टी-२० क्रिकेटमा बंगलादेशद्वारा भारत पराजित

2019-11-04

काठमाडौं - पहिलो टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतलाई बंगलादेशले पराजित गरेको छ । दिल्लीमा आइतबार राति भएको खेलमा भारतलाई बंगलादेशले सात विकेटले पराजित गरेको हो । उसकै भूमिमा भारतलाई बंगलादेशले टी–२० क्रिकेटमा पराजित गरेको यो पहिलोपटक हो ।

१४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बंगलादेशका लागि मुश्फिक्युर रहिमले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए । उनले ४३ बलको सामना गर्दै आठ चौका र एक छक्काको मद्दतमा अविजित ६० रन बनाए । त्यस्तै, सौम्या सरकारले ३९, मोहम्मद नइमले २६ र कप्तान मोहमुदुल्लाले अविजित १५ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ४१, रिषभ पन्तले २७ र श्रेयस ऐयरले २२ रन बनाएका थिए ।

तीन खेलको टी–२० क्रिकेट सिरिजमा बंगलादेशले १–० को अग्रता बनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ