श्याम गिरी ‘रेडियोप्रेमी वान’को ‘हे माया तिमी कहाँ छौं' बजारमा

2019-11-23

बाँके - नेपाल आयल निगममा कार्यरत श्याम गिरी ‘रेडियोप्रेमी वान’ले पहिलो आधुनिक गीति एल्वम बजारमा ल्याएका छन् । ‘हे माया तिमी कहाँ छौं कहाँ’ बोलको गीत पहिलो पटक बजारमा ल्याएका हुन् ।

गीतमा शब्द/रचना श्याम गिरी ‘रेडियोप्रेमी वान’को रहेको छ भने गायक भद्र वलीले आवाज दिएका छन् । नेपालगन्ज–१९ निवासी श्याम गिरीले प्रेमीप्रेमिकाले मायामा पाउने धोका र विछोडपछिको अवस्थालाई गीतमा उतारेका छन् ।

गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई खोजी गरिरहेका हुन्छन् । प्रेमिकालाई झुटो माया नगर्न प्रेमीले आग्रह गरेका छन् । गीतमा ‘तिम्रो बाटो हेर्दाहेर्दै दिन पनि भयो रात, ‘हे माया तिमी कहाँ छौं कहाँ’ भन्दै आफ्नो प्रेमिकालाई खोजी गरिएको छ ।

‘बगेको नदी फर्केर आउँदैन, झुटो माया सत्य हुँदैन’ भन्दै साँचो माया नै गरेको भए जहाँ भए पनि भेट्न प्रेमीले प्रेमिकालाई आग्रह गरेका छन् । ‘टुटेको सिसा फुटेर जुट्दैन, जीवितसरह मृत्यृु बोल्दैन,’ भन्दै प्रेमिकालाई भेट्न प्रेमीले आग्रह गरिरहेका छन् ।

करिब साढे पाँच मिनेटको अडियो गीतमा मायाप्रेममा हुने विछोड र त्यसपछिको पीडालाई व्यक्त गर्न खोजिएको रचनाकार गिरीले बताए । उनले भने, ‘मायाप्रेममा हुने विछोड र पीडालाई समेटिएको छ ।’ उनले यसलाई भिडियोमा ल्याउने तयारी गरिरहेको बताए ।

 




थप समाचार


श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका ‘टिकटक डान्सर’

श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका  ‘टिकटक डान्सर’

३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने ...

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ...

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

काठमाडौँ - कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअप पनि पुरा भएको ...




ट्रेन्डिङ