शान्ति मिसनको 'कोटा' घट्दै गएपछि प्रहरीमा जीविकोपार्जनको 'सकस'

2020-03-09

काठमाडौं - नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु ग¥यो। तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ। प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने धेरैको इच्छा देखिन्छ। तर, पछिल्लो समयमा शान्ति मिसनको संख्या ह्वात्तै घटेको छ। प्रहरी मुख्यालयको अभिलेखअनुसार २०४८ फागुनदेखि हालसम्म आठ हजार तीन सय २० जना शान्ति मिसनमा गएको देखिन्छ।

यो अवधिमा ४८ जना प्रहरी वरिष्ठ उपरीक्षक, एक सय ९६ जना प्रहरी उपरीक्षक, डिएसपी आठ सय ४७ जना, प्रहरी निरीक्षक एक हजार दुई सय ६५ जना, प्रहरी नायब निरीक्षक एक हजार सात सय १७ जना, प्रहरी सहायक निरीक्षक एक हजार एक सय २७ जना, प्रहरी हवल्दार एक हजार ६ सय ३३ जना, प्रहरी जवान एक हजार चार सय ६३ जना र फलोअर्स एक सय ९४ जनाले मिसन गएको देखिन्छ।

१७ वटा मुलुकमा शान्ति मिसनमा गएको प्रहरी अहिले जम्मा पाँचवटा मुलुकमा मात्रै सीमित रहेको देखिन्छ। फर्म पुलिस युनिट (एफपीयू) मा जाँदा प्रहरीले वार्षिक १५ लाख रुपैयाँ बचत गर्छन्। अर्को युएनले अफिसर तोकेरै माग्दा एसएसपी, एसपी र डिएसपीसम्मको दर्जा मिसनमा जाँदा वार्षिक झन्डै ७० देखि ८० लाख रुपैयाँसम्म बचत गर्छन्। युगोस्लाभिया, स्लोभानिया, बोस्निया, कोसोभो, कम्बोडिया, मोजाम्बिक, नेदरल्याण्ड, रुवाण्डा, इराक, पूर्वी टिमोर, सिरियालोन, कंगो, अफगानिस्तान, लाइबेरिया, हाइटी, सुडान, आइभरिकोष्ट, सोमालिया, इटाली र मालीमा पुगेको प्रहरीको शान्ति मिसन टोली अहिले खुम्चिएर सुडान, कंगो, सोमालिया, डार्फर र मालीमा मात्रै सीमित छ। शान्ति मिसनको संख्या घट्दै गएपछि प्रहरीको आकर्षणसमेत घट्दै गएको देखिन्छ।

प्रहरी मुख्यालयमा भेटिएका एक प्रहरी अधिकृतले भने, ‘अब मिसन पनि घट्यो, बढुवा हुन र राम्रो स्थानमा सरुवा हुन कि हाकिमको नजिक हुनुपर्ने कि राम्रा नेताको पहुँच हुनुपर्ने भयो। प्रहरीको आकर्षण कमजोर हुँदै गयो।’ एकातिर मिसन घट्दै जाने र अर्कोतिर प्रहरी समायोजन हुन थालेपछि धेरै प्रहरी कर्मचारीमा निराश देखिन्छन्। खासगरी शान्ति मिसन सम्बन्धित मुलुकले आवश्यक ठानेपछि राष्ट्रसंघमार्फत त्यसको कोटा आउने गर्छ। कतिपय मुलुकमा शान्ति स्थापना हुँदै गएपछि मिसन स्वतः कटौती हँुदै जान्छ।

प्रहरी मुख्यालय आफैंले पनि सरकारसँग समन्वय गरेर शान्ति मिसनका लागि प्रस्ताव लैजान सक्छ। प्रहरी मुख्यालयमा प्रहरी उपरीक्षकको नेतृत्वमा यूएन महाशाखा छ। उसैले प्रहरी महानिरीक्षकको निर्देशनअनुसार मिसनमा खटिनेका लागि परीक्षा र तालिमको व्यवस्थापन गर्दै आएको छ। विगतमा एउटै दर्जाका प्रहरी अधिकृत तीन पटकसम्म मिसनमा जाने र हाल मिसन अभावका कारण प्रहरी कर्मचारी तलबकै भरमा जीविकोपार्जन गर्ने अवस्था आएपछि प्रहरीभित्र असन्तुष्टी बढ्दै गएको देखिन्छ।

प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले धेरैजसो मुलुकमा आवश्यक नभएपछि संयुक्त राष्ट्रसंघले नै मिसन बन्द गरेको बताए। उनले भने, ‘कतिपय मुलुकमा शान्ति स्थापना भइसकेको भन्दै मिसन बन्द भएका छन्। जुन प्रयोजनका लागि पठाइएको हो त्यो प्रयोजन सफल भएपछि मिसन बन्द भएको हो।’ क्षेत्रीले युएनले आवश्यक परे फेरि मिसन संख्या बढाउन सक्ने भएकाले त्यो प्रस्ताव आए आफू तयारी अवस्थामा रहेको बताए।

 

नागरिकबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौँ - चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्माता तथा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । तिन जना प्रतिस्पर्धीलाई पाखा लगाउंदै दाहाल २ वर्षका लागि

जेठ २५ गतेबाट छोटो दुरीका र असार १ बाट लामो दुरीमा सवारी चलाउन दिने समितिको प्रस्ताव

काठमाडौं - कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन

आरडिटीमा नेगेटिभ देखिएपछि घर फ़र्काइएका युवाको कोरोनाले मृत्यु, ११ पुग्यो संख्या

सुर्खेत - बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको छ। १४ दिन क्वारेन्टिनमा बसेका उनको र्‍यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना भाइरस

लकडाउन मोडालिटीको कार्ययोजना बनाउन समितिलाई मन्त्रिपरिषदको निर्देशन

काठमाडौँ - प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको लकडाउनको मोडालिटीबारे छलफल भएको छ। बैठकले लकडाउन मोडालिटीबारे २/४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण

शुक्रवार पछिल्लो २४ घन्टामा थपिए २७८ कोरोना संक्रमित

काठमाडौँ - नेपालमा पछिल्लो २४ घन्टामा २७८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार बिहीबार विभिन्न जिल्लामा २७८ जना संक्रमित