कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्ष २०२० स्थगित !

2020-03-02

काठमाडौं - सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो।

स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दाबी छ। ‘चीनको बुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि प्रभावित भएपछि जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष–२०२० स्थगित गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘जोखिम बढ्दै गएपछि अहिलेलाई भ्रमण वर्ष स्थगन गर्ने र सन् २०२२ मा आयोजना गर्ने विषयमा छलफल भएको छ।’

यसअघि शनिबार पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गरेको थियो। सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति गठन गरेको छ।

सभा–सम्मेलन नगर्न आग्रह
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेको भन्दै ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसर पारेर आइतबार मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ठूला सभा, सम्मेलन नगर्न आग्रह गरेका हुन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ