गुरुङ संस्कृतिभित्रको कथा बोकेको चलचित्र 'फिच्यो' को दोश्रो गित युट्युबमा (हेर्नुहोस गित)

2019-11-13

काठमाडौँ - बिकास घले गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र ''फिच्यो'' अर्थात ''कान्छी छोरी'' को दोश्रो गित युट्युबमा सार्वजनिक भएको छ । रेड ओसियन ईन्टरटेन्मेन्टले निर्माण गरिरहेको गुरुङ भाषाको 'माया' बोलको गित हिजो युट्युबमा सार्वजनिक भएको हो ।

गीतले लमजुङको सुन्दर ठाउँ "तमु गाउँ" र पोखराको आसपासको रमणीय तथा मनमोहक दृश्यहरु समेटेको छ । गीतमा चलचित्रको मुख्य भूमिकामा रहेका विश्वास गुरूङ र ईन्द्र घले(काशी)ले रोमान्टिक नृत्य गरेका छन् ।

गीतमा अञ्जना गुरुङ, सुबास गुरुङ र अभिनाश मांगसुमले स्वर भरेका हुन् भने केयर सिङ्ग गुरुङले शब्द रचेका हुन् । गणेश गुरुङको संगीत रहेको गीतलाई तेजेन्द्र गुरुङले एरेन्ज तथा रेकर्ड गरेका हुन् ।

गोरे गुरुङको कोरियोग्राफी रहेको गीतलाई प्रकाश गुरुङले खिचेका हुन् ।

चलचित्रको 'म त गाउँकि छोरी' बोलको गित यस अघि नै युट्युबमा सार्वजनिक भैसकेको छ र गीतको अन्तराष्ट्रिय अनलाईन नृत्य प्रतियोगिता गर्ने घोषणा गरिएको छ । प्रथम बिजेतालाई रु ५०,००० र आऊदो चलचित्रका लागि बिशेष अवसर दिइने र प्रत्येक शहरमा ऊत्कृष्ट हुने नृत्यलाई सोहि सहरमा चलचित्र प्रदर्शन हुदा माँयाको चिनो प्रदान गरिने बताइएको छ । उक्त गीतमा स्वर बहुचर्चित गायिका मेलिना राई, अन्जना गुरुड०, अभिनास यम.जि (मांगसुम) को रहेको छ ।

रेड ओसियन ईन्टरटेन्मेन्टकाे पहिलो प्रस्तुति रहेको यस फिल्मकाे लेखक पनि स्वयं बिकास घले गुरुङ नै हुन् । यसैगरि चलचित्रको छायांकन: प्रकाश गुरुङ (काश), संगीत: सन्ताेष श्रेष्ठ र गणेश गुरुङ, गितकार डा. धर्म राज उपाध्याय र केर सिङ गुरुङको रहेको छ भने मुख्य सहायक निर्देशक साेम गुरुङ हुन् । फिल्मको एडिटिंग सुपरभिजन तारा थापा, कलर श्याम कुँवर र ब्याक ग्राउण्ड स्कोरिंग सम्राट थापाले गरेका हुन् ।

चलचित्रको मुख्य भूमिकामा विश्वास गुरूङ, ईन्द्र घले(काशी)का अलावा टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ , पेम्बा छिरिड० सेर्पा,सिर्जना गुरुङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

चलचित्रका निर्माताहरू शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धि माया गुरुङ (ईराक), र अभिनाश यम.जि (मांगसुम) रहेका छन् ।

गुरुङ समुदायको रितिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको चलचित्रलाई नेपाल र विश्व भरि छरिएर रहेका गुरुङ समुदाय बिच प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । विषयवस्तु र कथा-पात्रलाई सुक्ष्म रुपले केलाएर प्रस्तुत गर्ने निर्देशक घले गुरुङले यस चलचित्रमा पनि कथाले मागेकै अनुसारको लोकेसन र कलाकार छनौट गरेको बताएका छन् ।

चलचित्रमा 'गुरुङ समाज भित्र बिध्यमान अस्थिरताले कर्मठ र जेहेन्दार युवालाई कसरि असर पुर्याउँछ र फलतः समाज कसरि थप अस्थिर र असम्बृद्ध बन्न पुग्छ' भन्ने देखाउन खोजिएको छ ।

एकता र भाइचाराको अभाबमा गुरुङ समुदाय भित्र विकास र सम्बृद्धको सवालमा पर्न गएको असर प्रस्तुत गर्दै विश्वभरका गुरुङहरु भावनात्मक रुपले एकाकार भए मात्रै समग्र समुदायको विकास, संस्कृतिको जगेर्ना तथा संरक्षण सम्भब हुने भन्दै विश्वभरका गुरुङहरु एक होऔं भन्ने संदेश दिन खोजिएको छ ।

पूर्ण रुपमा गुरुङ संस्कार र संस्कृति बोकेको चलचित्र समुन्द्री सतह बाट १७०० मिटर माथि अवस्थित लमजुङको सुन्दर ठाउँ 'क्ल्हो सोथर गाऊँपालिकाको "तमु गाउँ" मा खिचिएको हो । चलचित्रले मनोरंजन र शिक्षा दिनुका अलावा गुरुङ समुदायको संस्कृतिको जगेर्ना, संरक्षण तथा सम्बर्द्धनको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुनेछ ।

 

हेर्नुहोस गित

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ