2020-01-30 |
चीन - कोरोनाभाइरसको महामारीबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । चिनियाँ अधिकारीहरुले नयाँ कोरोनाभाइरसका कारण १ सय ७० जनाको मृत्यु भएको र ७,००० जनाभन्दा बढी संक्रमित भएको बताएका छन् । कोरोना भाइरसका कारण हुवेईमा सबैभन्दा धेरैको मृत्यु भएको छ ।
संक्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता गम्भीर समस्या देखिएको बीबीसीले उल्लेख गरेको छ । चीनबाहिर १६ देशमा यसको संक्रमण पाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ ।
डब्लुएचओले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...