अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

2020-01-19

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकमा सहभागी भएर बाहिरिने क्रममा पार्टीका महासचिव समेत रहेका विष्णु पौडेलले सापकोटालाई सभामुख पदमा उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको बताए। 'सभामुख पदका लागि दलका तर्फबाट धेरै आकांक्षीहरू हुनुहुन्थ्यो। त्यसमध्ये सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय सर्वसहमतिका साथ गरिएको छ,' पौडेलले भने।

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएर सहयोग गर्ने अपेक्षा पार्टीले लिएको समेत उनले बताए। डा तुम्बाहाङ्फेले नेकपाले सभामुख उम्मेदवार तय गरेपछि मात्र उपसभामुख पदबाट राजीनामा दिने बताउँदै आएकी थिइन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ