श्रीस्वस्थानी व्रतकथाको आज समापन

2020-02-09

काठमाडौं - हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने श्रीस्वस्थानी व्रतकथाको आज समापन गरिँदैछ । पुस शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना चल्ने व्रतकथा विशेष धार्मिक कार्यक्रमका साथ आज समापन गर्न लागिएको हो ।

महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्ष पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने चलन छ ।

व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ ।

स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।


परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूणिर्मादेखि व्रत शुभारम्भ गरेका थिए ।

स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौँ - चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्माता तथा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । तिन जना प्रतिस्पर्धीलाई पाखा लगाउंदै दाहाल २ वर्षका लागि

जेठ २५ गतेबाट छोटो दुरीका र असार १ बाट लामो दुरीमा सवारी चलाउन दिने समितिको प्रस्ताव

काठमाडौं - कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन

आरडिटीमा नेगेटिभ देखिएपछि घर फ़र्काइएका युवाको कोरोनाले मृत्यु, ११ पुग्यो संख्या

सुर्खेत - बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको छ। १४ दिन क्वारेन्टिनमा बसेका उनको र्‍यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना भाइरस

लकडाउन मोडालिटीको कार्ययोजना बनाउन समितिलाई मन्त्रिपरिषदको निर्देशन

काठमाडौँ - प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको लकडाउनको मोडालिटीबारे छलफल भएको छ। बैठकले लकडाउन मोडालिटीबारे २/४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण

शुक्रवार पछिल्लो २४ घन्टामा थपिए २७८ कोरोना संक्रमित

काठमाडौँ - नेपालमा पछिल्लो २४ घन्टामा २७८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार बिहीबार विभिन्न जिल्लामा २७८ जना संक्रमित