कोरोनाबाट मर्नेको सङ्ख्या ३ हजार नाघ्यो, पछिल्ला १० दिनमा ३७ नयाँ देशमा फैलियो

2020-03-02

एजेन्सी - विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार नाघेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार हुबेईमा थप ४२ जनाको मृत्यु भएको जनाएको छ । योसँगै चीनमा यस रोगबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९१२ पुगेको छ ।

चीनबाहिर ज्यान गुमाउनेको सङ्ख्या १ सय २९ रहेको छ । यसमा इरानमा ५४, इटालीमा ३४, दक्षिण कोरियामा २०, जापानमा १२, हङकङमा २ र फ्रान्समा २ जना रहेका छन् । फिलिपिन्स, ताइवान, अस्ट्रेलिया, थाइल्याण्ड र अमेरिकामा १–१ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य आयोगका अनुसार आइतबारसम्म चीनमा यस रोगबाट संक्रमितको सङ्ख्या ८० हजार २६ पुगेको छ भने विश्वभर यो सङ्ख्या ८८ हजार ४४३ पुगेको छ । चिनियाँ अधिकारीहरुका अनुसार ४४ हजार ४६२ जना सफल उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो हप्ता युरोप र मध्यपूर्वमा यस रोगको संक्रमण फैलिएको छ । इरानमा पहिलोपटक फेब्रुअरी १९ मा यस रोगको संक्रमण देखिएकोमा फेब्रुअरी २२ मा पहिलो संक्रमितले ज्यान गुमाएका थिए । फेब्रुअरी २१ यता ३७ नयाँ देशमा यस रोगको संक्रमण देखिएका छन् । जसमा लेबनान, ओमान, इजरायल, अफगानिस्तान, ग्रिस, डेनमार्क, अस्ट्रिया, एस्टोनिया, रोमानिया, उत्तरी मेसोडेनिया, जर्जिया, पाकिस्तान, नर्वे, स्पेन, ब्राजिल, अल्जेरिया, स्वीटजरल्याण्ड, क्रोएसिया, बहराइन, कुवेत, इक्वेडर, लक्जमबर्ग, आइसल्याण्ड, मोनाको, नाइजेरिया, न्युजिल्याण्ड, नेदरल्याण्ड, उत्तरी आयरल्याण्ड, बेलारुस, लिथुयानिया, कतार, आयरल्याण्ड, अर्मेनिया, चेक रिपब्लिक, डोमिनिकन रिपब्लिक र सान मारिनो रहेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ