2020-01-20 |
काठमाडौं - प्रतिनिधिसभाकाे बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्न लागेकाे हाे। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख उम्मेदवारको टुंगो लगाउन नसक्दा यसअघि बैठक पटकपटक स्थगित भएकाे थियाे। पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएकाे थियाे।
नेकपाले हिजाे सभामुखकाे उम्मेदवार टुंगाे लगाएपछि आज बैठक बस्ने निश्चित भएको हो। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा यसअघि पुस ११ गतेको बैठककै लागि तय गरिएको कार्यसूची रहने सम्भावना छ। आजको बैठकको पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउनु हो। सभामुख चयन प्रक्रिया ३ दिनभित्र सक्नेगरी निर्वाचन कार्यतालिका बनाउने सम्भावना रहेको संसद सचिवालयले जनाएकाे छ।
नेकपाले सभामुख पदका लागि स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पनि आज राजीनामा दिने सम्भावना छ। नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन यसअघि नै आग्रह गरिसकेको छ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...