क्रिकेटबाट सन्यास लिने इरफान पठानकाे घाेषणा

2020-01-05

एजेन्सी - भारतीय क्रिकेटर इरफान पठानले क्रिकेटका सबै फर्मेटबाट अवकास लिने घोषणा गरेका छन्। १२ डिसेम्बर २००३ मा पहिलो पटक भारतीय क्रिकेट टोलीका लागि खेलेका पठानले शनिबार एक पत्रकार सम्मेलनमा यो घोषणा गरेक हुन्।

सन्यासकाे घोषणा गर्दै उनले सचिन तेन्दुलकर र सौरभ गांगुली जस्ता उत्कृष्ट खेलाडीहरुसँग खेल्ने अवसर पाएकोमा खुसी व्यक्त गरे। उनले आफ्ना प्रशंसकहरु र पूर्व साथीहरुलाई धन्यवाद पनि दिए।

'मैले पहिले सन्यासकाे घोषणा गरिन किनकि म जम्मु कश्मीरकाे लागि क्रिकेट खेल्दै थिएँ। मैले उनीहरुलाई प्रशिक्षण पनि दिइरहेको थिएँ। अब म ३५ बर्षको भएँ। म खेलबाट टाढा रहन चाहन्छु। तर क्रिकेट खेलाडीहरुसँगको सम्बन्ध भने रहिरहने छ।' उनले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ