'घर पुनर्निर्माण हुन नसकेको भए हामीलाई भन्नुस' : सुशील ज्ञवाली

2020-01-21

काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कुनैपनि नागरिकको घर पुनर्निर्माण हुन नसकेको भए प्राधिकरणमा जानकारी गराउन आग्रह गरेका छन्।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सोमबार काठमाडौंमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडीतहरुको प्रश्नको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कसैको घर बन्न नसकेको भए के कस्तो समस्या भएको हो जानकारी गराउन आग्रह गरेका हुन्। उनले भने ‘हामीले अहिलेसम्म जनतालाई घर बन्ने कुरामा प्रोरित गरिराखेका थियौं घर बनाउनुस् भनिराखेका थियौं। हामीले पटकपटक अवसर दिइराखेका छौं। तर, अब प्राधिकरणको आफ्नै समय अवधि पनि छैन हामीले धेरै समयसम्म पर्खेर बस्ने अवस्था पनि बन्दैन यदि तपाईंहरुलाई केही समस्या छ भने भन्नुहोस्, के समस्याको कारणले घर बनाउन सक्नुभएको छैन्।’

कार्यक्रममा भूकम्प पीडीतहरुले एकमुष्ट रकम दिएको भए राम्रो हुने बताए। जवाफमा उनले एकमुष्ट रकम दिएको भए गाउँगाउँमा विकृति आउने दाबी गरे। अहिले ५० हजार रुपैयाँ लगेर घर नबनाउनेहरु पनि धेरै भएको उल्लेख गर्दै ३ लाख रुपैयाँ दिएको भए आधा पनि घर नबन्ने अवस्था आउने उनकाे भनाइ छ।




थप समाचार


वीरेन्द्रनगरमा १४ करोड व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन

वीरेन्द्रनगरमा १४ करोड व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र ...

एमसीसी परियोजनामा पहिलो गासमै ढुंगा, ठेकेदारको प्रस्ताव महँगो भएपछि तीनवटै ठेक्का रद्द

एमसीसी परियोजनामा पहिलो गासमै ढुंगा, ठेकेदारको प्रस्ताव महँगो भएपछि तीनवटै ठेक्का रद्द

काठमाडौं। एमसीसी कम्प्याक्ट अन्तर्गत प्रसारणलाइन निर्माणका लागि आह्‍वान भएको बोलपत्र रद्द भएको छ। प्रसारणलाइनको ठेक्कामा प्राविधिक प्रस्तावमा पास भएका कम्पनीले ६० प्रतिशतभन्दा बढीसम्मको आवेदन पेस गरेपछि ठेक्का ...

काठमाडौंका यी तीन सडक ‘वान वे’ बन्दै

काठमाडौंका यी तीन सडक ‘वान वे’ बन्दै

काठमाडौँ। काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ । महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी ...




ट्रेन्डिङ