पुस्तक समिक्षा : कसलाई आफ्नो भन्ने ?

2020-03-14

लेखक –अशोक शोकी

 

पुस्तक समीक्षा –अन्जना पौडेल “अनुश्रुति”

अशोक शोकी शुरुवातमा भन्छन् –नारी प्रकृतिको प्रतिक हो, शक्ति हो,भक्ति हो,सृष्टि हो ,दुरदृष्टि हो । पुरुष नारीमा जस्तै व्यक्ति व्यक्तिमा आत्माको भिन्नता रहन्छ । हरेक नारीले आफ्नो महत्व बुझ्नु पर्छ र समाजले पनि त्यहि अनुसार व्यवहार गर्नु पर्दछ । पुरुषको जीवन संघर्षबाट शुरु हुन्छ, नारीको जीवन समर्पणबाट शुरु हुन्छ ।

नारी दयामय भए सुधामय हुन्छ
नारी कृपालु नभए बिषालु हुन्छ
नारी जीवनमयी सङ्गम दिन सक्छन्
नारीकै कारण महाभारत युद्ध हुन्छन्

नारी पुरुष एक रथका दुइ पाङ्ग्रा हुन्, त्यसैले दुबैको अश्तित्व पृथ्वीमा अपरिहार्य छ । आमा भन्ने शव्द नैं महान् छ ,आमा देवी हुन्, क्षमा हुन् ।

अहिलेको युगमा नारी पुरुष आ–आफ्नो मर्यादामा बस्न सके घर परिवार,समाज र देशको सान उच्च स्थानमा रहन्छ ।

लेखेको कस्तो भयो हेरिदिनुस्, सुनिदिनुस् न अन्जना जी । अशोक शोकीज्यूले यस्तो भन्नु भएपछि धेरै समय दिन नभ्याए पनि फुर्सदमा हेर्ने, सुन्ने गर्दथे । कीर्तिपूर, उहाँको घरमा जाँदा ममतामयी आमा र उहाँको श्रीमती विश्वलक्ष्मी जीको स्वागत सत्कार र ममताले सानी बच्ची जसरी दंग पर्दर्थे । आमाले संधैं आर्शिवाद दिनु हुन्थ्यो–सबैभन्दा माथी पुग्नु छोरी, मेरा आँखा खुसीले रसाउँथे आर्शिवाद पाएर ।

कसलाई आफ्नो भन्ने निबन्घ संग्रहमा शोकीले यथार्थताको घरातललाइ टेकेर बिभिन्न पौराणीक पात्रहरुको माध्यमबाट आध्यात्मिकता दर्शाएका छन् । आफ्ना निवन्धका हरेक बिषयबस्तुहरुमा केही न केही सन्देश दिएका छन् जीवन र जगतको ।

कमल रिजाल भूमिकामा व्यक्त गर्नुहुन्छ – लेख–निवन्ध सबै उम्दा कोटीका छन् । रामायण ,महाभारत,गीता,योग वसिष्ठ, रामायण जस्ता दार्शनिक ग्रन्थहरुमा उद्घाटित विचार र सिद्घान्तका आधारमा प्रश्तुत भएका छन् शोकी ।

राष्ट्रकवि माधव प्रसाद घिमिरे ,महाकवि देवकोटा,नाटककार वालकृष्ण सम र कवि शिरोमणि लेखनाथ पौडेल जस्तै शोकी पनि आध्यात्मकै वरीपरी घुमेका छन् । राजनैतिक चेत पनि त्यति नैं दखिन्छ उनमा, किनकी राजनीति आजकल फोहोरी खेल भएकोमा चिन्ता व्यक्त गर्दछन् । राजनीतिमा स्वार्थको खेल देखेर वाक्क दिक्क मान्दछन् । उनी काठमाण्डौको सम्भ्रान्त परिवारमा जन्मिएका भए पनि मनमा स्वार्थ बोकेका लेखक होइनन् ,मनका धनी लेखक हुन् ।

२०७६ कार्तिक ९ गते राष्ट्रिय सभागृहमा शताव्दी पुरुष सत्यमोहन जोशीले “कसलाई आफ्नो भन्ने” समेत गरी ५ कृतिहरु लोकार्पण गर्नु भयो । एकसाथ बजारमा आएका उनका कृतिहरुमा ”पालुवाको बैंस“, “कसलाई आफ्नो भन्ने, “अन्तर्मनको दृष्टि”, “उषाको प्रभात”, ”जि धेधेय चूल“ रहेका छन् । जि धेय चूल नेवारी भाषाको कृति हो । संस्कृतिविद सत्यमोहन जोसीले पुस्तक विक्री नहुने अहिलेको समयमा पुस्तकमा लगानी गरेकोमा शोकीको उक्त साहस र हिम्मतलाइ मुक्त कण्ठले प्रसंसा गरे ।

जोशीले शोकीको लेखनलाइ जोड्दै चिनका एकजना किसानले लेखेको किताव कसरी नोबेल पुरस्कार पायो भन्ने बारे बयान गरे । आफ्नै देशमा कसैले नचिनेको व्यक्ति कसरी आफ्नो कितावको अनुवादको माध्यमबाट विश्व चर्चित भए भन्ने प्रसंग बताए ।

कार्यक्रममा बोल्दै शोकीका साथी विशेष अतिथी वरिष्ठ चलचित्रकर्मी निर शाहले नेपाल संवतको शुभकामना दिदैं शोकीका बिभिन्न विधाका पुस्तकहरुले नेपाली भाषा ,साहित्यमा कोशेढुँगा सावित हुन सक्ने बताए ।

कस्लाइ आफ्नो भन्ने पुस्तकको भूमिकामा साहित्यकार जयदेव भट्टराइ लेख्नुहुन्छ–लेखनमा उहाँको महत्वाकाँक्षा छैन, विनम्रता भेटिन्छ, बौद्घिक प्रसंगलाइ कथात्मक पाराले प्रश्तुत गर्दै गहन विषयलाइ सरल रुपले प्रश्तुत गर्नु भएको छ ।

लेख्दै नलेख्ने व्यक्तिलाइ पनि जवरजस्ती लेखक,कवि र साहित्यकार बनाएर आफैं लेखिदिएर किताव छाप्न लगाउने मिडियाकर्मीहरुले उचालेको यो समयमा नातावाद, जातीवाद र कृपावादले स्थान लिएको देख्दा दुःख लाग्छ । बास्तवमा लेख्ने लेखकहरुको खोजी खै गर्न सकेको मिडियाले ? पैसाले सबैथोक किन्न सकिएला इमान किन्न सकिदैन । उचालेको कुकुरले कहिले सम्म मृग मार्ला र ?

मिडियाबाट पर रहेका शोकीमा केही नयाँ लेखी रहने हुटहुटी जागी रहन्छ । असल श्रीमती र ममतामयी आमाको काखमा आफूलाइ भाग्यमानी महसुस गर्दछन् । बडो सरल ढंगले आफ्ना विचार र भावनाहरु शव्दहरु मार्फत् व्यक्त गर्दछन् । अरुलाइ सहयोग र सम्मान गर्न जान्ने सम्मानित र सरल जीवन जीउने लेखक हुन् ।
संगीतका पनि मर्मज्ञ उनले भारतबाट संगीत पढेर गीत संगीतमा पनि सेवा गरिरहेका छन् । भैसीको कपाल,दानबाट हैरान,मुक्तिको प्रसाद,कसलाई आफ्नो भन्ने, सफलताको प्रमाणपत्र,युद्घ विनाको जीत आदि गरी जम्माजम्मी २३ लेख ,निबन्धहरु रहेका छन् । पुस्तकलाइ निबन्धको नाम दिइएतापनि सबै लेखहरु निबन्धको परिधीभित्र अटाउन सकेका छैनन् ।

बिभिन्न स्थानबाट पुरस्कृत भएका शोकी यती धेरै क्षमता र सम्पन्न भएर पनि किन शोकी लेख्छन् त ? संसारमा कोही मानिस पनि सबै कुराले पूर्ण हुँदैन, उनको निजी जीवनशैली नजिकबाट नियाल्दा सन्तान सुख प्राप्त गर्न नसकेकोले मनमा ठूलो पिडाको भारी बोकेका छन् र शोकी लेख्छन् भन्ने अनुमान गर्न सकिन्छ ।

सायद यसैको परिणाम हो पाँच बिभिन्न विषय, स्वाद र भाषाका सृजनाहरु एकैसाथ प्रकाशन गरेका छन् सन्तानका रुपमा । यस्तो महान् कार्यमा उनकी श्रीमतीले साथ दिइरहेकी छन् । त्यसैले भन्नु मन लाग्छ यी पुस्तकहरु उनको मात्र सन्तान होइनन् , दुबैजनाका हुन् । सलाम छ यो जोडीलाइ ।

अशोक शोकीले यस अघि पनि ३ वटा पुस्तकहरु प्रकाशन गरिसकेका छन् । शिखर समुन्द्र अफसेट बाट प्रकाशित यस पुस्तकको प्रकाशकमा पुष्प सदनका संस्थापक महेश श्रेष्ठ रहनु भएको छ । यो पुस्तकमा जम्माजम्मी ७८ पेज रहेका छन् । बजार मूल्य रु २०० रहेको छ ।

 




थप समाचार


इन्धन उर्जा खपतमा विविधीकरण रणनीति: विश्वव्यापी अवस्था र नेपाल आयल निगमको भावी कार्यदिशा

दिपक प्रसाद घिमिरे
इन्धन उर्जा खपतमा विविधीकरण रणनीति: विश्वव्यापी अवस्था र नेपाल आयल निगमको भावी कार्यदिशा

विश्वव्यापी तेल उत्पादक राष्ट्रहरुको साझा संस्था ओपेकमा आबद्द रहेका अल्जेरिया र साउदी अरेबिया जस्ता मध्य पूर्व र उत्तर अफ्रिका लगायत धेरै तेल र ...

भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ : डा. भगवान कोइराला

भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ : डा. भगवान कोइराला

नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवान् नै मान्दछन् ...

मेरो मत किन बालेनलाई ?

मेरो मत किन बालेनलाई ?

वैशाख ३० गतेको स्थानीय निकायको चुनावले नेपालमा राजनीतिक माहोल तताएको छ। राजनीतिक दलहरुले गरिरहेका घरदैलो, सामाजिक संजाल र संचार माध्यमहरुमा यसको चर्चाले राजनीतिमा चासो नभएका ...




ट्रेन्डिङ