सीमा रक्षा गर्नु नागरिकको पहिलो शर्त भएको भन्दै डा केसीले गरे अनसन स्थगित

2019-11-13

काठमाडौं - डडेल्धुरामा अनसनरत डा गोविन्द केसीले आफ्नो सत्राैं चरणको अनसन स्थगित गरेका छन् । राष्ट्रियता अप्ठेरो अवस्थामा परेका कारण अनसन स्थगित गरेको उनले बताए । केसीले सीमा रक्षा गर्नु सबै नागरिकको पहिलो शर्त भएको भन्दै त्यसका लागि अनसन स्थगित गरेको उल्लेख गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै केसीले डडेलधुरा अमरगढीकी चार वर्षीया श्रीनास जैरुका हातबाट जुस पिएर नवौं दिनमा अनसन स्थगित गरेका हुन्।

सोमबार मात्र उनलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको थियो। उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै डडेल्धुरा अस्पतालले अन्यत्रै स्थानान्तरण गर्न आग्रह गरेको थियो। तर उनले काठमाडौं नफर्कने अडान राखेका थिए। यसपछि नेपालगञ्जबाट मंगलबार थप मेडिकल टोली डडेल्धुरा पुगेको थियो। केसीले पत्रकार सम्मेलन गरेर देशको अवस्थालाई मध्यनजर गर्दै अनसन स्थगित गरेको बताएका छन्।

‘भारतले नयाँ नक्सामा लिम्पियाधुरासमेत समेटेर जारी गरेको मैले सुनेको छु, सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो। म पनि अन्य आम नागरिक भित्र पर्दछु,’ उनले भने, ‘सबल रुपमा आत्मसम्मानपूर्वक बाँच्नु पाउनु आम नागरिकको सबै नागरिकको अधिकार हो। सहज जिवीकाका लागि गुणस्तरीय स्वास्थ्य र शिक्षा उपलब्ध हुनु पर्ने नागरिकको अधिकार हो।’

यसका साथै विना भेदभाव सबै नागरिकले बाँच्न पाउने अधिकारको ग्योरन्टी सरकारले गर्नुपर्ने उनको माग छ।

‘सत्तामा हुनेहरुले राष्ट्रियतालाई भ्रममा पारेर कर्तव्यच्यूत हुने, गलत कार्य गर्ने र अभिव्यक्ति स्वतन्त्रता दमन गर्ने कार्य गरेमा स्वीकार्य हुने छैन,’ पत्रकार सम्मेलनमा उनले भने, ‘राजनीतिक दलहरुका बीचमा देखिएको एकता देखावटी मात्र नहोस् , सिमा विवाद समाधान गर्न कुटनीतिक पहल सार्थक होस्।’

केसीले आफ्नो अनसन स्थगित भएको पुन सम्झाउँदै पुन कुनै समयमा बस्न सक्ने तर्फ समेत संकेत गरेका छन्।

‘मेडिकल कलेजको ठगीका अभियुक्तलाई न्यायिक कठघरामा ल्याउने कुरामा कमी नहोस्,’ उनले भने, ‘स्वास्थ्य र चिकित्सा शिक्षाका विकृतिमाथिको मेरो लडाईं जारी छ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ