एमसिसी बिरुद्ध नेपाल ५ विकेटले विजयी, ज्ञानेन्द्रको पहिलो कप्तानी खेल सुखद

2019-11-04

काठमाडौं - इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्धको एकदिवसीय खेलमा नेपाल ५ विकेटले विजयी भएको छ। एमसिसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७.३ ओभरमा ५ विकेट जाँदा पूरा गरेको हो।

नेपालको जितमा बिनोद भण्डारीले अविजित ५२ रन बनाए। ६४ बल खेलेका उनले ३ चौका र २ छक्का हाने। यस्तै पवन सर्राफले २५ बलमा अविजित ३८ रन बनाए। ओपनिङमा आएका इशान पाण्डेले ३ बलमा ४ रन साथै कप्तान ज्ञानेन्द्र मल्लले १५ बलमा १० रन बनाए।

यस्तै शरद भेषावकरले ४९ बलमा २४ रन, दिपेन्द्र सिंह ऐरीले ३९ बलमा २३ रन र आरिफ शेखले ३० बलमा २३ रन बनाए। एमसिसीका यासिर अराफतले ३ साथै एलेक्स थोम्सनले २ विकेट लिए।

यसअघि त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको एमसिसीले ३९ ओभरमा सबै विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो। एमसिसीका विल रोड्सले ५४ रन बनाएका थिए। यस्तै बिली गोल्डम्यानले ५२, विल भ्यानडरस्परले ३६, टम वेट्स्लीले १० रन र एलेक्स थोम्पसनले ११ रन बनाए।

नेपालका पवन सर्राफले ४, ललित राजबंशीले ४ साथै अभिनास बोहरा र करण केसीले १–१ विकेट लिएका थिए।

पारस खड्काको राजीनामा पछि कप्तान बनाइएका ज्ञानेन्द्र मल्लको कप्तान बनेपछि यो पहिलो खेल हो। पहिलो खेलमा नै ज्ञानेन्द्रले सुखद सुरुवात पाएका छन्। आजको खेलमा पूर्वकप्तान पारस खड्कासँगै स्पिनर सन्दीप लामिछाने र फास्ट बलर सोमपाल कामी भने खेलेका थिएनन्।

यसअघि आइतबार एकदिवसीयमा एमसिसीसँग नेपाल यु १९ टिम भने ३८ रनले पराजित भएको थियो। ३ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले २ सय ९६ रन मात्रै बनाउन सकेको थियो।

नेपालमा क्रिकेटको विकासका लागि सहयोग गर्ने हेतुले आएको एमसिसीले राष्ट्रिय टिमसँग नै आउँदो २० गतेदेखि २२ गतेसम्म तीन दिवसीय खेल खेल्नेछ। यस्तै २३ गते यु १९ र नेपाल मिक्स टिमसँग टी २० साथै २५ र २६ गते पोखरामा एमसिसीले पोखरा आमन्त्रण टिमसँग टी २० खेल खेल्ने तालिका रहेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ