बुधबारसम्म प्रधानमन्त्रीको सम्भवतः डिस्चार्ज

2020-03-10

काठमाडौँ - दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी भएको छ । गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार देखिएपछि बुधबारसम्म डिस्चार्ज दिने तयारी भएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

उनका अनुसार शल्यक्रियापछि पिसाब फेर्न सहज गर्न राखिएको ‘क्याथेटर’ (पाइप) सोमबार झिकिएको छ । पेटमा राखिएको ‘डे«न’ (पाइप) मंगलबार झिकेपछि बुधबार डिस्चार्ज हुने उनले बताए । शल्यक्रियापछि रसाउने रगत र पानीको मात्रा बाहिर निकाल्न क्याथेटर र ड्रेन राखिन्छ ।

सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जनाएको छ । नियमित खानपानसँगै प्रधानमन्त्री दैनिक हिँडडुल र व्यायाममा रहेको अस्पतालले जनाएको छ । ‘उहाँ (प्रधानमन्त्री)को स्वास्थ्यमा सन्तोषजनक सुधार आएको छ,’ अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए । मिर्गौला दान दिने समीक्षा संग्रौलाको ल्याब सूचक पनि राम्रो रहेको खड्गाले बताए ।

सामान्यतः मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिलाई पाँच दिनमा डिस्चार्ज दिइन्छ । तर, प्रधानमन्त्रीलाई संक्रमणको जोखिम भएकाले चिकित्सकले केही दिन बढी राखेका हुन् । संक्रमणकै जोखिमका कारण चिकित्सक र स्वास्थकर्मीको टोलीबाहेक बाहिरी व्यक्तिलाई भेट्न दिइएको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ