भ्रमण वर्ष सफल पार्न ४० देशका पर्यटनमन्त्रीलाई नेपाल आउन निम्तो

2019-11-23

काठमाडाैं - सरकारले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न तीव्र रुपमा काम गरिरहेकाे जनाएकाे छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको जानकारी दिए।

विभिन्न मुलुकका मन्त्रीसँग पर्यटन प्रवर्द्धनका विषयमा विचार आदानप्रदान गरिने उनले बताए। भ्रमण वर्षलाई लक्ष्य गरी विश्वका विभिन्न चर्चित व्यक्तित्व तथा राजनीतिक व्यक्तित्वलाई समेत निमन्त्रणा गरिएको मन्त्री भट्टराईले बताए।

“काठमाडौँसहित सात प्रदेश र विदेशी कूटनीतिक नियोगमा समेत आगामी जनवरी १ तारिखका दिन राष्ट्रिय महोत्सवका साथ कार्यक्रम गरिनेछ”, काठमाडाैंमा शुक्रबार आयाेजित कार्यक्रममा उनले भने।

मन्त्री भट्टराईले सन् २०२० को जनवरी १ तारिखका दिन भ्रमण वर्षको भव्य सुरुवात गरिने र त्यसमा राजनीतिक दल, पर्यटन व्यवसायी, कर्मचारीलगायतको सहभागिता रहने बताए। यस्तै जनवरी ७ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशस्थित सम्पूर्ण कूटनीतिक नियोग, राजदूतावास तथा कार्यालयमा पनि भव्यताका साथ महोत्सवको सुरुआत गरिने मन्त्री भट्टराईले जानकारी दिए।

सरकारले नेपालको सांस्कृतिक तथा प्राकृतिक स्थल र नयाँ हिमाल आरोहणका लागि खुला गर्ने उनकाे भनाइ छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ