नेपालद्वारा ओमानसामु २५० रनको लक्ष्य प्रस्तुत

2020-02-09

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले ओमानलाई २५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए। कप्तान ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाए।

ओपनिङमा आएका कप्तान ज्ञानेन्द्रले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ रनको साँझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। तर सुवास २२ रनमा आउट भए।

त्यसपछि ब्याटिङ गर्न आएका पारस खड्कासँग मिलेर कप्तान ज्ञानेन्द्र ५९ रनको साँझेदारी गर्दै नेपालको स्कोर १०७ सम्म पुर्याए। तर पारस २३.१ ओभरमा मोहम्मद नदिमको बलमा ३८ रन बनाएर आउट भए।

त्यस्तै, नेपालका लागि विनोद भण्डारीले ३५ रन बनाए। आरिफ शेख र कुशल मल्लले समान २८–२८ रन बनाए। कुशलले २४ बलमा २ छक्का र २ चौका प्र्रहार गर्दै २८ रन बनाएका थिए। करण केसीले १० रन जोडे।

सन्दीप लामिछाने १० र कमलसिंह ऐरी ९ रनमा अविजित रहे।

ओमानका लागि अकिब लियासले ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३६ रन खर्चिए। त्यस्तै, मोहम्मद नदिमले ३ विकेट लिए।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ