरामीमा श्वास छिटोछिटो लिने अथवा श्वास लिन गाह्रो हुने, घाँटी र करङबीचको पेटको मांसपेशी भित्रबाहिर गर्ने, हात काम्ने, बेसुर हुने, जिब्रो र हातको औँला नीलो हुने, बेहोस हुनेलगायतका लक्षण देखिन्छन् ।

सातै प्रदेशमा उच्चस्तरीय ल्याब सञ्चालन गरिने
सरकारले सातवटै प्रदेशमा उच्चस्तरको (बिएसएल टु) ल्याब खोल्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आइतबार सातवटै प्रदेशप्रमुखसँग नियन्त्रणका लागि भइरहेको पूर्वतयारीबारे छलफल गरेको छ । समितिले स्वास्थ्य निगरानी र प्रयोगशालालाई सुदृढीकरण गर्दै लैजाने निर्णय गरेको छ । प्रयोगशाला परीक्षणलाई व्यवस्थित गर्न हरेक प्रदेशमा बिएसएल टु ल्याब स्थापना गरिने समितिका सदस्यसचिव नारायणप्रसाद बिडारीले बताए ।

अहिले उच्चस्तरको ल्याब काठमाडौंमा मात्रै छ । जसले गर्दा माहामारीजन्य रोगको ल्याब परीक्षणका लागि देशभरबाट नमुना काठमाडौ ल्याउनुपर्छ । त्यस्तै, मास्क र सेनिटाइजरजस्ता अत्यावश्यक सामान विदेशबाट खरिद गर्न प्रक्रिया अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ ।

 

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौँ - चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्माता तथा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । तिन जना प्रतिस्पर्धीलाई पाखा लगाउंदै दाहाल २ वर्षका लागि

जेठ २५ गतेबाट छोटो दुरीका र असार १ बाट लामो दुरीमा सवारी चलाउन दिने समितिको प्रस्ताव

काठमाडौं - कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन

आरडिटीमा नेगेटिभ देखिएपछि घर फ़र्काइएका युवाको कोरोनाले मृत्यु, ११ पुग्यो संख्या

सुर्खेत - बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको छ। १४ दिन क्वारेन्टिनमा बसेका उनको र्‍यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना भाइरस

लकडाउन मोडालिटीको कार्ययोजना बनाउन समितिलाई मन्त्रिपरिषदको निर्देशन

काठमाडौँ - प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको लकडाउनको मोडालिटीबारे छलफल भएको छ। बैठकले लकडाउन मोडालिटीबारे २/४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण

शुक्रवार पछिल्लो २४ घन्टामा थपिए २७८ कोरोना संक्रमित

काठमाडौँ - नेपालमा पछिल्लो २४ घन्टामा २७८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार बिहीबार विभिन्न जिल्लामा २७८ जना संक्रमित