घुस खाने ज्वाईं, लगानी गर्ने जेठान !

2019-12-14

काठमाडौ - विराटनगर भन्सार कार्यालय मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार बस्नेतले विदेशबाट समान आयात गर्न घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए।

अख्तियारले बस्नेतसँगै उनका जेठानलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारको अनुसन्धानमा ज्वाईं सेवाग्राहीसँग घुस खाने र जेठान त्यसलाई वैधानिक बनाउन अन्य व्यवसायमा लगानी गर्ने गरेको तथ्य खुलेको छ। अख्तियारको टोलीले बस्नेतले विदेशबाट सामान आयात निर्यात गर्ने क्यारिङ व्यवसायीसँग आयात गरिएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १७ लाख घुससहित पक्राउ परेका थिए। घुससहित पक्राउ परेपछि अख्तियारले ज्वाईं जेठानको घुस व्यवसायबारे जानकारी पाएको हो।

अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगो तथा जरिवाना गर्न माग गरेको छ।

साथै बस्नेतले घुसबापत लिएको रकम आफ्ना जेठान नविनकुमार गौलीको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको भन्दै उनलाई पनि अख्तियारले मुद्दा दायर गरेको हो। बस्नेत‚ घुस लिने जेठान गौली विभिन्न व्यवसायहरुमा लगानी गर्ने, घरजग्गामा लगानी गरी व्यवस्थापन र प्रयोग गरी भ्रष्टाचार निवारण ऐन विपरितको काम गरेको आरोपपत्रमा उल्लेख छ।

२०५९ को दफा ३ को उपदफा (२) को कसुर गरेको देखिँदा नविनकुमार गौलीलाई बिगो रु. १७,००,०००।–(सत्र लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भए बमोजिम सोही ऐनको दफा २ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी घुस रिसवतबापत लिएको रकमसमेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुलउपर गरी जफत हुन समेत मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ