‘द भ्वाइस अफ नेपाल’को 'सिजन–२' को उपाधि राम लिम्बुलाई

2019-12-08

काठमाडौं - ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्‍बुले जितेका छन्। शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्।

अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद, डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर पाएका छन्। गत शुक्रबार राति सम्पन्न सेमीफाइनलबाट ८ जनाको प्रतिष्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनलमा चरणमा प्रवेश गरेका थिए ।

प्रमोद खरेलको टीममा रहेका लिम्बू उपाधि हात पारे। उनको प्रतिस्पर्धामा राजु लामाको टिमबाट शनिस श्रेष्ठ, आस्था राउतको टिमबाट आरिफ र टिम दीप श्रेष्ठको टिमबाट विकास लिम्बु फाइनलमा प्रवेश गरेका थिए। उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा लिम्बु विजेता बनेका हुन्। रामलाई कोच प्रमोदले कोच दिपको टिमबाट 'स्टिल' गरेर ल्याएका थिए ।

‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभीमा प्रसारण हुँदै आएको थियो । सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारीले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए । सिजन १ मा सिडी विजयलाई कोच दीपले कोच प्रमोदको टिमबाट 'स्टिल' गरेर ल्याएका थिए ।

संयोग, पहिलो सिजन जित्ने सिडी बिजय अधिकारी टिम दीपले टिम प्रमोदबाट स्टिल गरेर ल्याएका थिए भने दोश्रो सिजन जित्ने राम लिम्बुलाई कोच प्रमोदले कोच दिपको टिमबाट स्टिल गरेर ल्याएका हुन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ