यसरी हुने भयो व्यवसायी रूप ज्योतिको मुद्दाको मिलापत्र !

2019-11-14
काठमाडौं - ल्याडमार्क हाउजिङ्गको नाममा ठगी गरेको आरोपमा थुनामा रहेका व्यवसायी रूप ज्योतिको मुद्दा मिलापत्र मार्फत् किनारा लाग्ने निश्चित भएको छ। उजुरीकर्ता विज्ञेन्द्रकृष्ण मल्ललाई दिनुपर्ने रकम लिएर जाहेरी फिर्ता लिनका लागि छलफलबाट सहमत गराएपछि मिलापत्रतर्फ अघि बढेको हो।
 
ज्योती परिवारविरुद्ध उनले हालेको जाहेरी फिर्ता लिने र हाललाई मुद्दा नचल्ने राय सरकारी वकिलको कार्यालय काठमाडौं पुगिसकेको छ। मल्ललाई जग्गा बैना वापतको रकम फिर्ता दिने र उनले पनि आफूले पाउनुपर्ने रकम लिएर जाहेरी अघि नबढाउने राय प्रहरी कार्यालयमा दिएपछि सरकारी वकिलको कार्यालयमा मुद्दा मिलापत्रबाट टुङ्गिएकाे सहमतीपत्रकाे राय पुगेको छ।
 
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालले जाहेरीकर्ताले नै ठगी बापतको रकम पाउने भएकाले चित्त बुझाएको राय आएकाले अब मुद्दा चल्न नसक्नेतर्फ अघि बढेको बताए। 'हामीकहाँ मुद्दा नचल्ने रायसहितको प्रहरी प्रतिवेदन आएको छ', उनले भने 'उक्त राय हेरेर थप अनुसन्धान गरी अदालतमा पठाउने तयारी गरेका छौं।'
 
मुद्दा नचल्ने अवस्था भएमा सरकारी वकिल कार्यालयले नै मुद्दा नचलाउने निर्णय गर्ने छ। ठगी, बैंकिङ् कसुरसहितका केही अपराधमा जाहेरीकर्ता सहमत भएमा मुद्दा फिर्ता हुन सक्ने कानुनी व्यवस्था भएकाले यो मुद्दा पनि टुङ्गाउन लागेको प्रहरीले जनाएको छ।
 
मुद्दा नचल्ने निर्णय जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधीवक्ता कार्यालयसम्म पठाउने छ। महान्यायाधीवक्ताबाट सदर भएपछि मुद्दा चल्ने छैन।
 
रूप ज्योति हाल जिल्ला अदालतको अनुमतिले थुनामा छन्। ज्योतिसँगै उनकी छोरी सुरुची पनि जिल्ला अदालतको अनुमतिले थुनामा रहेकी छन्। जिल्ला अदाललते पहिलो पटक तीन र दोस्रो पटक पाँच दिन मुद्दाको अनुसन्धानका लागि समय दिएको थियो।
 
अदालतले दिएको समय सीमा शुक्रबार सकिँदै छ। ज्योति परिवारले अर्को पटक म्याद थपका लागि लैजानु अघि नै उनीहरू विरुद्ध रहेको जाहेरीमा मुद्दा नचल्ने निर्णय गराउने प्रयास भएकाे हाे।
 
महानगरीय प्रहरी परिसरको टोलीले रूप ज्योती बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए।
 
त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ परेका थिए। ज्योतिले व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका थिए। उक्त कम्पनी रुप ज्योतिको श्रीमती र छोरीको नाममा थियो। त्यसैका आधारमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।



थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ