पोखरामा गुरुङ चलचित्र 'फिच्यो' को 'उत्साहजनक ओपनिङ्ग', दर्शकले हल खचाखच !

2020-03-15

पोखरा - बिकास गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र 'फिच्यो' अर्थात 'कान्छी छोरी'को पोखरामा 'ग्र्याण्ड ओपनिङ्ग' भएको छ । पोखराको बाराही चलचित्र मन्दिरमा गरिएको 'ओपनिङ्ग सो' मा दर्शकले खचाखच हल भरिएको थियो ।

रेड ओसियन ईन्टरटेन्मेन्टले निर्माण गरेको गुरुङ समुदाय भित्रको कथा बोकेको चलचित्रलाइ निर्देशक स्वयंले लेखेका हुन् । पोखराबाट चलचित्रको प्रदर्शनी थालेको युनिटले क्रमसः देश तथा बिदेशमा गर्दै जानेछ ।

गुरुङ समुदायको रितिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको चलचित्रलाई नेपाल र विश्व भरि छरिएर रहेका नेपाली समुदाय बिच क्रमशः प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रको मुख्य भूमिकामा विश्वास गुरूङ, ईन्द्र घले(काशी)का अलावा टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ , पेम्बा छिरिड० सेर्पा, सिर्जना गुरुङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

यसैगरि चलचित्रको छायांकन: प्रकाश गुरुङ (काश), संगीत: सन्ताेष श्रेष्ठ र गणेश गुरुङ, गितकार डा. धर्म राज उपाध्याय र केर सिङ गुरुङको रहेको छ भने मुख्य सहायक निर्देशक साेम गुरुङ हुन् । फिल्मको एडिटिंग सुपरभिजन तारा थापा, कलर श्याम कुँवर र ब्याक ग्राउण्ड स्कोरिंग सम्राट थापाले गरेका हुन् ।

चलचित्रका निर्माताहरू शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धि माया गुरुङ (ईराक), र अभिनाश यम.जि (मांगसुम) रहेका छन् ।

चलचित्रमा 'गुरुङ समाज भित्र बिध्यमान अस्थिरताले कर्मठ र जेहेन्दार युवालाई कसरि असर पुर्याउँछ र फलतः समाज कसरि थप अस्थिर र असम्बृद्ध बन्न पुग्छ' भन्ने देखाउन खोजिएको छ । पछिल्लो समय गुरुङ समुदायभित्र चलेको बहस 'घले गुरुङ हो कि छुट्टै हो ?' भन्ने विषयलाई द्वन्द्वको मुख्य विषयको रुपमा उठान गरेको छ ।

एकता र भाइचाराको अभाबमा गुरुङ समुदाय भित्र विकास र सम्बृद्धको सवालमा पर्न गएको असर प्रस्तुत गर्दै विश्वभरका गुरुङहरु भावनात्मक रुपले एकाकार भए मात्रै समग्र समुदायको विकास, संस्कृतिको जगेर्ना तथा संरक्षण सम्भब हुने भन्दै विश्वभरका गुरुङहरु एक होऔं भन्ने संदेश दिन खोजिएको छ ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ