बंगलादेशका राष्ट्रपतिको उच्चस्तरीय भेटवार्ता आज, यस्तो छ कार्यतालिका !

2019-11-13

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चार दिने सद्भावना भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार उच्चस्तरीय भेटघाटमा व्यस्त रहने छन्। ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार नेपाल आएका राष्ट्रपति हमिदले आज बिहान राष्ट्रपति भण्डारीसँग शीतलनिवासमामा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीसँगको भेटपछि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग उनले शिष्टाचार भेट गर्ने छन्। राष्ट्रपति हमिदले त्यसपछि राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने छन्।

उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग भेट गर्ने छन्। राष्ट्रपति भण्डारी बाहेकका यी सबै भेटहरू उनी बसेकै होटल म्यारियटमा हुनेछन्।

राष्ट्रपति हमिदले मंगलबार भक्तपुर दरबार क्षेत्रको अवलकोण गरेका थिए भने मध्यान्नतिर परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए। राष्ट्रपति हमिदको पोखरा जाने कार्यक्रमसमेत छ। उनी बिहीबार बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा जाने र दिउँसो विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गरी साँझ काठमाडौं फर्किने छन्। शुक्रबार बिहान चन्द्रगिरीकाे भ्रमण गरी राष्ट्रपति हमिद साँझ पाँच बजे बंगलादेश प्रस्थान गर्ने छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ