यस्तो छ सभामुखको निर्वाचनको तालिका !

2020-01-21

काठमाडौं - प्रतिनिधि सभाका सभामुखको लागि माघ १२ गते निर्वाचन हुने भएको छ। आज बसेको संसद बैठकमा जेष्ठ सदस्यको हैसियतामा महन्थ ठाकुरले अध्यक्षता ग्रहण गर्दै माघ १२ गते हुने सभामुख निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्देशन दिए। संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालिन सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारमा छन्।

यस अघि उपसभामुख डा. शिवमाया तुम्वाहाङफेको राजीनामा पत्र संसदमा पढेर सुनाइएको थियो। तुम्वाहाङफेले आज नै राजीनामा दिएकी थिइन्। नेकपाले सभामुखको लागि अग्नि सापकोटाको नाम प्रस्ताव गरिसकेको छ।

संसद सचिवालयले प्रकाशन गरेको तालिका अनुसार मंगलबार ११ बजेदेखि २ बजेसम्म सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने, मंगलबार नै दर्ता भएका उम्मेदवारीको सूची प्रकाशन गर्ने र १२ गते आइतबार ३ बजे प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत हुने छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ