ठगी आरोपमा अनमोलको प्रष्टीकरण : खासमा कुरा यस्तो हो ! 'एडभान्स' फिर्ता दिन तयार छु'

2020-03-09

काठमाडौं - नायक अनमाेल केसीले फिल्म 'धुपौरे'को टिमसँग एड्भान्स रकम लिएको तर ठगी नगरेको दाबी गरेका छन्। ठगीको आरोपमा प्रहरीमा उजुरी परेको एक साता बढी माैन बसेका उनले आइतबार फेसबुक पेजमा प्रष्टीकरण राख्दै सो टिमसँग ५ लाख लिएको तर पछि फिल्मको कथा चित्त नबुझेपछि पैसा फिर्ता लैजान भन्दा नमानेकाे दाबी गरेका छन्।

नायक केसीविरुद्ध जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले महानगरीय प्रहरी परिसर काठमाडाै‌मा ठगीको उजुरी दिएका थिए। उनीहरुले 'फिल्म खेल्छु भनेर लिएको तर फिल्म पनि नखेलेको र पैसा पनि फिर्ता नदिएको' भन्दै निवेदन दिएपछि प्रहरीले छलफलका लागि केसीकाे खोजी गरे पनि उनी प्रहरी कार्यालय गएका थिएनन्।

स्क्रिप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइनभन्दा धेरै फरक थियो। मैले निर्माता निर्देशकलाई स्क्रिप्टमा थप काम गर्न आग्रह गरें। स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऔं भन्नु के मेरो गल्ती हो र? तर उहाँहरूले त्यही स्क्रिप्टमा सुटिङमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन्। यही कुरामा मत बाझियो र यही स्क्रिप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईंहरूको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरूले लिन मान्नु भएन। र, अहिले अचानक उल्टो ममाथि ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु,' फेसबुक स्टाटसमा उनले लेखेका छन्।

आफूले एडभान्स लिएको रकम जुनसुकै समयमा फिर्ता दिन तयार रहेको समेत उनले बताएका छन्।

फेसबुकमा केसीले राखेको प्रष्टीकरण जस्ताको तस्तै :
म अनमोल केसी, म र मेरो फिल्म मन पराउनु हुने दर्शक तथा शुभचिन्तक एवं सञ्चारकर्मी मित्रहरु। म चलचित्र “ए मेरो हजुर ४” सुटिङ्गको सिलसिलमा व्यस्त भई काठमाण्डौ बाहिर भएको बेलामा म माथी ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडियामार्फत सुनें र स्तब्ध भएको छु। यो कुराको स्पष्टीकरण म मिडियाकर्मी मित्रहरुको सामु उपस्थित भएरै दिन चाहन्थें तर म अहिले सुटिङ्गको क्रममा काठमाण्डौं बाहिर रहेकाले यही मार्फत आफ्नो कुरा राख्न चाहन्छु।

करीब ३,४ महिना पहिला “धुपौरो” नामक सिनेमाको साइन गरेको थिएँ। फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ्ग अमाउण्टको रुपमा रु. ५ लाख दिनु भएको थियो। यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु। “धुपौरो” साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ। स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो। मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें। स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र ? तर उहाँहरुले त्यही स्क्रीप्टमा सुटिङ्गमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन्। यही कुरामा मत बाझियो र यही स्क्रीप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईँहरुको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरुले लिन मान्नु भएन। र, अहिले अचानक उल्टो म माथी ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु।

अहिले पनि उहाँहरुले मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नुहुनेछ। मैले यसो भनिरहदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रीप्ट नपढी किन फिल्म साइन गरेको त ? मैले माथी नै भनिसकें कि नेपाली फिल्म इन्ड्रष्टी सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन्। मैले फिल्मको स्क्रीप्टमा थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो र म सुटिङ्गको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुखी भएको कुरा अवगत गराउँदै वहाँहरुसँग एडभान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु।




थप समाचार


क्युबाली नेता राउल क्यास्ट्रोद्वारा पद त्यागको घोषणा, युवालाई नेतृत्व सुम्पिने

क्युबाली नेता राउल क्यास्ट्रोद्वारा पद त्यागको घोषणा, युवालाई नेतृत्व सुम्पिने

काठमाडौं - क्युबा कम्युनिस्ट पार्टीका नेता राउल क्यास्ट्रोले पार्टी महासचिव पदबाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै क्युबामा क्यास्ट्रो परिवारको ६० वर्ष लामो शासन ...

सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने कानुन ल्याइंदै

सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने कानुन ल्याइंदै

काठमाडौं- सामाजिक सञ्जालमा विकृति फैलिएको ठहर गर्दै सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०७७ ल्याउने भएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका सञ्चार तथा सूचना ...

नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधानबारे थप कुरा !

नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधानबारे थप कुरा !

लामो समयको द्वन्द्वपछि द्वन्द्वको स्थायी समाधानको दस्तावेज स्वरुप राष्ट्रिय सहमतिमै नेपालको वर्तमान संविधान बनेको हो र त्यो संविधान समाजवाद उन्मुख भनिएको पनि छ ! अझ ...




ट्रेन्डिङ