वैद्यको निष्कर्ष : प्रचण्ड ढुलमुले, बाबुराम विजातीय र विप्लवको गति नै गलत

2019-10-23

प्यूठान - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्धमा सँगसँगै संघर्ष गरेका सारथी ढुलमुले, विजातीय र अस्पष्ट कार्यदिशा लिएर हिँडेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी .(क्रान्तिकारी माओवादी) जिल्ला कमिटी प्यूठानले बुधबार नयाँ बजार जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव ‘किरण’ले नयाँ जनवादी क्रान्तिसंगै जनताको राज्यसत्ता निर्माणको लागि दश वर्षे जनयुद्धमा लागेका नेताहरु प्रतिवद्धता भुलेर अलमलमा परेको बताएका हुन्।

जनयुद्धको नेतृत्व गरेका प्रचण्ड कहिले पुँजावादी जस्तो त कहिले कम्युनिष्ट जस्तो भनेर ढुलमुल गर्ने, बाबुराम भट्टराई कम्युनिष्ट विचार त्यागेर विजातीय बन्ने र विप्लवले अस्पष्ट कार्यदिशा लिएर एकीकृत जनक्रान्ति भन्दै हिँड्ने गलत काम गरेको मोहन वैद्यले टिप्पणी गरे। ‘प्रचण्डजी कतिबेला पुँजीवादी जस्तो र कतिबेला कम्युनिष्ट बनेर बोल्नु हुन्छ’, वैद्यले भने, ‘बाबुरामको त कम्युनिष्ट भन्ने असम्भव भइसक्यो।’

सरकारले पनि विप्लव समूहलाई नबुझी उनीहरुमाथि अराजनीतिक व्यवहार गरिरहेको वैद्यको भनाइ छ। विप्लव समूहमाथि प्रतिबन्धको निर्णय राजनीतिक नभएको भन्दै उनले यो समस्याको समाधान राजनीतिक ढंगले मात्र निकाल्नु सरकारलाई ध्यानाकर्षण गराए। नेकपा (नेकपा) सरकार राष्ट्रियताको बिषयमा गम्भीर नभएको नेता ‘किरण’ आरोप लगाए।

उनले आफ्नो पार्टीले उपनिर्वाचन वहिष्कार गर्ने जनाए । वैद्यले प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव पार्टीले उपयोग गरे पनि सरकारको भण्डाफोर गर्न उपनिर्वाचनविरुद्ध वहिष्कारसहितको प्रचारात्मक कार्यक्रम गर्ने जानकारी दिए।




थप समाचार


इन्धन उर्जा खपतमा विविधीकरण रणनीति: विश्वव्यापी अवस्था र नेपाल आयल निगमको भावी कार्यदिशा

दिपक प्रसाद घिमिरे
इन्धन उर्जा खपतमा विविधीकरण रणनीति: विश्वव्यापी अवस्था र नेपाल आयल निगमको भावी कार्यदिशा

विश्वव्यापी तेल उत्पादक राष्ट्रहरुको साझा संस्था ओपेकमा आबद्द रहेका अल्जेरिया र साउदी अरेबिया जस्ता मध्य पूर्व र उत्तर अफ्रिका लगायत धेरै तेल र ...

भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ : डा. भगवान कोइराला

भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ : डा. भगवान कोइराला

नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवान् नै मान्दछन् ...

मेरो मत किन बालेनलाई ?

मेरो मत किन बालेनलाई ?

वैशाख ३० गतेको स्थानीय निकायको चुनावले नेपालमा राजनीतिक माहोल तताएको छ। राजनीतिक दलहरुले गरिरहेका घरदैलो, सामाजिक संजाल र संचार माध्यमहरुमा यसको चर्चाले राजनीतिमा चासो नभएका ...




ट्रेन्डिङ