अदालतको अबहेलना गर्ने आइजिपीसहित ४ जनालाई उपस्थित हुन सर्वाेच्चकाे आदेश

2020-02-29

काठमाडाैं - सर्वाेच्च अदालतले प्रहरी महानिरीक्षकसहित ४ प्रहरी अधिकारीविरुद्ध अदालतकाे अवहेलनामा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशनात्मक आदेश जारी गरेको छ। साथै सर्वाेच्चले आदेश जारी भएकाे ७ दिनभित्र लिखित जवाफ लिई आँफै अदालत उपस्थित हुन पनि भनेकाे छ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसहित काठमाडौं परिसर प्रमुख एसएसपी उत्तम सुवेदी, सिंहदरवार वृत्तका प्रमुख डिएसपी कौशलकुमार बुढाथोकी र प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सन्तोषसिंह राठौरविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो।

विप्लव नेतृत्वको नेकपामा लागेको भन्दै प्रहरीले पटकपटक पक्राउ गरी मुद्दा चलाएका भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई गैरकानुनी थुनामा नराख्न सर्वाेच्चले आदेश दिएकाे थियाे। पछिल्लोपटक २०७६ फागुन ५ गते सर्वोच्च अदालतले उनीहरुलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

उनीहरुको तर्फबाट भीमप्रसाद शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। अदालतले थुनामुक्त गर्न आदेश दिएपछि रिहा भएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारका प्रहरीले सर्वोच्चकाे गेटबाटै पक्राउ गरेका थिए। पक्राउपछि अदालतमा फेरि बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ