पारस खड्का टी १० क्रिकेट लिगमा अनुबन्ध

2019-10-25

काठमाडौ - नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले पनि टी १० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमको कप्तानी छोडेको एक सातापछि नै उनले विदेशी लिग खेल्ने पक्का भएको हो । १० वर्ष नेपाली टिमको कप्तानी गरेका पारस पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका हुन् । टी-२० र एकदिवसीय क्रिकेटमा सतक बनाउने एक्लो नेपाली खेलाडी पारसले करियरमा अर्को फड्को मारेका छन् ।

यूएईमा अर्को महिना हुने टी १० मा पारस अवुधावी टिमबाट खेल्ने छन् । योसँग पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी पनि बन्ने छन् ।
नेपालबाट लेगस्पिनर सन्दीप लामिछाने र अलराउण्डर सोमपाल कामीले विदेशी फ्रेन्चाइज लिग खेलिसकेका छन् । पारसको यो पहिलो फ्रेन्चाइज लिग पनि हो । टी १० को ड्राफ्ट गत साता नै भए पनि पारसको बारेमा भने अबुधावी टिमले पछि मात्रै जानकारी दिएको हो ।

अबुधावीको ट्वीटर ह्याण्डलबाट पारसलाई समेटिएको तस्विरसहित खेलाडीको सूची सार्वजनिक भएको छ । पारसको टिममा मोइन अलि र भारतीय पूर्व अलराउण्डर युवराज सिंह आइकोनिक खेलाडीको रुपमा रहेका छन् ।

पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने सम्झौता भएका हुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्को खेलाडी सन्दीप लामिछाने कर्नाटक टस्कर्सबाट टी टेन लिग खेल्नेछन् । सन्दीप ए क्याटेगरीमा परेर छनोट भएका हुन् । ए मा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउनेछन् । टी टेन नोभेम्बर १५ देखि २४ सम्म यूएईमा चल्ने छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ