मेस्सीले छैटौंपटक बालोन डी’ओर अवार्ड

2019-12-03

काठमाडौं - बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीले छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा मेस्सी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो। यसका लागि उनले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पारे।

मेसीले यसअघि सन् २००९, १०, ११, १२ र २०१५ मा यस अवार्ड जितेका थिए । रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।

यस्तै, महिलातर्फ अमेरिकी खेलाडी मेगन रापोनी उत्कृष्ट घोषित भएकी छन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपरको अवार्ड जिते ।

विश्वभरका फुटबल टिमका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरूको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ